Thursday, 19 September, 2019    |    २०७६ आश्विन २ गते , विहीवार

वैदेशिक रोजगारीमा जाने घटे, रेमिट्यान्समा भने वृद्धि


२०७६ बैशाख ४ गते , बुधवार प्रकाशित

वैदेशिक रोजगारीका लागि विदेशिने कामदारको सङ्ख्या घटेको भएपनि मुलुकमा भित्रिने रेमिटेन्समा भने केहि वृद्धि भएको छ । 

नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको चालु आव पहिलो आठ महिनाको आर्थिक तथा वित्तीय तथ्यांकले चालु आवको आठ महिनामा नेपालले पाँच खर्ब ८२ अर्ब रुपियाँ रेमिटेन्सबापत प्राप्त गरेको देखाउँछ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा २३.४ प्रतिशतले बढी हो । 

तर अन्तिम श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या आठ महिनाको अवधिमा भने ३८.३ प्रतिशतले घटेको राष्ट्र बैङ्कले जनाएको छ । नेपालीको प्रमुख श्रम बजारमध्येको मलेसियाका लागि लामो समयदेखि भिसा प्रक्रिया रोकिँदा त्यहाँ जाने नेपालीको सङ्ख्या बढ्न सकेको थिएन । यद्यपि पुनः श्रम स्वीकृतिका आधारमा विदेशिनेको सङ्ख्या भने ४.६ प्रतिशतले बढेको उल्लेख छ । 

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif