Sunday, 21 July, 2019    |    २०७६ श्रावण ५ गते , आईतवार

लगानी कोषका कर्मचारीलाई ग्राहक सेवा तालिम


२०७६ बैशाख २९ गते , आईतवार प्रकाशित

नागरिक लगानी कोषले ग्राहक सेवा सम्बन्धी एक दिने तालिम प्रदान गरेको छ । कोषले फ्रन्ट डेस्कमा कार्य गर्ने कर्मचारीलाई लक्ष्यित गरी उक्त तालिमको आयोजना गरेको हो । 

उक्त कार्यक्रममा कोषका कार्यकारी निर्देशक रमण नेपालले कर्मचारीहरुलाई उत्प्रेरित गर्न तालिमको आयोजना गरेको बताए । कोषमा आवद्ध ६ लाख ३१ हजार भन्दा बढि सेवाग्राहीलाई थप प्रभावकारी बनाउन यस्ता कार्यक्रम आयोजना गरिएकोमा उनले जोड दिए । 

सो अवसरमा कोषका मुख्य व्यवस्थापक डा. इन्द्र कुमार कट्टेलले प्रशिक्षण दिदै ग्राहकको सेवालाई सवै कर्मचारीले आत्मसाथ गर्नुपर्ने बताए । उनले सेवाग्राहीको समस्या समाधानलाई पहिलो प्राथामिकता दिनुपर्नेमा जोड दिए । ग्राहकले राखेको जिज्ञासालाई कोषमा आवद्ध कर्मचारीले सम्बोधन गर्न सके मात्रै कोषप्रति उनीहरुको दुष्टिकोण सकारात्मक हुने उनको भनाई थियो ।

त्यसैगरी अर्का प्रशिक्षक मित्रलाल पंगेनीले ग्राहकलाई कसरी सेवा दिने, सहि अभिब्यक्ति कसरी दिने, सेवाग्रहीसँग गरिने संचारलाई सरल बनाउने तथा काउन्टरमा बस्ने कर्मचारी उत्तेजित हुन नहुने जस्ता बिषयमा प्रकाश पारेका थिए । कोषले आफुसंग आबद्ध भएका सेवाग्रहीको समस्या तत्काल सम्बोधन गर्ने रणनीति अनुरुप बिभिन्न किसिमका तालिम , गोष्ठि लगायतको कार्य गर्दै आएको र त्यस्ता कार्यक्रमलाई निरन्तरता दिदै जाने पनि जनाएको छ । 
 

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif