Sunday, 21 July, 2019    |    २०७६ श्रावण ५ गते , आईतवार

चीन र अमेरिका बीच पुनः ब्यापार युद्ध चर्किदै


२०७६ जेष्ठ १ गते , बुधवार प्रकाशित

आज अमेरिकामा चिनीयाँ उत्पादनहरुको भरमार छ । अनि अमेरिकाले अहिले पछिल्लो पटक  त्यस्ता चिनीया माल सामानहरुमा २५ प्रतिशत आयात कर बढाइदिने निर्णय गरेको छ । त्यसो गरियो  भने निम्न मध्यम बर्गीय अमेरिकी जनता आफुले प्राप्त गरिरहेका कतिपय सामानबाट बञ्चित हुनु पर्ने स्थिति छ । यसरी त्यस तप्काको एउटा ठूलो हिस्साले आफ्ना महत्वपूर्ण आवश्यकता पूरा गर्नसक्ने छैन । हालै ह्वाइट हाउसद्वारा जारी ब्यापारसँग सम्बन्धित ‘सेक्शन ३०१ प्रतिबेदन’मा के भनिएको छ भने डोनाल्ड ट्रम्पको कडा नीतिले अमेरिका पनि धेरै हैरानीमा परेको छ । 

  हुन त यस अघि अमेरिका र चीनका बीच ब्यापारिक टक्कर केही मत्थर हुने जस्तो देखिएको थियो । तर अहिले त्यो फेर एक पटक पुनः चर्किन थालेको छ र खतराको संघरमै पुगिसकेको चीन–अमेरिका ब्यापार सम्बन्धका ज्ञाता बिश्लेषकहरु बताउँदछन् । अहिले पुनः अमेरिकाले चीनबाट आयात हुने २०० अर्ब डलरका बस्तुहरुमा शुल्कको दर १० प्रतिशतबाट बढाएर २५ प्रतिशत पु¥याएको छ र यो बढाइएको शुल्क मे १४ नै देखि लागु हुने बताइ सकेको छ । 
वास्तवमा अमेरिकाको यो निर्णय यस्तो समयमा बाहिर आएको छ जतिबेला अमेरिका र चीन दुबै देश परस्पर छेडिएको ब्यापार युद्ध समाप्त गर्ने प्रयास गरिरहेको कुरा प्रकाशमा आएको थियो । यस बिषयमा दुबै पक्षका बीच १० चक्र बार्ता चलिसकेको छ । चीनका उपप्रधानमन्त्री ल्यू हे को अगुवाईमा एउटा प्रतिनिधि मण्डल अमेरिका पुग्दैछ । तर अमेरिकाले के आरोप चीनलाई लगाइरहेको छ भने चीन बार्तालाई लिएर इमानदार छैन । अमेरिकी ब्यापार प्रतिनिधि रबर्ट लाइटहाईजरले  १३ मे सोमबारका दिन यो भनेका थिए  – ‘बितेको केही दिनदेखि हामीले के  महसुश गरेका छौ भने ब्यापार युद्ध समाप्त गर्ने कुरालाई लिएर चिनको प्रतिबद्धतामा कमी आएको छ’ ।   यो शुल्क बढाउने अमेरिकी निर्णयमाथि तीब्र प्रतिकृया जनाउदै चीनले पनि कडा जबाफी कदम चाल्ने भनेको छ ।

       अचानक र एकाएक जस्तै बिकास भएको दुइ देश बीचको यो तानातानीले बिश्वलाई नै चिन्तामा डुबाएको छ । यसको तत्काल असर बिश्वको शेयर बजारमा ठूलो गिरावटकोरुपमा  देखापरेको छ । बिश्वका कतिपय बिश्लेषक बिशेषज्ञहरुले यसलाई आर्थिक शीत युद्धको शुरुवात पनि भनिसकेका छन्, र यो आगामी बीस बर्षसम्म चल्न सक्तछ भनिदैछ । बिश्वका यी दुइ आर्थिक महाशक्तिहरुको परस्पर यस्तो ब्यापारिक टक्करले बिश्व अर्थ ब्यवस्थमा यति गहिरो असर पार्न सक्तछ कि स्वयं अमेरिकाको लागि पनि त्यसको बिनाशकारी असरबाट बच्न धेरै कठिन हुनेछ । हुन पनि चिनीयाँ उत्पादनको अमेरिका बजारमा प्रवेश र दख्खल ज्यादै ब्यापक छ । ती सामान माथि २५ प्रतिशतको अधिकतम शुल्क लगाइयो भने अमेरिकाका निम्न मध्यम बर्गीय नागरिकहरुले आफ्ना कतिपय दैनिक आबश्यकताहरु पूरा गर्न सक्ने छैनन् । अमेरिकाको ह्वाईट हाउसद्वारा जारी ब्यापारसँग सम्बिध ३०१ प्रतिबेदनमा भनिएको छ कि यो ट्रम्पको कडा नीतिले अमेरिका पनि एकदमै हैरानीमा परेको छ ।

    यसो हुँदाहुदै पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नो अडानमा टसका मस नभै कायम रहेको बताइन्छ । उनी चीनसँग ब्यापारिक टक्करमा जानुका पछाडि के भयले काम गरिरहेको देखिन्छ भने उच्चतम प्राबिधिको उपयोग र उन्नत बिकासको माध्यमबाट चिनीयाँ अर्थब्यवस्था कतै अमेरिकालाई नै उछिन्ने त होइन ?  आगामी २०२५ सम्ममा सम्पूर्णरुपले आत्मनिर्भरता हासिल गर्ने चिनीयाँ नारा पनि अमेरिकालाई ठूलो चिन्ताको बिषय बनेको छ । के अनुमान गरिदैछ भने अहिलेसम्म उसले आफ्नोे १५० खर्ब डलको अर्थब्यवस्थालाई अमेरिकाको २०० खर्ब डलरको अर्थब्यवस्था नजिकै ल्याएर खडा गर्दैछ । यसैले चीनलाई केही खाश क्षेत्रबाट बाहिर राख्ने  दबाब अमेरिका यस ब्यापार युद्धबाट बनाइरहेको छ । उसको सबैभन्दा ठूलो कोशिश के रहेको देखिन्छ भने चीनले आफ्नो देशमा ब्यापर गर्न आएका अमेरिकाका कम्पनीहरुको सामुमा ‘टेक्नोलोली’ शेयर गर्ने या साझा बनाउने शर्त नराखोस् । अब के हेर्नु छ भने अमेरिकाको यो एकतर्फी कारबाहीका बिरुद्ध चीनले के कस्तो जबाफी कदम उठाउने हो । बिश्वको साझा चिन्ताको बिषयमा कुनै पनि देश मुकदर्शक बनेर रहन सक्तैन । अरु देशले चीन र अमेरिका दुबैलाई दबाब दिएर यो ब्यापारिक भिडन्त रोक्ने र यसलाई तार्किक परिणतिमा पु¥याउने पहल गर्नुपर्ने देखिन्छ । अन्यथा स्थिति अझ बिग्रन जाने दिशामा धकेलिन सक्दछ  । त्यसको असर ढिलो चाँडो बिश्वका आधारभूत तहका सम्पूर्ण जनतालाई नै पर्न जान्छ । बिगतका यस्ता अनुभवहरुले पनि यही कथा ब्यथा दर्शाउदछन् ।   

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif