Sunday, 21 July, 2019    |    २०७६ श्रावण ५ गते , आईतवार

आमाहरुलाई सलाम — जय मातृ भूमि


२०७६ बैशाख २१ गते , शनिवार प्रकाशित


–आलोक भारद्वाज


आज आमाको मुख हेर्ने दिन ! समाजको आधारभूत ईकाई परिवारप्रति आमाले पु¥याएको अतुलनीय योगदान र उत्तरदायित्वको स्मरण गर्दै आमाहरुको सम्मान गर्ने, सुस्वास्थ्य दीर्घायु तथा सुख समृद्धिको कामना गर्ने तथा देहाबसान भइसकेका आमाहरुलाई सम्झने  दिन अर्थात आमाको  मुख हेर्ने दिन हरेक बर्ष आउँछ र जान्छ  । मातृजाति अर्थात महिलाहरुको सम्मान गर्ने दिनको रुपमा पनि यस पर्वलाई लिन सकिन्छ । हाम्रो पुरानो मान्यतामा आमा, बुबा, गुरु र अतिथिलाई देवता सरह मान्र्नुपर्दछ र सम्मान गर्नुपर्दछ भन्ने धारणा पनि छ । त्यसमा पनि हाम्रो पूर्वीय दर्शनमा आमा र मातृभूमिलाई स्वर्गभन्दा पनि महान अर्थात ठूलो मानिन्छ 'Mother and motherland are greater than haven' पनि भन्ने गरिएको छ । यसलाई पूर्वीय शास्त्रामा : ‘जननी जन्म भूमिश्च स्वर्गादपि गरीयशी’ भनिएको छ । शास्त्रमा त अर्को के कुरा पनि भनिएको छ भने – ‘यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवता’ अर्थात जहाँ नारीको सम्मान हुन्छ, पूजा हुन्छ त्यहाँ देवताहरु पनि खुशी हुन्छन् । जनबोलीमा यो पर्वलाई आमाको मुख हेर्ने दिन भन्ने गरिएको छ । मुख हेर्ने भनेको केही न केही उपहार दिएर आमालाई प्रसन्न तुल्याउने या खुशी राख्ने दिन भन्ने यसको भावार्थ हो  । औसीको दिन यो पर्व पर्ने र मनाइने गरेकोले यसलाई माता तीर्थे औसी अर्थात (मदर पिल्ग्रिमेज) को रुपमा आमालाई तीर्थ र देवता सरह मानेर पनि दर्शन गर्ने, भेटघाट गर्न जाने दिनको रुपमा समेत यसलाई लिइने गरिएको छ । त्यसैले जसका आमाहरु छन् उनीहरुले आ–अफ्नाआमालाई नयाँ लुगाफाटो लगायतका उपहार दिने, फलफूल लगायत मीठा मीठा  पक्वान्न बनाएर खुवाउने चलन पनि हामीकहाँ प्रचलित छ । खाशगरी बिवाहित छोरीचेलीहरु यस दिन आफ्नी जन्म दिने आमाको मुख हेर्न कोशेली उपहार बोकेर माइत जाने चलन पनि ब्यापक छ । त्यसैले आमाको मुख हेर्ने दिनमा बजारमा मिठाई र फलफूलको ब्यापार पनि निकै बढ्दछ र बजार निकै चम्किन्छ ।  



आज परिबर्तन हुँदै गएको पारिवारिक बनावटको सन्दर्भमा समेत यो मातृ दिवसको सान्दर्भिकता र  यसको महत्व यस कारणले पनि अझ बढ्न गएको छ कि बृद्ध माता पितालाई बृद्धाश्रममा छोडेर या घरमै छोडेर छोराछोरीहरु बिदेशमा गएका हुन्छन् र माता पिताहरु परिवारबिहीन र एक्लो महसुश गर्नु पर्ने स्थिति बढ्दै गएको छ । कम्तिमा बर्षका एक पटकसम्म नै भए पनि आफ्ना सन्तानले भेटघाट गर्ने, सम्झने र सम्मान गर्ने दिन भएकोले यस दिनले आमा बुवाप्रतिको छोराछोरीको दायित्वको बोध पनि  गराउँदछ भने माता पिताको जीजीबिषालाई पनि ऊर्जा प्रदान गर्दछ ।   आमाको सम्मान गर्ने यो परम्परा हामीकहा मात्रै होइन बिश्वका बिभिन्न देशमा छ । ती देशहरुमा बिभिन्न किसिमले यो दिन मनाइने गरेको पाइन्छ । तर यसको अन्तरबस्तु भने आमाको सम्मान र आदर नै हो । कतिपय देशहरुमा ‘मदर डे’ मनाउनका लागि बिदा नै पनि दिने चलन छ । बिश्वका सबै महादेशका बिभिन्न देशहरुमा बिभिन्न किसिमले आमाको सम्मान र श्रद्धा गर्ने प्रचलन रहेका छन् । यस सन्दर्भमा उल्लेखै गर्ने हो भने चीन भारत, ग्रीस, इरान, जापान, मेक्सिको, बोलिभिया, थाइल्याण्ड, रुमानियाँ, अमेरिका, क्यानाड, बृटेन, आयरल्यण्ड भियतनाम सबैतिर आमा पर्व मनाउने चलन रहेको छ । मातृ पूजाको यो रीति यसरी ब्यापक रहेको प्रष्ट देख्न सकिन्छ ।



प्राचीन रोममा माताहरुलाई उपहार दिएर ’जूनो’ देवतालाई समर्पित यो दिन छुट्टीकासाथ मनाउने गरिन्थ्यो । यूरोपमा खाशगरी बृटेमा आइतबारका दिन आमालाई सम्मान गर्ने गरिन्छ र त्यस दिनलाई ’मदरिङ्ग सण्डे’ भन्ने गरिन्छ । यो मातृ दिवस कतिपय देशहरुमा आमालाई सम्मान दिएर आठ मार्चका दिन पनि मनाउने चलन छ, जुन दिन अन्तर्र्रााष्ट्रय श्रमिक महिला दिवस पर्दछ । अमेरिकामा ’मदर डे प्रोक्लामेशन’ सबैभन्दा पहिला जुलिया वार्ड होवेले गरेका थिए । उनले १८७० मा रचना गरेका ‘मदर डे प्रोक्लामेशन’मा अमेरिकी गृह युद्ध र फ्रान्को–प्रशियन युद्धमा भएका मारकाटमा जुन शान्तिबादी प्रतिकृया लेखिएको थियो त्यसमा महिलाहरुद्वारा समाजलाई नयाँ मोड दिने दायित्व मिल्ने कुरा उल्लेख थियो । अधिकांश देशहरुमा भने आधुनिकरुपमा यो मातृ दिवस मनाउन थालेको त्यत्ति धेरै भएको छैन । कतिपय देशमा स्वतन्त्रताको लडाई लडेका महिलाहरुको सम्मानमा पनि यो दिवस मनाइने प्रचलन चलाइको  छ ।   चीनमा पनि यो मातृ दिवस निकै लोकप्रिय हुँदै गएको र यस दिन गरीब आमाहरुको मद्दतका लागि उनीहरुको स्मरण र सम्मान गर्न छुट्टी दिने चलन पनि रहेको छ । त्यहाँ यसलाई बृद्ध बृद्धाको सम्मानको रुपमा मनाउने प्रचलन  रहेकोछ । यसरी चीनमा यसलाई ’मदर फेस्टिभल’ अर्थात माता पर्बको रुपमा मनाउने मान्यता दिइएको छ ।   निश्चय पनि माताहरुको सम्मान गर्नु आफैमा एउटा राम्रो परम्परा हुँदै हो । त्यसमा पनि आजको उपभोक्तबादी युगमा सबै कुरा बजारमुखी हुदै गएको स्थितिमा पारिबारिक तथा सामाजिक भावनात्मक सम्वन्धलाई जीवन्त राख्न र सामाजिक सह–भाव एव सद्भावलाई कायम राख्न यस्ता पर्वको महत्व अझ बढ्न जान्छ । यसमा कुनै रुढीवादीता छैन । कुनै अन्ध बिश्वासको कुरा पनि छैन । त्यसले  यो पर्व मानबीय छ । तर पनि यसलाई खाश धर्म र जाति बिशेषको कुरा बनाउन नखोजिएको भने छैन । त्यसले गर्दा यसको जुन गरीमा हो त्यो सीमित र संकुचित भएर जाने डर भने त्यत्तिकै छ । यस कुरामा भने राज्य, समाज र परिवार सबै र त्यसमा पनि सचेत र जागरुप यूवाहरुले बिशेष  ध्यान पु¥याउनु पर्ने आवश्यकता छ । यो असल परम्परलाई सही परिप्रेक्षमा अघि बढाउन र दीगो राख्न सके यसले  सकारात्मक परिणाम नै दिन्छ । 



आज महिला समुदायको हक अधिकारको स्थापनाको कुरा चलिरहेको बेलामा, महिलाहरु र बाल बालिकाहरुको रक्षा, सुरक्षा र सम्मान के कसरी अझ राम्ररी गर्न सकिन्छ त्यसमा ध्यान दिन सकियो र महिलाहरुको मातृत्वको सम्मान गर्न सकियो भने वास्तवमा परम्परादेखि चल्दै मानिदै आएको यो मातृपूजालाई केवल चल्दै आएको एउटा साँस्कतिक पर्वको रुपमा मात्रै होइन, आजको सामाजिक र राष्ट्रिय आवशकयता तथा निरन्तरताको रुपमा पनि यस दिनलाई सार्थक तुल्याउन सकिन्छ । बिगतका असल परम्पराहरुलाई आजको बदलिदो समाजिक आवशयकतासँग गाँसेर लान सकियो भने मात्र त्यो फलदायी र चीरस्थायी पनि हुन्छ । महिलाहरुलाई हेप्ने, दुत्कार्ने, पारिबारिक, सामाजिक हिंसा गर्ने र उनीहरुलाई पछि पार्ने तथा गरीब र कमजोर महिलाहरुलाई बोक्सी डायनी आदिको रुपमा अपहेलना र दुब्र्यवहार गर्ने जुन अमानबीय र गलत परम्परा हाम्रो समाजमा आज पर्यन्त बिद्यमान छ त्यसलाई चिर्न सकियो भने मात्र वास्तवमा आज हामीले मातृ जातिको सम्मान गरेको सही ठहरिने छ । अन्यथा हमी फेरि महिलाहरुलाई अर्थात् यो मातृ जातिलाई ‘शुद्र, गवार, ढोल, पशु, नारी । ये हैं ताडन के अधिकारी’ भन्ने गलत र अमानबीय परम्पराकै शिकार बनाउने छौं ।  यो बर्षको एक दिन निर्वाह गरिने ‘नक्कली प्रेम’ परम्परा बाहेक अरु केही हुने छैन । समाज, राज्य र सरोकारवालाहरु सबैले यो कुरामा भने बिशेष ध्यान दिनै पर्दछ । नत्र यो दिवस परम्पराबाट चलिआएको एउटा अन्ध बिश्वासयुक्त साँस्कृतिक परम्पराको बिधि पु¥याउने दिनकोरुपमा मात्र कायम रहन्छ र आजको परिवर्तित सन्दर्भमा जीवन्त रहन सत्तैmन । यो यथार्थ हो । त्यसैले चाड पर्व र परम्परालाई पनि समय अनुरुप प्रगतिशील रुपान्तरणको दिशामा ढाल्नु पर्दछ र यिनमा कतै  अन्ध बिश्वास र कुरीतिहरु तथा असान्दर्भिक र असामयिक कुराहरु रहेका छन् भने तिनलाई फाल्नु पर्दछ । हाम्रो जस्तो पछि परेको समाजमा यो आजको हरेक क्षेत्रको आवश्यकता बन्न गएको छ । यी सबै कुराको परिप्रेक्षमा मातृ दिवसलाई पनि मनन गरौ । जय मातृजाति, जय मातृभूमि !   

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif