Thursday, 23 May, 2019    |    २०७६ जेष्ठ ९ गते , विहीवार

काठमाडौं जिल्ला बहुउद्देश्यीय सहकारी संघमा नयाँ नेतृत्व


२०७६ बैशाख २९ गते , आईतवार प्रकाशित

काठमाडौं जिल्ला बहुउद्देश्यीय सहकारी संघ लिमिटेडको चौंथो साधारणसभाले नयाँ कार्यसमिति चयन गरेको छ । सभाले मनोज कुमार थापा मगरको अध्यक्षतामा १३ सदस्यीय नयाँ सञ्चालक समिति चयन गरेको हो । 
निर्विरोध निर्वाचित संचालक समितिको उपाध्यक्षमा लक्ष्मी प्रसाद संग्रौला, सचिवमा प्रवेश श्रेष्ठ र कोषाध्यक्षमा शंकरजी अधिकारी चयन भएका छन् । 

त्यसैगरी साधारण सभाले समितिको सदस्यमा महेश प्रसाद सुवेदी, कमल बहादुर थापा, अन्जुमाया श्रेष्ठ, निरहरि प्रसाद उपाध्याय र महाशंकर रेग्मी, ईन्दिरा लामिछाने, वासुदेव घिमिरे, दिल बहादुर महर्जन र विनोद खनाल चयन भएका छन् । त्यसैगरी लेखा समिति संयोजकमा विनोद पौड्याल र सदस्यमा मित्र प्रसाद दुलाल र राजेश्वर केसी रहेका छन् । 

साधारण सभाको उद्घाटन गर्दै राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले राजधानी समेत रहेको काठमाडौं जिल्लाको बहुउद्देश्यीय संघ कमजोर हुँदा समग्र बहुउद्देश्यीय सहकारी अभियान कमजोर हुने बताए । नवानिर्वाचित समितिलाई बधाइ दिँदै उनले सफल कार्यकालको शुभकामना दिए ।  

आफूहरुले दिएको सुझाव विभिन्न मन्त्रालयहरुले हेरफेर गरिदिएकाले हालै जारी भएको सहकारी नियमावली अभियानले चाहेजस्तो नआएको उनले बताए । सरकारी पक्षले बहुउद्देश्यीय सहकारीले बचत ऋणको कारोबार गर्नै हुँदैन भनेर जिकीर गरेपनि अभियानले नियमावलीको मस्यौदामा न्यूनतम ३० प्रतिशत बहुप्रकिृत र ७० प्रतिशत बचत ऋण लगायतको कारोबार गर्न पाउनुपर्छ भन्ने प्रस्ताव राखेको जानकारी दिए । 

सभामा प्रदेश सांसद केशव पौडेल, नेफ्स्कूनका वरिष्ठ उपाध्यक्ष परितोष पौड्याल, जिल्ला सहकारी संघ, काठमाडौंका अध्यक्ष टेक प्रसाद चौलागाई, राष्ट्रिय सहकारी बैंकका संचालक ज्ञान बहादुर तामाङ, जिल्ला सहकारी संघ, काठमाडौंका महासचिव खेमराज सुवेदी, नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघका संचालक नारायणभक्त श्रेष्ठ,  कास्कुनका अध्यक्ष दिपक पनेरु लगायतले शुभकामना मन्तब्य राखेका थिए । 

नवनिर्वाचित अध्यक्ष थापाले नेपालको सहकारी अभियान मा बहुउदेश्यीय सहकारी संघ संस्थालाई सहकारी सहकारी ऐन एवं नियमावलीले धेरै बिषयमा अंकुस लगाएको र पूर्वाग्रही ढंगबाट निरुत्साहित बनाउन खोजेको आरोप लगाए । 
“बचतको थ्रेसहोल्ड, कर को पक्षपाती व्यवहारले हामीलाई निकै दुखी बनाएको छ।” उनले भने “हाम्रा आफ्नै समस्या र चुनौती छन्। तथापि धेरै अवसर हरु पनि छन्। सिंगो बहुउदेश्यीय सहकारी अभियानलाई कसरी उदेश्यमुखी, व्यवसायिक, संगठित र सम्बृद्ध बनाउने गम्भीर दायित्व बोध भएको छ।” 


 

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif