Thursday, 23 May, 2019    |    २०७६ जेष्ठ ९ गते , विहीवार

अस्तित्व


२०७६ बैशाख २९ गते , आईतवार प्रकाशित


भावना शर्मा 

 तिम्रा अभिसप्त वासनाको जति शिकार भए पनि 
तिम्रा अभिमान पुरुषत्वले जति कोपरे पनि 
सृष्टिको भार थाम्दै आफ्नै गतिमा 
आफ्नो अस्तित्वका खातिर लडिरहेकी 
साँच्चै म उही प्रकृति हुँ उही नारी हुँ 
जसका बिना तिमी अपूर्ण छौ, तिम्रो पुरुषत्व अपूर्ण छ ! 


कहिले आमा बनेर ममत्व बाड्दै 
कहिले दिदी–बहिनी बनेर 
तिम्रा दीर्घायु कामनाका सप्तरंगी सजाउँदै 
कहिले पत्नी बनेर तिम्रा दुःखका भार बोक्दै 
अनि कहिले छोरी बनेर तिम्रा आँगनमा उमङ्गका रंग छर्ने 
साँच्चै म उही प्रकृति हुँ, उनी नारी हुँ जसका बिना तिम्रो सृष्टि असम्भव छ !


अझ तिमी मेरो अस्तित्वमाथि औंला ठड्याउँछौ ?
भन तिम्रा कुन अहंकारले मेरो शक्तिमाथि धावा बोल्न सक्यो ? 
तिम्रा कुन अग्नि परीक्षाले मेरो सत्मा दाग लगाउन सक्यो ?
आदि पिता मनु भएर आफ्नै छोरी इला बलात्कार गर्ने 
आफ्नै छोरी नातिनीलाई भोग्या बनाउने  सोम, बाशिष्ट ऋषिलाई स्थापना गर्ने 
आफ्ना स्खलित पुरुषत्वको पतित इतिहास कसरी बिस्र्यौ ? 
अझै तिमी मेरो अस्तित्वमामाथि औंला ठड्याउछौ ? 


फेरि पनि भन्छु 
साँच्चै म उही प्रकृति हूँ, उही नारी हुँ
जसका बिना तिमी अपूर्ण छो तिम्रो पुरुषत्व अपूर्ण छ !    

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif