Thursday, 23 May, 2019    |    २०७६ जेष्ठ ९ गते , विहीवार

इमबार्क नेपालद्वारा बालबालिकालाई शैक्षिक सामाग्री प्रदान


२०७६ बैशाख ९ गते , सोमवार प्रकाशित

 शहबाज खान


कपिलवस्तु/नयाँ वर्षको शुभकामना दिदै र गौतम बुद्ध को महाबाणी "दु:ख छ,दु:ख को कारण छ र त्यसको निवारण पनि छ" भन्ने स्मरण गर्दै गौतम बुद्ध जन्मेको पुण्य भूमि कपिलवस्तुको विजयनगर गाउपालिका वडा ४ को त्रिपालनगरमा इमबार्क इन्टरनेशनल नेपाल कम्पनीले पूर्व प्राथमिकदेखि कक्षा १ सम्मका बाल बालिकालाई शैक्षिक समाग्री सप्रेम भेट स्वारुप प्रदान गरेको छ।उक्त कार्यक्रमको अध्यक्षता सूर्य बहादूर बिकले गरेका थिए।

कम्पनीका संचालक मिर्जा रासिद बेगले आफ्नो दुई शब्द  मन्तब्य राख्ने क्रममा भने कि बाल बालिका भोलीका देशका भबिष्य हुन र यिनीहरुले पढाइका साथ साथै मान्सिक समाजिक शम्बेगातमक विकाष गराउनु हरेक अभिभावक र शिक्षा संग सम्बन्धित सबै सरोकार वाला हरु को दाइत्व हो। मन्तब्य राख्दैक्रममा नेकपाका प्रदेश सदस्य मिर्जा अरसद बेगले इमबार्क इन्टरनेशनल नेपाल कम्पनीका संचालक र उपस्थित सबै अभिभावक दिदी बहिनीहरुलाइ धन्यवाद र नया बर्ष २०७६ को शचभकामना दिदै भने कि उक्त कम्पनीले कलिला बाल बालिकालाइ वितरण गरेको शैक्षिक समाग्री सराहनीय रहेको र बालबालिकाको चाहनानुसार नै अभिभावकले शिक्षामा लगानी लगाउनु पर्ने खाचो रहेको छ।   यदि कम्पनीले दुइ रुपयाको कमाइ गर्छ भने त्यो दुइ रुपयाको ५० पैसा.गरिब पिडित शिक्षा को पहुचबाट दूर रहेको बालबालिका हरु शिक्षा को लागि लगानि गरि रहेको बताए। कार्यक्रमका उदघोषक समाज सेवी युवा नेता लोकेश थापा ले गरेका थिए ।  

कार्यक्रम स्थलमा स्थानिए पूर्व शिक्षक शान्ति रोका,शिक्षक अजय राना,कम्पनी का मार्केटिंग म्मानेजर विनय कुमार जैन,चिफ इन्जिनीयर स्वराज सिंह,म्यानेजर मनीराम,विजयनगर गाउपालिका युवा संघ नेपाल का.सदस्य रमेश कुमार थापा लगायत स्थानिय भिभावक,शिक्षाप्रेमी,समाजसेवी,बुद्धाजिवी,पत्रकारहरु को उपस्थिती थियो।

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif