Sunday, 21 July, 2019    |    २०७६ श्रावण ५ गते , आईतवार

पाँच बाम दलको संयुक्त आन्दोलन अघि बढाउने निर्णय


२०७६ बैशाख ३० गते , सोमवार प्रकाशित

  राष्ट्रघात, जनघात र फासिबादका बिरुद्ध संयुक्तरुपमा आन्दोलनरत पाँच बाम पार्टी — नेपाल कम्युनिष्ट पार्टी(क्रान्तिकारी माओवादी), नेपाल कम्युनिष्ट पार्टी, नेकपा(माओबादी केन्द्र) नेकपा र देशभक्त जन गणतान्त्रिक मोर्चाको संयुक्त बैठक आज २०७६ बैशाख ३० नेकपा(क्रान्तिकारी माओवादी)को केन्द्रिय कार्यालय बुद्धनगरमा  बस्यो । बैठकपछि देशभक्त जन गणतान्त्रिक मोर्चाले पाँच पार्टीको तर्फबाट जारी बिज्ञप्तिमा  निम्न महत्वपूर्ण निर्णय लिएको जनाएको छ  :

    १. नेपाली सञ्चार जगतले ब्याप्त भ्रष्टाचार, कमिशनखोरी, कालोबजारी, असुरक्षा, नागरिकता समस्या, पार्टीमाथिको प्रतिबन्ध लगायतका राष्ट्रियता, जनतन्त्र र जन जीबिकाका मुद्दालाई उजागर गरिरहेको बेला सरकारले सञ्चार माध्यममाथि नियन्त्रण गर्ने र सञ्चार क्षेत्रलाई कमजोर तुल्याउने किसिमले संसदमा जुन बिधेयक प्रस्तुत गरेको छ त्यसको घोर निन्दा र भत्र्सना गर्दै बैठकले  सञ्चारजगत बिरोधी यो बिधेयक तत्काल फिर्ता लिन जोडदार माग गरेको छ र सञ्चार जगतको आन्दोलनप्रति ऐक्यबद्धता जनाउनदै आन्दोलनलाई अझ सशक्त तुल्याउन जोडदार आग्रह गरेको छ ।     
२ बैठकले पाँच बाम पार्टीले यही बैशाख २७ गते शान्तिबाटीकामा आयोजना गरेको बिरोध सभालाई सफल तुल्याउन उपस्थित जन समुदायलाई धन्यबाद दिदै आगामी दिनका आन्दोलनमा अझ बढी सक्रियताकासाथ सहभागी र उपस्थित भएर भ्रष्टाचार, जनघात,राष्ट्रघात र फासीबादका बिरुद्धको आन्दोलनलाई सफल बनाउन आह्वान गरेको छ ।

  ३ बैठकले नागरिकताको समस्या, अजंगका भ्रष्टाचार, पार्टी माथिको प्रतिबन्ध, लगायत राष्ट्रघात, जनघात र जनजीबिकाका समस्यालाई लिएर आन्दोलनलाई थप अघि बढाउने सन्दर्भमा आउदो जेष्ठ ८ गते शान्तिबाटीकामा बृहत खुल्ला अन्तरक्रिया कार्यक्रम राख्ने निर्णय लिएको । यसमा सञ्चारकर्मी, नागरिकता बिशेषज्ञ, जलश्रोत बिशोषज्ञ, सीमाबिद, परराष्ट्रबिद् कानुनबिद् लगायत नागरिक समजका प्रतिष्ठित ब्यक्तिहरुलाई निमन्त्रणा गर्ने निर्णय लिएको छ ।   

  ४. बैठकले आन्दोलनका आगामी थप कार्यक्रम त्यही खुला र बृहत अन्तक्रियामा नै प्रस्तुत गर्ने समेत निर्णय लिएको छ । यस सम्वन्धि कार्यक्रमलाई अन्तिमरुप दिन आगामी जेष्ठ ४ गते पाँच पार्टीको पुनः बैठक बस्ने भएको छ ।  

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif