Monday, 26 August, 2019    |    २०७६ भाद्र ९ गते , सोमवार

प्रलेस संसदबाट समाजबाद ल्याउनेहरुकै पोल्टामा रहन पुग्यो


२०७५ चैत्र २३ गते , शनिवार प्रकाशित

  प्रगतिशील लेखक संघको ११औं अधिवेशनमा पुनः यो श्रष्टाहरुको संघ बिभाजित हुन पुगेको छ । यसले गर्दा सत्तामा रहेको डबल नेकपासँग सहमति जनाउने बाहेक अरु कुनै बाम घटक यसमा अटाउन सकेनन् । एकताका लागि बरु सम्मेलन नै केही समका लागि स्थगित गरेरै भए पनि अन्तिम  प्रयत्न गर्ने प्रस्ताबलाई मान्ने भन्दा नमान्नेहरुको बर्चश्व देखिए पछि अन्ततः यसले फूटकै बीच संसदबादीहरुको एक पक्षीय सम्मेलन गरेर अधिवेशन सम्पन्न गरेको छ ।    अधिबेशनल श्रष्टा जीबेन्द्र गिरीको अध्यक्षतामा ४५ सदस्यीय नयाँ केन्द्रिय समित चयन गरेको छ । त्यसमा उपाध्यक्ष द्वय गोपिरमण उपाध्याय र सुशिला प्रधानाङ्ग, महासचिव समर सिंह,उपमहासचिवमा आरसी न्यौपाने, सचिव द्वयमा प्रकाश थापा र बाबुराम आचार्य तथा कोषाध्यक्षमा धु्रर्ब घिमिरेको चयन भएको जनाइएको छ ।

   यो केन्द्रिय समितिका ६ जना र राष्ट्रिय परिषदमा केही दर्शन सीट एकताका लागि खाली राखिएको जनाइएको छ 
अधिबेशनलाई शुभकामना दिदै नेपाल कम्युनिष्ट पार्टीका सह संयोजक लोकनारायण सुबेदीले असमझदारीलाई बुझ्नु नै सफलता हो भन्ने अग्रेजी उक्तिलाई दर्शादै प्रलेस भित्रको बिबाद सल्टाएर एकताबद्ध भएर जानु नै बर्तमान सन्दर्भमा बुद्धिमानी हुन्छ भन्ने कुरा औल्याउदै  सत्तामा रहेको कम्युनिष्ट पार्टीले सडकमा रहेको कम्युनिष्ट पार्टीलाई प्रतिबन्ध लगाउनु बिडम्बनापूर्ण कुरा हो भन्ने धारणा राखेका थिए । उनले प्रलेसले बर्गीय शोषण र सामाजिक उत्पीडनका बिरुद्ध कदम चलाउन सकेको छ कि छैन मजदुर, किसान, महिला, यूवा बिद्यार्थी जनजाति, आधिबासी, मधेशी सीमान्तिकृत र लोपोन्मुख समुदायलाई उठाउन, जगाउन र अघि बढाउन खोजेको छ कि छैन त्यसै कसीबाट ययको मूल्यांकन हुन्छ भनेका थिए । उनले प्रलेसल बिगतमा के के गल्तीहरु भए आत्मसमीक्षा गरेर सही दिशामा अघि बढ्नसकोस् भन्ने शुभकामना दिएका थिए । 

कार्यक्रममा उपस्थित सबैलाई धन्यबाद दिदै प्रलेसका निबर्तमान कोषाध्यक्ष कृष्णहरि भट्टले प्रलेसको एकता आजको आबश्यकता हो । आबश्यक पर्दछ भने सम्मेलनलाई स्थगित गर्ने हदसम्म गएर पनि एकताको खोजी गर्नु यो सम्मेलनको सार्थक सफलता हुने कुरामा जोड दिएका थिए । त्यसो हुन नसकेमा यो अधिवेशन एकपक्षीय हुने र यसलाई बामपन्थीहरुको साझा संगठन मान्न नसकिने स्थिति उत्पन्न हुने तथा त्यहाँ बसिरहनुको औचित्य नरहने कुरा प्रष्ट पार्दै आफ्नो घटक प्रलेसमा रहन नसक्ने संकेत दिएका थिए  ।
    साहित्यकार तथा नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले उद्घाटन गरेको त्यो  समारोहमा उनले नेकपा बिप्लब समूहलाई प्रतिबन्ध लगाएको होइन, हत्या हिंसाका कृयाकलापलाई मात्र प्रतिबन्ध लगाएका स्पष्टीकरण दिएका थिए । उनले अहिलेको अन्तरबिरोध उपरी ढाँचा आएको परिबर्तन र आधारमा परिवर्तन नआएको कारण उत्पनन भएको हो भनेका थिए । प्रज्ञा प्रतिष्ठानका उपकुलपति गंगा उपे्रती लगायत  अरु बोल्ने अधिकांश बक्ताले प्रलेसलाई एकताबद्ध तुल्याउन सुझाउदै त्यसका निमित्त सल्लाह दिएका थिए ।    प्रलेसको यो अधिवेशनले राष्ट्रिय अन्तर्राष्ट्रिय महत्वका के कस्ता जल्दा बल्दा प्रस्ताब राष्ट्रिय स्वाधीनता, जनतन्त्र र जन जीबिकाका सम्वन्धमा पारित गर्दछ त्यसले यसको भबिष्य सक्रिय हुने नहुने कुरा निर्धारण गर्दछ भन्ने टिप्पणीहरु भइरहेका छन् । 

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif