Thursday, 23 May, 2019    |    २०७६ जेष्ठ ९ गते , विहीवार

चैते दशै मेला, बागलुङ बजार धौलागिरी जीत भो ७० हजार


२०७५ चैत्र २७ गते , बुधवार प्रकाशित

                          सीताराम थापा 
  बागलुङ जिल्ला, चैत्राष्टमी मेलाको अवसरमा परम्परादेखि  ऐेतिहांसिक बागलुङ कालिकामा भक्त जनहरुको घुईचो शनिबार देखि नै लाग्न थालेको छ। धार्मिक तथा पर्यटकीय मेलामा पर्यटकहरुको आगमन र सांस्कृतिक पहिचानलाई राष्ट्रिय देखि अन्तराष्ट्रिमा स्तरमा पुर्याउने लक्ष्य यसको रहेको छ। मेलाको अवसरमा १० तहको झांँकी प्रदर्शन गरिने र ७ लाख पर्यटक भित्रायाउने बागलुङ भगवती गुठिका अध्यक्ष राजु खड्काले बताए । 
            मेलाको पहिलो दिन ३ लाख ३८ हजार ३ सय ६० रुपैया संकलन भएको द्ध । मेलामा खुल्ला भलिबल, तारो खेल, भजन, नौमति बाजा, लोक दोहोरी छेलो लगायतका प्रतियोगिता आयोजना भईरहेको छन् ।   
 
             आयोजित  तारो खेल प्रतियोगिता सोमबार सम्पन्न भएको छ । नवरात्रको पहिलो दिन शनिवारदेखि शुरु भएको प्रतियोगितामा धौलागिरी आर्चरी क्लब बी समूहले प्रथम स्थान हासिल गरेको छ । क्लबबाट जितेन्द्र रोका, तेजिन्द्र जुकजाली, प्रबेश फगामी, प्रेम थापा, डानिपल रोका र पूर्ण तुलाचन सहभागी भएका थिए ।   
                                         
बिजेता क्लबले नगद ५० हजार, उप बिजेताले २५ हजार तथा तेस्रो हुने टिमले १३ हजार र ट्फी प्राप्त गरेको छ ।   यसै गरी धौलागिरी आर्चरी क्लबको ए समूह उप बिजेता बनेको छ । समूहमा कुमार शेरपुन्जा, दनु पुन, चचन फगामी, भरत रोका, सन्तोष रोका, महेन्द्र गुरुङ रहेका थिए ।   तेस्रो स्थान प्राप्त गरेको रिभर साइड आर्चरी क्लबमा पूर्ण थापा, नारायण गडबुजा, इश्वर पुन मगर, दुर्गा पुन मगर, दम पुन मगर तथा गोपाल गुरुङ रहेका थिए ।
प्रतियोगितामा धौलागिरी आर्चरी क्लब बी का डानियल रोका उत्कृष्ठ खेलाडी घोषित भएका छन प्रतियोगिता अवधिभर धेरै खोल हान्न सफल भएका थिए ।   प्रतियोगिताका विजेता तथा उप बिजेतालाई जिल्ला समान्वय समितिका प्रमुख राजेन्द्र ढुङगानाले नगद पुरस्कार, ट्फी, मेडल तथा प्रमाण पत्र बितरण गरेका थिए।                         
यसरी नै भजन प्रतियोगितामा  जैमिनी नगरपालिका  कुश्मिशेरा संंकीर्तन समूह प्रथम भएर ५१ हजार नगद प्राप्त गरेको छ।            यसै गरी  राष्ट्रिय लोक भजन चुट्का संरक्षण समिति कास्की दोश्रो अमर माबि बिहु भजन समूह तेश्रो र सान्त्वना पन्चासे भजन समूह कास्की भए ।  खेलमा भलिबल प्रतियोगिता भब्यताको साथ हुने भएको छ। 
                                                                                            यस्ता मेला लाई अझ प्रभाबकारी बनाउन आकर्षण थप गरी पर्यटकिय आगन्तुक बढाउन अन्तरक्रिया र सुझाब लिएमा झनै सुन्दर हुने नागरिक अभियान्ता सीताराम थापाको विश्लेषण रहेको छ।  

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif