Thursday, 23 May, 2019    |    २०७६ जेष्ठ ९ गते , विहीवार

एनआईसी एशिया बैंकको नाफा २ अर्ब २७ करोड


२०७६ बैशाख ३० गते , सोमवार प्रकाशित

एनआईसी एशिया बैंकले चालु आ.व. २०७५/७६ को तेस्रो त्रैमाससम्ममा २ अर्ब २७ करोड मुनाफा गरेको छ । बैंकद्वारा प्रकाशित अपरिस्कृत वित्तीय विवरण चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म वार्षिक विन्दुगत आधारमा १४८ प्रतिशतले वृद्धि गरी बैंकले ३ अर्ब २२ करोड सञ्चालन मुनाफा आर्जन गर्न सफल भएको छ ।

खुद मुनाफातर्फ वार्षिक विन्दुगत आधारमा १४५ प्रतिशतको वृद्धि बैंकले हासिल गरेको छ । बैंकको गत वर्षको सोही अवधिको खुद मुनाफा रु. ९३ करोड रहेको थियो । 

बैंकले यस आर्थिक वर्षमा ३३.५ प्रतिशत (रु. ५७ अर्ब २४ करोड) को वृद्धि तथा वार्षिक विन्दुगत आधारमा ५० प्रतिशत (रु. ७५ अर्ब ८१ करोड) को वृद्धि गरी वासलातको आकार रु. २२८ अर्ब १९ करोड पु¥याउन सफल भएको छ । 

कर्जातर्फ यस आर्थिक वर्षमा २४ प्रतिशतको वृद्धि तथा वार्षिक विन्दुगत आधारमा ३७ प्रतिशतको वृद्धि गरी रु. १४९ अर्ब ५० करोड र निक्षेप संकलनतर्फ  १८ प्रतिशतको वृद्धि तथा वार्षिक विन्दुगत आधारमा ३३ प्रतिशतको वृद्धि गरी रु. १७८ अर्ब ९ करोड पु¥याउन सफल भएको छ । 

निक्षेप तथा कर्जामा अन्य वाणिज्य बैंकहरु भन्दा शिर्ष स्थानमा पुगेको दावी बैंकको छ । एनआईसी एसियाले मुलुकभर २८३ शाखा कार्यालयहरु, २८९ एटिएम, ४१ वटा एक्सटेन्सन काउण्टर एवं २६ वटा शाखारहित बैंकिङ ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । 

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif