Thursday, 23 May, 2019    |    २०७६ जेष्ठ ९ गते , विहीवार

सञ्चालक इमानदार भए सहकारीप्रति सदस्यको विश्वास बढ्छ


२०७६ बैशाख २९ गते , आईतवार प्रकाशित

राम कुमार श्रेष्ठ 
अध्यक्ष, लामोसाँघु बचत तथा ऋण सहकारी संस्था लि.


सिन्धुपाल्चोकको बलेफी गाउँपालिका ८ लामोसाँघुमा रहेको लामोसाँघु बचत तथा ऋण सहकारी संस्था स्थानीय जनताको वित्तीय सारथी बनेको छ । २०६५ सालमा त्यस क्षेत्रका जनताको वित्तीय आवश्यकता परिपूर्ति गर्ने उद्देश्य लिएर विधिवत् स्थापना भएको संस्थाले यस अवधिसम्म आइपुग्दा उनीहरुको आर्थिक सामाजिक रुपान्तरणमा उल्लेख्य भूमिका खेलेको छ । २०७२ सालको भूकम्पले संस्थाको सम्पूर्ण कागजात सहित कार्यालय नै तहसनहस बनाइदियो । भूकम्पको चपेटबाट तंग्रिैन र सम्पूर्ण कागजपत्रदेखि कार्यालय व्यवस्थित गन संस्थालाई केहि समय लाग्यो । संस्थाका सञ्चालकको सक्रियता र सदस्यहरुको साथ र सहयोगले संस्था पूनः पहिलेकै अवस्थामा फर्किन सफल भयो । संस्थाले हाल आफ्नै भवन निर्माण प्रक्रिया पूरा गर्न लागेको छ । बैशाखबाट ३६५ दिने सेवा शुरु गरेको छ । सदस्यहरुलाई आकस्मिक उपचार ऋण, दैवीप्रकोप राहत सहयोग, सीपमूकल तालिम, सानाकिसान सहुलियत कृषि कर्जा, शेयरसदस्य बीमा योजना, रेमिट्यान्स र युटिलिटि पेमण्ट जस्ता सुविधा उपलब्ध गराउँदै आएको छ । संस्थाको शेयरपूँजी ६० लाख, बचत ३ करोड ४० लाख र लगानी ४ करोड २५ लाख पुगेको छ । संस्थाको सम्पूर्ण गतिविधिमा केन्द्रित रहेर अध्यक्ष रामकुमार श्रेष्ठ सँग गरिएको कुराकानी ः 

लामो साँघु बचत तथा ऋण सहकारी संस्था कसरी सुरु गर्नुभयो ? 

यस ठाउँमा सहकारी शुरु हुनुभन्दा अगाडि आर्थिक कारोबार गर्ने कुनै संस्थाहरु थिएनन्, भएका संस्थाले पनि राम्रोसँग कारोबार गर्न नसकिरहेको अवस्था थियो । गाउँका दाजुभाईलाई समेटेर आर्थिक कारोबार गर्ने एउटा संस्था शुरु गर्न पाए हुन्थ्यो भन्ने कुरा मेरो मनमा खेल्न थाल्यो । उनीहरुसँग भएको ससानो रकम बचत गर्ने र ऋण लिएर व्यापार व्यवसाय गरी रोजगार सृजना गर्न सकिन्छ भन्ने कुरा मनमा आयो । मैले यो विषयमा साथीभाईसँग छलफल गरे । त्यो बेला लामोसाँघुमा एउटा बचत समुह स्थापना भएको रहेछ । हामीले पनि उनीहरुको सहयोगमा २०६१÷०६२ सालतिर एउटा समुह बनायौं । लामोसाँघु बचत तथा ऋण समुह नाम रखेर हामीले कारोबार अगाडि बढायौं । १८ जनाबाट समुह शुरु ग¥यौं । समुह सुरुवात गर्दा हामीले माङ्खाको १ वडा कार्यक्षेत्र लिएर कारोबार शुरु ग¥यौं । मासिक ५० रुपैया बचतबाट समुह शुरु भयो । ३ वर्षसम्म हामीले बचत समुह चलायौं । त्यसपछि सधैं समुहमा चलाउनु भनेको अवैधानिक हो भन्ने हाम्रो मनमा आयो र यसलाई वैधानिक बनाउने तर्फ लाग्नु पर्छ भनेर अगाडि बढ्यौं । एकडेढ वर्ष हामीले वैधानिक बनाउने कुरामा छलफल ग¥यौं । यस भेगका मानिसलाई सहकारी भन्ने वित्तिकै एलर्जी हुँदा रहेछ । केहि संस्थाले सदस्यको रकम हिनामिना गरेकाले सहकारीको नामै सुन्न नचाहने मानिसहरु यहाँ रहेछन् । यसले गर्दा हामीलाई संस्था दर्ता गर्न धेरै गाह«ो प¥यो । लामो प्रयासपछि २०६५ सालमा हामीले डिभिजन सहकारी कार्यालय धुलिखेलमा संस्था दर्ता ग¥यौं । त्यसपछि संस्था वैधानिक भयो । 

बचत समुहलाई सहकारीमा रुपान्तरण गरेर वैधानिकता दिनुभयो, त्यसपछि संस्थाको क्रियाकलापलाई कसरी अगाडि बढाउनुभयो ? 

हामीले सानो पूँजीबाट संस्था शुरु गरेको हुनाले सञ्चालक स्वयं नै बचत संकलनमा हिँड्यौं । किनभने हामी कसैलाई तलब दिएर काम लगाउन सक्ने अवस्थामा थिएनौं । हामीले स्वयंसेवी रुपमा धेरै वर्ष काम ग¥यौं । काम गर्दै जाँदा संस्थाको १० लाख शेयर पूँजी पुग्यो र त्यसपछि मासिक एक एक हजार रुपैया दिएर २ जना कर्मचारी राख्यौं । संस्थाको भाडा तिर्ने पैसा नभएकाले विद्युत प्राधिकरणसँग २ वटा कोठा माग्यौं र त्यहिँबाट संस्थाको दैनिक कारोबार सञ्चालन ग¥यौं । काम गर्दै जाँदा यहाँका स्थानीयबासीको मन जित्न सक्यौं । हामीले १०÷२० हजार ऋण दिन थाल्यौं । जमानतबाट मात्रै ऋण दिन थाल्यौं र सदस्यको विश्वास पनि बढ्दै गयो । हामीले फेरि २० लाख शेयर थप्न स्वीकृत गरेर ल्यायौं । अहिले संस्थाको शेयरपूँजी ५० लाख रुपैया पुगेको छ । संस्थामा सदस्य बढ्दै गए, यसले पनि हामीलाई नपुग्ने अवस्था आयो । सदस्यहरुले ठूलो रकम ऋण माग्न थाले । ५०÷६० हजारले त केहि काम नबन्ने अवस्था आयो । त्यसपछि हामीले सानाकिसान लघु वित्त वित्तीय संस्थासँग सम्बन्ध बनायौं र त्यहाँबाट ऋण ल्याउन थाल्यौं । अहिलेसम्म पनि हामी साना किसानसँगै आवद्ध छौं । हामीले कृषि क्षेत्रमा धेरै लगानी गरेका छौं । त्यसका साथै अन्य विभिन्न क्षेत्रमा लगानी गरेका छौं । सबै उमेर समुहका मानिसलाई लक्षित गरी बचत योजना अघि सारेका छौं । सदस्यहरुलाई बिना झञ्झट सरल ढंगले ऋण लगानी गर्दै आएका छौं । यस अवधिसम्म आइपुग्दा बाल बचतकता सहित १६०० को हाराहारीमा सदस्य पुगेका छन् । भूकम्पपछिको पुनर्निर्माण सहज बनाउन सानाकिसानसँगको सहकार्य मा ५० दिने तालिम सञ्चालन ग¥यौं । यसले पुनर्निर्माणमा थप सहयोग पुग्यो । किसानले उत्पादन गरेको वस्तुलाई बजारीकरण गर्न सकिराखेको छैन । उत्पादित वस्तु बिक्री गर्न नसकेपछि तरकारीबाट पनि नहुने रहेछ भन्ने भान उनीहरुमा भयो । उनीहरुलाई टेवा पुगोस् भनेर हामीले १३ रोपनी जग्गा भाडामा लिएर तरकारी संकलन तथा बजारसम्म पु¥याउने काम गरिरहेका छौं । यसले बिचौलियाको अन्त्यमा पनि सहयोग पु¥याएको छ । मौसमी तरकारीमा त्यति मुल्य नपाइने  हुँदा बेमौसमी खेतीतर्फ सदस्यलाई उत्प्रेरित गरिराखेका छौं । त्यसका लागि टनेल बढि चाहिन्छ । सदस्य र समुदायको हितका साथै उनीहरुको आर्थिकस्तरमा सुधार ल्याउन हामीले काम गरिराखेका छौं ।

सहकारीले यहाँका बासिन्दाको जीवनस्तरमा कतिको परिवर्तन ल्याउन सके जस्तो तपाईंलाई लाग्छ ? 

०७२ सालको भुकम्प आउन अगािड धेरै पविर्तन भएको थियो । तत्कालिन टेकनपुर गाविसमा थामी समुदायको एक जना व्यक्ति  थिए । उनी ड्याममा बालुवा झिक्थे र दैनिकी चलाउँथे । उनले एउटा जग्गा किन खोजेका रहेछन् तर पुरै पैसा तिर्न नसकेकाले जग्गाधनीले पास गरिदिएन । हामीले यो कुरा थाहा पाएपछि उनलाई संस्थामा आवद्ध गरायौं र पैसा तिरिदिएर उनको नाउँमा लालपूर्जा ल्याइदियौं । त्यसैगरी सानातिना व्यापारी संस्थाप्रति धेरै खुसी छन् । किसानहरु भन्ने त्यति माथि उठ्न सकेका छैनन् । कृषिमा लगानी गरेर मात्र हुँदो रहेनछ । यसमा सरकारको पनि केहि हात चाहिन्छ । 

जतिखेर सहकारी शुरु गर्नुभयो, त्यतिबेला मानिसमा बचतको भावना कसरी जगाउनुभयो ?

भविष्यको सहारा भनेको बचत हो, बचत बिना केहि हुँदैन । बचत भएन भने आफ्नै परिवारको सदस्यले पनि हेर्दैनन् । हामीले सक्दाखेरी कमाएको कमाईबाट केहि अंश बचत ग¥र्यौं भने हाम्रो भविष्यको सहारा बन्न जान्छ भनेर सबैलाई बतायौं । त्यसैगरी संस्थाले सदस्यहरुलाई धेरै कुरा सहयोग गर्छ । यसले पनि सदस्य बन्न आकर्षित ग¥यो । महिला सदस्य सुत्केरी हुँदा भत्ता दिन्छौं । दैवी प्रकोपमा परेकाहरुलाई पनि संस्थाले सहयोग गर्दै आएको छ । सदस्यलाई अप्ठ्यारो पर्दा घरदैलोमा नै पुगेर सेवा दिन्छौं । सञ्चालकहरुले बदमासी गर्दैनन् र अप्ठ्यारोमा पर्दा सहयोग गर्दा रहेछन् भन्ने भावना सदस्यमा पलायो । हामीले बचत गर्नुपर्छ र हाम्रो बचत सुरक्षित छ भन्ने कुरा सदस्यमा विकास भयो । हामीले धनजामान र धितोमा मात्रै ऋण दिन्छौं । यसले पनि संस्थाप्रति सदस्यको विश्वास बढ्दै गयो । सदस्यहरु आफ्नो बचत नडुब्नेमा ढुक्क भए । 

संस्थाले यस अवधिमा केकति गर्न सकेजस्तो लाग्छ ? 

सम्पूर्ण रुपमा सन्तुष्ट त हुँदै हुँईंदैन । तर अहिलेको अवस्थामा सन्तुष्ट नै छौं । संस्थाको आफ्नो भवन बन्दैछ । ३ आना जग्गामा भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । सधैं भाडामा बसेर संस्थाको भविष्य दीगो हुँदैन भनेर हामीले साधारण सभामा कुरा राख्यौं । सदस्यहरुले पनि भवन बनाउनुस्, त्यसमा हाम्रो पनि सहयोग हुन्छ भनेर भन्नुभयो । सदस्यहरुले गत वर्षको नाफाको ५० प्रतिशत भवन बनाउन सहयोग गर्नुभयो । वडा कार्यालयले २ लाख दिएको छ । गाउँपालिकाले ३ लाख दिने बचत दिएको छ । वैशाख १ गतेबाट हामीले ३६५ दिने सेवा शुरु गरेका छौं । 
अहिले स्थानीय तहमा सहकारी हस्तान्तरण भएको छ, यसले सेवा लिन सहज भएको होला नि !

स्थानीय तहबाट हामीले सेवा पाएको भए धेरै सहज हुन्थ्यो तर हालसम्म सरकारले स्थनीय तहमा सहकारी हेर्ने कर्मचारी पठाउन सकेको छैन । सहकारीको कुनै पनि सेवा लिन हामी प्रदेशमा नै पुग्नुपरेको छ । स्थानीय तहमा हुँदा हामीलाई सहज र सहयोग मिल्छ । एक आपसमा साथसहयोग भावना पनि विकास हुन्थ्यो । यी सबै कुरा हुन्थ्यो भन्ने कल्पना मात्रै हो । व्यवहारमा लागु हुन सकेको छैन । सरकारले गर्न नसक्ने काम केहि पनि छैन । मुलुकमा सहकारीले धेरै राम्रो काम गरेका छन् । सबै काम सहकारीले मात्र गर्न सक्दैन । सरकारको पनि सहयोग चाहिन्छ । संस्थामा आवद्ध सदस्यहरुको पनि भूमिका रहन्छ । सहकारीमार्फत धेरै काम गर्न सकिन्छ । राज्यले पनि सहकारीलाई नाफामुखी संस्था मात्र हो भन्ने बुझेको छ । सहकारीले सदस्यहरुलाई के कस्ता सुविधा दिइराखेको छ भन्नेतर्फ राज्यले सोच्न सकेन । अवसर पाएको खण्डमा सहकारीले धेरै गर्न सक्छन् तर यसका लागि सबैको सहयोग चाहिन्छ । 

नेपालमा सहकारीको आवश्यकता कत्तिको छ ?

सहकारी अत्ति आवश्यक छ । गाउँमा सेवा दिने संस्था सहकारी हो । तर सहकारीले इमानदारीपूर्वक कार्य गर्नुप¥यो । शहरमा सहकारीले धेरै बदमासी गरेको सुनिन्छ । यसको असर ग्रामीण सहकारीमा पनि पर्छ । गाउँमा सहकारीको विकल्प छैन । दुग्ध, कृषि हरेक प्रकृतिका सहकारीहरु मुलुकभर छन् । यी संस्थाले देशलाई समृद्ध बनाउन सक्छन् । यसका लागि सहकारीमैत्री ऐननियम बनाइ लागू गर्नुपर्छ । 

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif