Monday, 26 August, 2019    |    २०७६ भाद्र ९ गते , सोमवार

नयां बर्षमा बागलुङ्गमा ३० गते ‘किङ फिसर शुभकामना साँझ’


२०७५ चैत्र २५ गते , सोमवार प्रकाशित

        सीताराम थापा

  बागलुङ जिल्ला को बजारमा नेपाली  नयाँ वर्ष २०७६ को पूर्व सन्ध्यामा “पर्यटन वर्ष २०२० लाई भव्य रुपमा सफल पारौं, आन्तरिक पर्यटन प्रवर्द्धन गरौं” भन्ने मूल नाराका साथ चैत्र ३० गते बागलुङ जेसीजले ‘किङ फिसर शुभकामना साँझ’को आयोजना हुने भएको छ । कार्यक्रम किङ फिसर बियरको मूख्य प्रायोजन रहने छ। कार्यक्रमको  बागलुङ उद्योग वाणिज्य संघ र जीवित नेपाल  सहयोगी संस्थाको रुपका रहेका छन् ।


    कार्यक्रममा चर्चित गायक संजय श्रेष्ठ,जेम्स प्रधान, भीम तुलाधार, संजय किशोर श्रेष्ठ, रवि रिमाल, सचिन रौनियार, जितेन लेप्चे रहने छन। सांझमा द स्काई व्याण्ड, ठिजे सेत टोईला,  गोधुली व्याण्ड, जिभित व्याण्ड  लगायतका  कलाकार र सांगितिक ब्याण्ड हरुको लाइभ कन्सर्ट रहने जेसिज बागलुङका अध्यक्ष एन्जिल शाक्यले जानकारी दिए ।जेसीज नयाँ वर्षको शुभकामना साँझ श्रीनगर टोलमा साँझ ४ बजे शुरु हुने बागलुङ जेसीजको महासचिव सौरव श्रेष्ठले बताएका छन् ।
  उक्त कार्यक्रम नयाँ वर्षलाई स्वागत गरेर समापन हुनेछ ।कार्यक्रम स्थलमा विभिन्न खानाको स्टलहरु समेत व्यवस्था गरिएको बागलुङ जेसीजको पुर्व अध्यक्ष सुदिप राजभण्डारीले जानकारी दिए।युवाको व्यक्तित्व विकास ,पर्यटन प्रवद्र्धन र सामाजिक विकासमा नवयुवाहरुको नेतृत्व गरिरहेको बागलुङ जेसीजले रचनात्मक कार्यहरु गर्दै आइरहेको र नयाँ वर्षको साँस्कृतिक साँझमा जम्मा भएको रकमबाट सामाजिक  कार्य  गरिने कार्यक्रम संयोजक सुजन सापकोटा बताउछन् ।                 

 चैते दशै मेला चलिरहेको बागलुङमा अंङ्गेजी नयां बर्षमा पनि विशेष साँंझले पर्यटकलाई आकर्षण गरिएको थियो ।  

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif