Thursday, 23 May, 2019    |    २०७६ जेष्ठ ९ गते , विहीवार

समता शिक्षा निकेतन र पुस्तक पसलबीच सिण्डिकेट, अभिभावक मारमा


२०७६ बैशाख ३१ गते , मंगलवार प्रकाशित

पोखरामा अवस्थित समता शिक्षा सदनले पालिखेचोकस्थित साहित्य सदन पुस्तक पसलसँगको मिलेमतोमा विद्यार्थीहरुलाई पुराना संस्करणका किताब किन्न दवाव दिएको अभिभावक रुष्ट बनेका छन् । 

स्कुल प्रशासन, विषय शिक्षक र पुस्तक पसलको सिण्डिकेट बनाइ बजारमा नयाँ परिमार्जित संस्करण सर्वत्र उपलब्ध हुँदाहुँदै पुरानो संस्करणकै किताब किन्न विद्यार्थीहरुलाई भनेपछि अभिभावकले गुनासो गरेका हुन् । विद्यालय प्रशासनले कमिशनमा लिप्त भएर कक्षा १, २, ४ र ५ को कम्प्युटर र ९ र १० कक्षाको स्वास्थ किताबका पुरानै संस्करण विक्री गराइरहेको छ । 

स्कुल प्रशासनको रवैया ठिक नभएको भन्दै अभिभावकहरुले विद्यार्थी संगठनहरुलाई गुहारेका छन् । स्कुल प्रशासनले विद्यार्थीमाथि दवाव र दुर्व्यवहार गर्नुका साथै सिण्डिकेट लागु गराएको भन्दै अखिल नेपाल विद्यार्थी यूनियनले त्यस्ता गलत क्रियाकलाप सच्याउन समत शिक्षा सदन प्रशासनलाई २४ घण्टे अल्टिमेटम दिएको छ । यूनियनले विद्यार्थी माथि शारिरीक र मानसिक दवाव दिने काम बन्द गर्न समेत माग गरेको छ । 


 

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif