Thursday, 23 May, 2019    |    २०७६ जेष्ठ ९ गते , विहीवार

प्राकृतिक प्रकोपले क्षति, पीडितलाई राहतको लागि सांसदको ध्यानाकर्षण


२०७६ बैशाख ७ गते , शनिवार प्रकाशित


          सीताराम थापा     

                                                  गण्डकी प्रदेश पोखरामा  बाग्लुङका प्रदेश सांसदहरुले बाढी र असिनाबाट पीडित त्यहाँका जनताहरुलाई तत्कालै राहतको व्यवस्थापन गर्न सरकारलाई गंभीर  ध्यानाकर्षण गराएका छन् । संसदको विशेष समयमा बोल्दै सांसद कोपिला बोहोराले पीडितहरुलाई तत्काल प्रदेश सरकारले राहत उपलब्ध गराउन माग गरिन् ।
  विशेष समयमा बोल्दै अर्का सांसद चन्द्र बहादुर बुढा, सागरले करोडौँको क्षति पुगेको हुँदा प्रदेश सरकारले जनतामाझ आफ्नो उपस्थिति देखाउन विशेष  आग्रह गरे । ‘बाढी र असिना–पानीले कैयन परिवार दुखित् र मर्र्मा्हित बनेका छन् करौडौँको क्षति पुगेको छ, स्वास्थ्यचौकी, विद्यालय लगायत घरहरुमा बाढी पसेको छ, म आग्रह गर्दछु, प्रदेश सरकारले जनताको दुःखमा मल्हम लगाओस्’ – उनले भने। 
    उनले यसअघि नै मुख्यमन्त्रीलाई ध्यानाकर्षण पत्र समेत बुझाईएको बताएका छन।
  गत चैत २२ को असिना पानीले काठेखोला गाउँपालिका–३ धम्जा, ४ तंग्राम, ५ र ६ बिहुँमा गहुँ, जौ सखाप भएको थियो । स्थानीयका अनुसार काट्न ठिक्क भएको गहुँबाली, चैते मकै लगाएतका बालीनाली असिनाले धेरै नष्ट गरेको थियो ।   धम्जाको ओखले र असौजेमा भर्खर उम्रेका आलुका बेर्नामा पूर्ण क्षति पुगेको छ ।   यस्तै, नयाँ वर्षको दिन गलकोटमा भिषण वर्षापश्चात आएको बाढीका कारण ५ करोड बराबरको क्षति भएको थियो ।            त्यस्तै, ३ सय रोपनी खेतीयोग्य जमिनमा बाढी पस्दा खेती नष्ट भएको थियो । बाढीकै कारण २ दर्जन घर विस्थापित भएका थिए । यसै गरि सिँचाई, खानेपानीमा पनि क्षति पुगेको थियो ।

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif