Monday, 26 August, 2019    |    २०७६ भाद्र ९ गते , सोमवार

नबोदित कबियत्री सिर्जना शर्माको सम्मान


२०७५ चैत्र २४ गते , आईतवार प्रकाशित

  नबोदित कबियती सिर्जना  बिहान शब्द-रहर साहित्य अभियानले आयोजना गरेको सिर्जना बाचन कार्यक्रममा देश र जनताले भोगेका पीडा र आर्तनादहरुलाई कबिताबद्ध गरेर बाचन गर्दै थिइन दीप ज्यौति बोर्डिङ्ग स्कूलको प्रेक्षालयमा । पानी झमझ परिरहेको थियो । बिहानै बेलुकाको जस्तो अध्यारो छाइरहेको थियो । मानिसहरुलाई हावा हुरीको डर थियो । किनभने बारा, पर्सा र रौतहटमा ‘टोर्नाडा’ जस्तै आँधी आएर हजारौ मानिसलाई बिचल्ली बनाएको थियो चैत्र १७ गते साझ । झण्डै तीन दर्जन जति नेपाली दिदी बहिनी ताथ दाजु भाइहरु र चार भारतीय नागरिकहरु पनि अकालमै काल कलबित भइसकेका थिए । दिउसो उनै रुकुमेली कबियत्री सिर्जना दाङमा श्रष्टा सम्मान कार्यक्रमबाट सम्मानित पनि भएकी थिइन् ।  कबियत्र सिर्जनाले हावाहुरी पीडित तराईका बन्धुबान्धबहरुप्रति समर्पित आफ्नो रचना सुनाउँदै थिइन्  अतिथि कबिको रुपमा  यसरी :

 बिपत्मा छ पर्सा बिपत्माछ बारा
कसोरी सम्म्हालू म यी अश्रुधारा 
लियो ज्यान पापी हुरीले अनेकौं 
बनी धैर्यशाली जुटौ आज सारा 

  यो भाबुक र कारुणिक यथार्थ उनले सस्वर पस्किदै गर्दा प्रेक्षालयमा उपस्थित साहित्यकारहरु र साहित्यानुरागीहरुको मन स्तब्ध र उद्वेलित भएको थियो । उनले देशले भोगेको र त्यसको असरले अहिले पनि न छोडेको अर्को एउटा सुन्दर कबिता बाचन गरिन्  :

कयौं छन् कयौं छन् यहाँ जालझेल
सधैं क्रान्ति मात्रै कतै छैन मेल !
बताउन साथी ! छ के यो रहस्य
युगौदेखि बग्दै छ यो रक्त भेल ।  

अरु पनि यस्तै एक दर्जन जति बिबिधतायुक्त कबिताहरु उनले सुमधुर स्वरमा बाचन गरेर प्रेक्षालयमा एउटा प्रभाब छोडिन् । छन्दोद्धदेखि मुक्त छन्दसम्म गजलदेखि मुक्तकसम्मका बिबिधताले भरिएका थिए ती सिर्जनाका सिर्जनाहरु । शानिबार आयोजना गरिने त्यस नियमति कबिता बाचन समारोहमा अरु कबिहरु — राजकुमार पुत्ला, बिनोद खत्री ‘आकाश’ रुकेश रुस, सुजिता पौडेल,बिनु पोखरेल, महेश्वरप्रसाद दाहाल, तीर्थराज लुइटेल, धरणीधर गुरागाई, तारा केसी समेत करीब डेढ दर्शन स्रष्टाहरुले आ–आफ्ना कबिता बाचन गरेका थिए । 


  कार्यक्रममा साहित्यकार माधब घिमिरे ‘अटल’ले कबियत्री सिर्जनाको कबिता शिल्प र जीवनका बिबिध आयाम बारे प्रकाश पारेका थिए भने अतिथिकारुपमा आमन्त्रित दीपज्योति प्राध्यापक प्रचार्य उपेन्द्र नरसिंह अधिकारीले शब्दरहर साहित्यिक अभियानले निरन्तरता पाइरहोस् भन्ने शुभकामना दिएका थिए । कार्यक्रमको प्रभाबकारी प्रस्तोता रहेका थिए साहित्यकार उत्तम बिचार । अनि अतिथि कबियत्री सिर्जनालाई कबियत्री भैरबीले खादा पहिराएकी थिइन् । समग्रमा त्यस दिनको शब्द रहर अबिस्मरणीय रहेको थियो ।    

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif