Thursday, 23 May, 2019    |    २०७६ जेष्ठ ९ गते , विहीवार

लोकतन्त्रको यो दुर्दशा


२०७६ बैशाख २४ गते , मंगलवार प्रकाशित

 
इन्द्रनारायण सुबेदी        

चेली लुटे लुटिन्छन् खोल्दैन लोकतन्त्र ।
अन्यायमाथि धावा बोल्दैन लोकतन्त्र ।
सत्पात्रमाथि गोली ठोक्दैछ लोकतन्त्र । 
खोजेर चोर डाका बोक्दैछ लोकतन्त्र ।१।  


लुट्ने लुटेर खान्छन् छेक्दैन लोकतन्त्र ।
निर्धा मरेर जान्छन् देख्दैन लोकतन्त्र ।
संकीर्ण स्वार्थ भित्रै रम्दैछ लोकतन्त्र । 
झन भ्रष्ट भ्रष्ट बन्दै जम्दैछ लोकतन्त्र ।२। 


मान्छे चुसेर जिउदै फ्याँक्दैछ लोकतन्त्र । 
बिद्रोह गर्छ जसले ङ्याक्दैछ लोकतन्त्र ।
उत्पात क्रान्तिकारी भन्दैछ लोकतन्त्र ।
खुङखार राष्ट्रघाती बन्दैछ लोकतन्त्र ।३।  


दर्बार भित्र भित्रै बढ्दैछ लोकतन्त्र ।
खोटो बनेर आफै सड्दैछ लोकतन्त्र । 
भोको छ पेट रित्तो खाइन्न लोकतन्त्र ।
सत्ता चढेर लुट्ने चाहिन्न लोकतन्त्र ।४।  

चुरेघाँटी, इलाम   

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif