Sunday, 21 July, 2019    |    २०७६ श्रावण ५ गते , आईतवार

सनराइज बैंकको शाखा बुटवलको राम मन्दिरमा


२०७६ बैशाख २७ गते , शुक्रवार प्रकाशित

सनराइज बैंकले बुटवलस्थित राम मन्दिर लाइनमा शाखा सञ्चालनमा ल्याएको छ । बैंकको यो १०५ औं शाखा हो । नेपाल राष्ट्र बैंक, सिद्धार्थनगरका निर्देशक राजेन्द्र भट्टराई र बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले संयुक्त रुपमा शाखाको उद्घाटन गरेका हुन् ।

कार्यक्रममा बैंकका नायव महाप्रबन्धक अपछ कुमार यादव, बुटवल उद्योग वाणिज्य संघका कार्यबाहक अध्यक्ष उज्ज्वल कसजु, लगायत बैंकका अन्य सदस्यहरुको उपस्थिति रहेको थियो ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले बैंकले १०५ वटा शाखा, २९ वटा शाखारहित बैंकिङ्ग सेवा, ४ वटा एक्सटेन्सन काउण्टर, १२० वटा एटिएममार्फत आफ्ना ५ लाखभन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif