Thursday, 23 May, 2019    |    २०७६ जेष्ठ ९ गते , विहीवार

बागलुङमा डोजर पुरिएर घाईते चालक पोखरा लगियो


२०७६ बैशाख ३१ गते , मंगलवार प्रकाशित

 
    सीताराम थापा

  बाग्लुङ जिल्लाको जैमिनि नगरपालिका वार्ड नं.  ८  छिस्तीको जुङ्ग भन्ने ठाउँमा बाटो खन्ने काम भइरहदा पहिरो खसेर  डोजर पुरिया । यसरी डोजर पुरिएपछि डोर चालक  घाईते भए ।   हिजो सोमबार बिहान साविक छिस्ती गा.वि.स वडा न. ४ स्थित होपधेँरो सडक खण्ड निमार्ण गर्ने क्रममा एक्कासी आएको सुक्खा पहिरो खस्दा ना १. क. ६७४३ नम्बरको एक्सभेटर डोजर पूर्ण क्षति भएको छ ।   मकवानपुर जिल्लाको हेटौडा घर भएका डोजर चालक ज्ञानु लामा   घाईते भएको जैमिनी नगरपालिका( १० पाही गाउका नागरिकहरुले देखेका थिए ।  माटोको ढिस्को खसेपछि  पुरिएका  घाईते लामालाई स्थानीयबासीले माटो खोलेर  उद्धार गरिएको थियो ।    अवस्था जटिल नभए पनि उद्धार पश्चात घाईते लामालाई उपचारको लागि हिजै पोखरा लगिदै गरेको स्थानीय विष्णु भण्डारीले जानकारी दिएका छन ।  

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif