Sunday, 21 July, 2019    |    २०७६ श्रावण ५ गते , आईतवार

अन्तर्राष्ट्रिय मई दिवस र आजको मजदुर आन्दोलन


२०७६ बैशाख १८ गते , बुधवार प्रकाशित



—लोकनारायण सुबेदी

  हरेक बर्ष १ मईका दिन बिश्वब्यापीरुपमा मजदूर दिवस मनाइन्छ । यसको पछाडि खाश कारण छ । वास्तवमा १९औ शताब्दीको नवौं दशकसम्म मजदुरले अत्यन्तै कम र अनिश्चित मजदुरीमा दिनको १६—१७ घण्टा काम गर्न अभिशप्त हुन पर्दथ्यो । सन् १८१० तरि बृटेनमा त्यहाँको सोशलिस्ट संगठन ‘न्यू लेनार्क’ले रबर्ट ओवेनको नेतृत्वमा अधिकतम १० घण्टा कामको नारा अघि सा¥यो । त्यसको ६–७ बर्ष पछि मात्रै ८ घण्टा काम भन्ने कुरामा जोड दिन शुरु गरिएको हो । त्यतिबेला नारा थियो — ८ घण्टा काम, ८ घण्टा मनोरञ्जन र ८ घण्टा आराम । त्यसको लागि संघर्ष अघि बढ्दै गए पनि १८४७ सम्म मजदुरको बाटो केवल यत्ति मात्र सहज बनेको थियो कि बेलायतका महिला तथा बाल मजदुरलाई अधिकतम् १० घण्टा काम गर्ने स्वीकृति मिलेको थियो । अष्टे«लियामा २१ अप्रिल १९५६ मा स्टोनमेन्शन र मेलबोर्नको वरीपरीका बिल्डिङ्ग कर्मचारीहरुले ८ घण्टा कामको मागलाई लिएर हडतार गरे भने मेलबोर्न बिश्वबिद्यालयदेखि संसद भवनसम्म प्रदर्शन पनि गरेका थिए ।अनि १८६६ मा जेनेभा कन्भेन्सनमा ‘इण्टरनेशनल वर्किङ्ग म्यान एसोशिएनले पनि यसै हितलाई लिएर आफ्नो आवाज बुलन्द गरेको थियो । तर निर्णायक घडी १ मई १८८६ का दिन आयो जब अमेरिकाको शिकागोमा हडताली मजदुरहरुले बिराट प्रदर्शन गरे भने त्यहाँको पुलिस, नेशनल गार्ड र घोडामा सवारी चलाउने सुरक्षाकर्मी दस्ताले त्यो मजदुर प्रदर्शनमाथि यसरी निर्मम किसिमले उत्रिए कि शिकागोको भूमि रक्त रञ्जित भयो । ७ जना मजदुरहरु मारिए । उनीहरुको रक्तरञ्जित मृत्युले ‘लाल’ भएको त्यो भूमिमा शहीद भएका मजदुरहरुको सम्झनामा शोषण र अपमान बिरोधी संघर्षको त्यो असल परम्परालाई अघि बढाउनका लागि हरेक बर्ष मई १ लाई स्मरण गरिन्छ ।

यस हिसावले यो मई १  एक ऐतिहासिक र संघर्षशील दिन — श्रमलाई पूँजीको सत्ताबाट मुक्ति दिलाउने, श्रम र मानको गरीमालाई पुनस्र्थापित गर्ने र शोषणका बिरुद्ध श्रमजीबी जनताको चेतना जगाउने दिन हो भन्ने कुरा एकदमै प्रष्ट छ । यसमा जगमा कार्ल माक्र्स र फेडरिख एंगेल्सको त्यो दर्शन रहेको छ जसमा श्रमलाई मानब समाजको मूल प्रेरणा तथा सञ्चालक शक्तिका रुपमा प्रतिष्ठित गरिएको छ र त्यसको ब्यक्तिगत स्वरुपका साटो सामाजिक स्वरुपमा बिशेष जोड दिइएको छ । 
तर आज भूमण्डलीकारणको जामा पहिरिएर आएको नब औपनिवेशिक नीतिले ‘‘सफलतापूर्र्वक’’ २५ बर्षभन्दा बढी समय बिताइसकेको स्थितिमा बिभिन्न देशका कतिपय मानिसहरु के भन्ने गर्दछन् भने अब मजदुरहरुको पुरानो कौशल बेकार साबित भइसकेका छन्, न अब उनीहरु श्रमिक रहे, न त्यो श्रमिक एकता । अनि कथित बढी दक्ष र कौशल मजदुरहरुको एउटा हिस्सा आफ्नो नीजी उपलब्धी तथा महत्वाकांक्षा फेरामा परेर योग्यता र प्रतिस्पद्र्धाको नाममा मजदुर आन्दोलनको मूल्यप्रति नै गद्दारी गर्न आँखा चिम्लेर लागेको छ भने यो मई दिवसको महत्व नै के रह्यो र ? भन्ने प्रश्न पनि खडा गरिएको छ ।

हुन पनि आज मूलतः जब कार्ल माक्र्सले ‘संसारका मजदुर एक होऊ’ भन्ने नाराका बिरुद्ध उन्मत्त पूँजी बिश्वमा कही पनि उपलब्ध सस्तो श्रमको शोषणको नयाँ इतिहास रच्न अन्ध किसिमले लागेको छ र बिश्व ब्यांक, अन्तर्राष्ट्रिय मुद्राकोष तथा बिश्व ब्यापार संगठनको बढ्दो दबाबका बीच अनेकौं पिछडिएका देशहरुमा ‘चुनिएर आउने गरेका’ सरकारहरु पनि तिनकै बाटोमा हिडिरहेका छन् । यो आजको ज्वलन्त र कटु बास्तबिकता हो । 

यस ऐनामा हेर्दा मजदुर आन्दोलन र यसको नेतृत्वको आजको समझदारी तथा रणनीतिक एवं सांगठनिक कौशलमाथि प्रश्न उठाउने स्थिति पनि खडा हुन्छ नै । तर के यस एउटा पराजयले अब मजदुर बर्गका दिन गए, अब उनीहरुको आन्दोनलको प्रासांगिकता रहेन, समाप्त भइसक्यो भनेर निचोड निकाल्न मिल्छ ? बिल्कुलै मिल्दैन । किनभने आज पनि न बर्ग संघर्षको इतिहास बद्लेको छ, न श्रम, उत्पादन र पूँजीको मूल सम्वन्ध नै बद्लेको छ । हो, आज मजदुर बर्गलाई अनेक धारामा बिभाजित तुल्याएर उनीहरुलाई नयाँ नयाँ अन्याय, अत्याचार र असुरक्षाको हातमा सुम्पिने काम भइरहेको छ । यो सत्य हो । यस स्थितिमा प्रगतिशील क्रान्तिकारी मजदुर आन्दोलनको सचेततापूर्वक र गम्भीरताकासाथ पहल गर्नु पहिले कहिल्यैभन्दा अझ  आवश्यक जिम्मेवारी बन्न गएको छ ।

के पनि बुझ्नु अत्यावश्यक छ भने मजदुर आन्दोलनले  लगातार गल्तीहरु गर्दै समाजबादी बिचार, दर्शन र अपेक्षालाई यत्तिका धेरै निराश तुल्याउने थिएन, जस अन्तरगत के सम्झिएको थियो भने मजदुर बर्गले नै क्रान्तिकारी समाजिक परिवर्तनलाई नेतृत्व गर्ने हिराबल दस्ताकोरुपमा काम गर्नेछ,  तर त्यस अनुरुपको क्रान्तिकारी संरचना र गतिबिधिहरुको बिकास गरिएन, भएन, त्यसो गरिएको भए  शायद यस्तो  नाजुक स्थितिमा यो आन्दोलन पुग्ने थिएन  । आजको ठूलो र गम्भीर चुनौति  यो नाजुक स्थितिलाई बदलेर सबल तुल्याउनु छ भने मजदुर बर्गले आफ्ना पुराना गल्तीहरुलाई दोहोरिन दिनु हुन्न । यसबाट बचेर मजदुर संगठनले केवल आठ घण्टा कामको आर्थिक मागमा मात्र सीमित रहने होइन, तिनले चौबिसै घण्टा काम गर्न तयार र तत्पर यसकारणले रहनुपर्ने आवश्यकता बन्न गएको  छ कि साच्चै नै आमूल सामाजिक परिवर्तनको बहु आयामिक सक्रिय भूमिका मजदुर बर्गले बर्गकोरुपमा निभाउन सक्नु पर्ने छ । अनि मात्र पूँजीको श्रममाथिको शोषण अन्त्य गर्ने बैज्ञानिक समाजबाद स्थापनाको आधार तयार गर्न पूँजीवादी भूमण्डलीकरणले दिएका चूनौतिहरुको सही किसिमले सामना गर्न मजदुर बर्गले सक्नेछ ।  

  हुन त आज बिश्वभरी नै यो मजदुर बर्ग ठूलो संघर्ष गरेर हासिल गरेका समाजिक सुरक्षाका अधिकारहरु नै गुमाएर मजदुरहरु बर्खास्त र छटनीमा पर्ने, हायर एण्ड फायरको शिकार हुने, ठेक्कामा काम गर्न बाध्य हुने या बेरोजगार भएर  रहने या कामको खोजीमा बिदेशतिर भौतारिने स्थितिबाट गुज्रिन बाध्य बनिरहेको छ । यस स्थितिमा पूँजीको निरंकूशता एकतर्फीरुपमा भूमण्डलीकरणकोरुपमा अझ बढेको छ र मजदुर बिरोधी घातक प्रचारको साहरामा शोषणका दाह«ा नंग्रा अझ ब्यापकरुपमा चलाउदै र गहिरो बनाउदै ‘अरु कुनै बिकल्प छैन’ भन्ने एकतर्फी भूmटो चारकासाथ शोषणको बाटोमा जबर्जस्त  लागिरहेको छ । श्रमको भूमण्डलीकरणको कुनै चर्चासम्म पनि आज छैन !
निश्चय नै आज पूँजीले जस्तै श्रमले पनि बिश्वब्यापीरुपमा निर्बाध आवात जावत गर्न पाउँनु पर्दछ । यसको माग गर्नु आज बिश्वभरीका मजदुरहरुको प्रमुख कार्य दिशा हो र यो माग गर्ने सही समय पनि यही नै हो । पूँजीको भूमण्डलीकरणको प्रबर्तक अमेरिकासम्मको मन अब आफ्ना अन्तरबिरोधकै कारणले सही, त्यसबाट दिग्दारीको स्थितिमा पुगेको देखिन्छ । त्यसैले उसले ‘अमेरिका फस्र्ट’को नारा दिन बाध्य बनेको छ । अमेरिकाद्वारा अमेरिकीहरुलाई नयाँ संरक्षणबाद अपनाउनुको पछाडि अमेरिका एकाएक फर्किएर आएको उसको कथित राष्ट्रबाद मात्र होइन, श्रमको भूमण्डलीकरणको स्थिति बन्दै गएको देखेर डराएको कारण यसमा अन्तरनिहीत छ । अमेरिका बिरुद्ध अहिले प्रश्न उठिरहेको छ कि ठूलो पूँजीको बिश्वभरी निर्बाध प्रबाहका लागि राष्ट्र र राज्यहरुको सीमा र सत्ताको अनेक किसिमले जथाभावी अतिक्रमण पछि श्रमलाई बिश्वब्यापी र निर्बाध हुनबाट रोक्ने लडाई यो कथित नयाँ संरक्षणबादमा लपेटिएको ‘पुरानो नाराको हतियार’ले अमेरिकाले कसरी जित्ला ? यो प्रश्न पनि गम्भीर छ । १३०औ अन्तर्राष्ट्रिय मई दिवसको सन्दर्भमा अर्थबाद र अवसरबादको जीर्ण रोगबाट मजदुर आन्दोलनलाई मुक्त गरेर बद्लिदो बिश्व परिवेशको परिप्रेक्षमा यो आन्दोलनलाई अग्रगति दिन यो दिनले प्रेरणा देओस् !  

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif