Monday, 26 August, 2019    |    २०७६ भाद्र ९ गते , सोमवार

मानब बेचबिखन–‘ह्यूमन ट्राफिकिङ्ग’ ठूलो बिश्व समस्या


२०७६ बैशाख २८ गते , शनिवार प्रकाशित

  —आलोक भारद्वाज—  

   यो बर्षको शुरुमा अर्थात्  जनवरी २०१९ मा प्रकाशितसंयुक्त राष्ट्र  संघको ‘ग्लोबल ट्राफिकिङ्ग’ ‘बिश्व महिला ओसार–प्रसार’प्रतिबेदनले प्रष्ट बताएको थियो — ‘हुन त अनेक किसिमका ट्राफिकिङ्ग बिश्व स्तरमा प्रचलित छन् तर  तीमध्ये यौन शोषणका लागि महिलाहरु या किशोरीहरुको ओसार–पसार सबैभन्दा  बढी छ’ । यस किसिमको अन्तर्राष्ट्रिय स्तरको ‘मानब–बेचबिखन’को चपेटामा परेका  अधिकांश महिलहरुलाई अमेरिका, पश्चिम तथा दक्षिण यूरोप र मध्यपूर्वका बिभिन्न क्षेत्रमा पु¥याउने गरिन्छ । तथ्यांक अनुसार यस्ता ‘मानब–बेचबिखन’ सम्वन्धि दर्ता गरिएका मुद्दाहरुको बिश्व स्तरमै बृद्धि भइरहेको छ । हालैका बर्षहरुमा यौंन शोषणका लागि हुने गरेका यस्ता महिला ओसार–पसारमा बृद्धि अर्को एउटा कारणले पनि हुने गरेको छ । त्यो कारण हो – पोर्नोग्राफी, चलचित्र,भिडियो जस्ता कुराहरु बनाउनका लागि पनि धेरै जस्तो महिला र किशोरीहरुलाई ओसार पसार गर्ने गरिन्छ ।     

यूरोपका केही स्थानहरुमा पनि धेरैजसो महिलहरु तथा बालिकाहरुको अबैध बिक्री या ओसार–प्रसार भइरहेको छ । यूरोपमा त्यस्ता कतिपय  महिलाहरुलाई छुटाएर आश्रय स्थलमा राखिएको कुरा पनि प्रकाशमा आएको थियो । त्यस्ता महिलाहरुका बीचमा गरिएका अनुसन्धानहरुबाट के थाहा भएको खुलासा गरिएको थियो भने तिनको दुःखेसो र दर्द बहुतै गहिरो छ । ‘लण्डन स्कूल अफ हाइजिन एण्ड ट्रपिकल मेडिसिन’का लागि केथी जिमरम्यानले ‘मुस्कानमाथि डकैती’भन्ने प्रतिबेदनम यस बारे लेखिएको छ । त्यस प्रतिबेदन अनुसार त्यसरी मानब–बेचबिखनम परेका महिलाहरुमध्ये ९५ प्रतिशत महिलाहरु तथा किशोरीहरुलाई शारिरीक र यौनिक हिंसा सहनु परेको थियो । ६५ प्रतिशतमा अनेक शारिरीक समस्याहरु तथा यौन हिंसाहरु, सहनु परेको थियो, रोगहरु(इन्फेक्सन) उत्पन्न भएका थिए ६५ प्रतिशत डिप्रेशन अर्थात अबसादबाट पीडित थिए, तीमध्येका ३८ प्रतिशतमा आत्महत्या गर्ने कुरा पनि प्रवेश गरिसकेको थियो । प्रो. डोना ह्यूग्सले आफ्नो अध्ययनमा बताएकी छन् कि पोर्नोग्राफीको चलचित्र तयार गर्नका लागि पनि ठूलो संख्यमा बिदेशी बालिकाहरु र महिलाहरुलई यूरोपका केही बिशेष क्षेत्रहरुमा लगिने गरेको थियो । लटाभियामा रहेको एउटा त्यस्तै केन्द्रका बारेमा उनीहरुरुले के बताएका छन् भने यसमा पोर्नोग्राफी तथा बेश्याबृत्ति जस्ता काममा २००० महिलाहरु तथा बाल बालिकालाई फँसाइएको थियो । यदि यस्ता प्रकारको मात्र एउटा  अखडामा त्यत्तिका महिलाहरु र बालिकाहरुलाई फसाइएको पाइयो भने त्यसबाट यो समस्या कति ब्यापक रहेछ भन्ने कुरा पनि प्रष्ट हुन्छ ।   

  यौन–पर्यटन आर्थात ‘सेक्स–टुरिज्म’को नाममा थाइल्याण्ड, ब्राजिल, नीदरल्याण्ड, फिलिपिन्समा ठूल्ठूला अखडा नै बनेका छन्, जहा बिशेष गरेर पर्यटकहरु यौन सम्वन्धका लागि या अश्लिल सो हेर्नका लागि जाने गर्दछन् । त्यस्ता ठूला अड्डाहरुमा बहुतै महिला बेचबिखन हुने गर्दछ । त्यस्ता ठाउँहरुमा  प्रायःजसो बास्तवमा अनेक किसिमका अपराधी माफियाहरु सक्रिय भएका हुन्छन् । आज बिश्वमा यस्ता लाखौ महिलाहरु, किशोरीहरु छन् जसलाई उनीहरुको अफ्नो इच्छाको बिरुद्ध बेश्याबृत्ति, पार्नोग्राफी तथा यौन शोषणमा धकेलिएको छ । यी त्यस्ता महिला या किशोरी बय उमेरका महिला हुन् जसलाई उनीहरुको नाजुक आर्थिक स्थिति तथा अन्य बिवशताहरुको लाभ उठाउदै एकातिर त अनेक किसिमले बहकाइयो या अर्कोतिर  भममा राखियो । जापानका सन्दर्भमा त्यहीकै एक अनुसन्धानकर्ता ‘सीया मोरिता’ले आफ्नो अनुसन्धानमा बताएकी छन् कि दक्षिण पूर्बी एशियाबाट जापानको यौन उद्योगका लागि केही दशकको कालखण्डमा कम्तिमा ६ लाखदेखि १० लाखसम्म बालिका तथा महिलाहरुलई ल्याइएको थियो । त्यो अध्ययनमा यो महिला ओसार पसार या ट्राफिकिङ्गलाई अर्ब डलरको मुनाफाको ब्यापार  भनेर पनि घोषणा गरियो । जबकि यसमा बिदेशी महिलाहरुको ‘दास’को स्थिति यति नराम्रो अबस्थामा थियो जसले गर्दा ती मध्ये अनेकौंले आत्महत्या समेत गरेका थिए । यस्तो मानब ब्यापार बढाउने जस्तो घोर अमानबीय कार्यका लागि बिश्व स्तरमा अर्बौं डलर उपलब्ध भइरहेको छ ।  


  कुल मिलाएर के प्रष्टै भन्न सकिन्छ भने दशौं हजार साधन सम्पन्न सफेदपोश अपराधी यस अबैध ब्यापारसँग जोडिएका छन् । यस अबैध मानब बेचबिखनकालाई कम गर्नका लागि अधिक अन्तर्राष्ट्रिय सहयोगको आबश्यकता रहेको छ । कति पय प्रयास केवल तिनै महिलाहरुलाई छोडाएर तिनलाई आफ्नो मूल देशमा फर्काउने कुरासम्ममा मात्र सीमित छन् । त्यसरी छोडाइएका महिलाहरु पुनः त्यस्ता गिरोहको चंगुलमा फँस्न सक्छन् । केही स्थानहरुबाट यसरी छोडाइएका महिलाहरु थोरै समय भित्रै पुनः त्यस्तै यौन गिरोहका फन्दामा पर्न र फस्न पुगेको पाइएको कुरा पनि अनुसन्धान प्रतिबेदनहरुले प्रष्ट पारेका छन् । कतिपय स्थानहरुमा त्यसरी छोडाइएका महिलाको लागि सेल्टर बनाएर बहुत कम सयमसम्म राखिने गरेको पनि छ । त्यत्तिको कम समयमा उनीहरुमाथि अन्याय अत्याचारबाट उत्पन्न तनाबबाट मुक्तिको कुनै अवसर नै मिल्न पाउदैन । अनेक निर्धनता तथा शोषणबाट प्रभावित क्षेत्रहरु या युद्ध वा गृहयुद्धबाटा क्षतबिक्षत भएका क्षेत्रहरुमा यस्तो मानब बेच बिखनका एजेण्टहरु बिशेष गरी अझ बढी सक्रिय रहेका हुन्छन् ।  


  त्यस्ता प्रभाबित समुदायहरुमा बिशेष ध्यान दिदै त्यहाँका महिलाहरुलई सहायता पु¥याउन तथा रोजगारीका अवसरहरु प्रदान गर्न पनि बहुत आवश्यक छ । कतिपय देशहरुमा बेश्याबृत्तिका ठूला अखडाहरुलई सरकारी सहमतिमा यस अधारमा  बिकसित गरिएको छ कि यसबाट पर्यटनलाई बढावा मिल्दछ । तर त्यसको अर्को गम्भीर पक्षलाई लुकाएर राखिने गरिन्छ जसले गर्दा महिला या मानब बेचबिखनलाई बढावा मिल्दछ । हुन पनि पर्यटन क्षेत्रको यो सोच मूलतः अनुचित र गलत छ । यसलाई बाहिरीरुपमा जतिसुकै आकर्षक देखाउन र प्रस्तुत गर्न  खोजे पनि यसको समग्र असर महिला तथा किशोरीहरुमाथि बढ्दो उत्पीडनकोरुपमा नै यो रहेको छ र रहेको हुन्छ ।  


हाम्रो देशबट पनि पटक पटक किशोरीहरु र महिलाहरुलाई यौन शोषण र उत्पीडनको यो कालो ब्यपारमा धकेल्ने गरेको गम्भीर स्थिति लामो सयमदेखि रहँदै आएको छ । कयौ पटक भारतको दिल्ली र मुम्बई जस्ता महानगरहरुबाट यसरी बेचबिखनमा परेका पहिलाहरुको उद्धार गरिएका खबरहरुपनि आइरहेका छन् । यो बर्षको आरम्भिक महिनामा मात्रै भारतको मणिपुरबाट १७९ जना महिला तथा किशोरीहरुलाई उद्धार गरिएको आधिकारिक खबर आएको थियो । नेपालबाट महिला बेचबिखन गर्ने बाटो अपराधी समूहले बदल्ने गरेको तथ्य यसबाट खुल्दछ । यो समस्याका सबै पक्ष केलाएर रोकथामका सबै उचित उपाय गरिनु अत्याबश्यक छ । अन्यथा यसले पार्ने चौतर्फी खराब असरबाट समाजलाई बचाउन  सकिने छैन । त्यसैले यसलाई सामान्य किसिमको मुद्दाकोरुपमा हलुका किसिमले हेरिनु हुन्न ।  

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif