Sunday, 21 July, 2019    |    २०७६ श्रावण ५ गते , आईतवार

ब्लोदानको काठमाण्डौ जिल्ला अधिवेशन सम्पन्न १३ सदस्यीय नयाँ कार्यसमिति


२०७६ बैशाख ३१ गते , मंगलवार प्रकाशित

 काठमण्डौ ब्लड डोनर्स एशोसिएशन नेपालको शनिबार सम्पन्न चौथो जिल्ला अधिवेशनले जिल्लाका लागि नयाँ नेतृत्व चयन गरेको छ । गोपाल दास श्रेष्ठको अध्यक्षतामा गठित जिल्ला नेतृत्वको उपाध्यक्षमा जनककुमार खड्का, सचिवमा अनिलरत्न तुलाधर र कोषाध्यषमा कैलाश गोयल र सह सचिवमा श्यामकृष्ण श्रेष्ठ  तथा जिल्ला सदस्यहरुमा सरस्वती गौतम, बिजय महर्जन,अतिश श्रेष्ठट लगायत  १३ जनाको जिल्ला कार्य समिति चयन भएको छ ।

  उद्घाटन कार्यक्रममा अधिवेशनलाई शुभ कामना दिदै ब्लोदानका केन्द्रिय अध्यक्ष ई. सानुबाबु प्रजापतिले रक्तदानका बिषयमा अmभै पनि जन चेतना जगाउन र स्वयसेवी रक्तदातामा बृद्धि गर्न आवश्यकता रहेको औंल्याए र रगतको अभाव हुन नदिन ब्लोदान सक्रिय हुनु पर्ने बताए । 

  
अधिवेशनमा काठमाण्डौ जिल्लाका ब्लोदान सेक्रेटरी अनिल रत्न तुलाधरले गत बर्ष काठमाण्डौ ब्लोदानले आयोजित बिभिन्न रक्तदान कार्यक्रमहरुबाट ६०० पिण्ट रगत संकलन गरेको जानरकाी गराउदै उनले काठमाण्डौमा दैीनक ४०० पिण्ट रगतको खाँचो छ र २५० पिण्ट मात्रै  संकलन भइरहेको छ । त्यो ग्यापलाईब्लोदनले पूर्ति गर्नु पर्ने आवश्यकता रहेको औल्याएका थिए ।

उनले तुरुन्तै रगतको आवश्यकता भएका मानिसहरुले ९८५१०२६६४० मा सम्पर्क गरेमा ब्लोदानले रगत उपलब्ध गराउन सक्ने जानकारी पनि दिए । ब्लोदानले अन्य रक्त सम्वन्धि संघ संस्थाहरुसँग मिलेर काम गरिरहेको पनि बताएका थिए । 

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif