Sunday, 21 July, 2019    |    २०७६ श्रावण ५ गते , आईतवार

परमाणु हतियारको खतराबाट राहतको श्वास फेर्न पाइएला ?


२०७६ बैशाख २४ गते , मंगलवार प्रकाशित

    अमेरिकी राष्ट्रपति अचानक गएको शुक्रबार अर्थात् ५ मई २०१९ दिन के भनेर सबैलाई आश्चर्यचकित तुल्याए भने उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटीनसँग फोमा झण्डै एक घण्टा कुराकानी गरे । त्यस कुराकानीमा चीनलाई पनि साथ लिएर त्रिपक्षीय परमाणु सम्झौता हुनसक्ने सम्भावनामाथि बिचार बिमर्श भयो । राष्ट्रपति ट्रम्पका अनुसार शुरुवातमा अमेरिका र रुस दुबै देशले परमाणु हतियार बनाउनमा कमी ल्याउने बिषयमा बिचार बिमर्श गर्नेछन्, अनि बिस्तार बिस्तार केही हतियारहरु नष्ट गर्ने कुरामा पनि सहमति कायम गर्नेछन् । यसको केही समय पछि अमेरिका र रुसको यस पहलकदमीमा चीनलाई पनि शामेल गरिनेछ । बिश्वकै अस्तित्वसँग जोडिएको यो महत्वपूर्ण बिषयमा बिश्वका तीन महाशक्तिहरुका बीच नयाँ शिराबाट यसरी बातचित हुने कुरा सबैलाई सकारात्मकरुपमा राहत दिने बिषय नै हो । यद्यपि यो केवल आरम्भिक संकेत मात्रै हो र यस महत्वपूर्ण बिषयसँग अनेक ‘किन्तु, परन्तु’ जोडिका छन् । फ्रान्स र बेलायत जस्ता ठूला आणबिक शक्तिहरु यस सम्भावित समझौतको परिधिबाट बाहिर छन् । अनि भारत, पाकिस्तान, उत्तर कोरिया र इजरायल जस्ता घोषित अघोषित परमाणु शक्तिहरुालई यस सम्भावित सहमतिमा सामेल गर्ने कुरा त अहिले टाढैको कुरा छ । 


  निश्चय नै यो सकारात्मक पहलले आकार ग्रहण गर्ने संकेत दिनु राम्रै कुरा र आशाको किरण बनेर प्रकट भएको मानिदैछ । शीत युद्धको तानातानीबाट बाहिर निस्कन बिश्वले परमाणु निशस्त्रीकरणलाई एउटा लक्षकोरुपमा स्वीकार गरेको थियो । आई एन एफ अर्थात् इण्टरमिडिएट न्यूक्लियर फोर्सेस ट्रिटी जस्ता सम्झौताहरुको माध्यमबाट यस तर्फ केही महत्वपूर्ण कदहरु पनि अघि बढाइएको थियो । अमेरिका र रुसले यस सम्झौताका अन्तरगत जमिनबाट जमिनमा मार हान्ने ब्यालेष्टिक मिसाईल, क्रुज मिसाईल र शर्ट, मिडियम र इण्टरमेडियट रेञ्जका मिसाईल लञ्चरहरु नष्ट पनि गरेका थिए । पछिबाट शीत युद्धको समय बितिसकेपछि र नयाँ परमााण्ु सम्पन्न देशहरु सामुमा आउन थालेपछि स्थिति बद्लियो । तर फेरि पनि सबैभन्दा बढी परमारणु शस्त्रास्त्र अमेरिका र रुससँगै थिए ।  तथापि तिनको अगुवाईमै बिश्व परमाणु निशस्त्रिकरणको दिशामा अघि बढ्ने छ भन्ने अपेक्षा भने कायम रहेको थियो । 


  तर गएको बर्ष अक्टोबरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्ले यो सहमतिबाट बाहिर निस्कने एकतर्फी घोषणा गरेकाले यस अपेक्षामाथि ठूलो धक्का लागेको थियो । दुबै देशका बीच जुन यो एक मात्र परमाणु हतियार सम्झौता रहेको थियो त्यो २०११ को न्यू स्टार्ट ट्रिटी फेब्रअरी २०२१ मा समाप्त हुन गइरहेको छ । यस्तो परिप्रेक्ष र स्थितिमा अहिलेको यो नयाँ पहलले निश्चय नै केही न केही अर्थ राख्दछ र परमाणु हतियार सम्झौता हुने सम्भावनाको ढोका खोल्दछ । अमेरिका र रुसका बीच लाखौं मतभेदहरु पनि  होलान्  र छन् तर पनि ट्रम्प र पुटीनको रसायन मिल्दछ र राम्रो छ भन्ने बिश्लेषण पनि गर्ने गरिन्छ । अमेरिकामा यो उनीहरुको रसायनको अर्को भिन्नै अर्थ पनि लगाउने गरिन्छ । जे भए पनि यसको कारणले बिश्वमा यदि परमाणु हतियारसँग सम्बन्धित खतराहरुबाट कम्तिमा पनि राहतको साश फेर्न पाइयो भने त्यसलाई पनि उपलब्धी नै मान्नु पर्ने हुन्छ ।  

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif