Thursday, 23 May, 2019    |    २०७६ जेष्ठ ९ गते , विहीवार

पर्वत र बागलुङमा माछापुच्छे बैंकको शाखा विस्तार


२०७५ चैत्र १४ गते , विहीवार प्रकाशित



   - सीताराम थापा   गण्डकी प्रदेशकाे पर्वत र बागलुङ जिल्लामा माछापुच्छे बैंकले पर्वतमा आफ्नो शाखा विस्तार गर्न लागेको छ ।  बागलुङ जिल्लामा  शाखारहित सेवा (एक्टेन्सन) विस्तार गर्ने योजना रहेको बैंकले जनाएको छ ।  बागलुङ शाखा प्रबन्धक विनोद त्रिपाठीका अनुसार बागलुङमा दुई ठाउँमा शाखा रहित सेवा विस्तार गर्ने गरी काम अगाडि बढेको जानकारी दिए ।   रेसमा बैंकले आफ्नो शाखारहित सेवा विस्तार गरेको छ । शाखा रहित सेवामा स्थानीयको आकर्षण बढेको र शाखा रहित सेवा संचालनमा आएको महिना दिनमा नै ४ सय भन्दा बढिको खाता खोल्ने काम भएको उनले बताएका छन। 
 
                                                                                         
बैंकप्रति जनताको आकर्षण बढ्दो देखियो त्यसैले जिल्लाको ग्रामिण क्षेत्रलाई लक्षित गरी हामीले अझ दुई ठाउँमा शाखारहित सेवा विस्तार गर्ने योजना रहेको उनले बताए तर कहाँ भन्ने कुरा उनले खुलाएनन् । बैंकले ग्रामिण क्षेत्रलाई लक्षित गरी आफ्नो शाखा विस्तार गर्ने योजनामा रहेको उनले बताए ।   बागलुङ जिल्लामा रहेका बैंकहरुमध्ये उक्त बैंक आफ्नै जग्गा र भवन सदरमुकाममा  रहेकाे  एक मात्र बैंक हो । अन्य सरकारी तथा गैरसरकारी बैंक भने भाडाका घरबाट संचालनमा आइरहेका छन ।
  यस बैक स्थायि भयर सेवा दिन सक्ने र बागलुङ नेपालकै रिमिट्यान्स बढि भएकाे जिल्ला भयकाेले यहाँ प्राईभेट बैकहरुकाे अाकर्षण बड्दाे रहेकाे अभियान्ता सीताराम थापाकाे बिष्लेषण छ।       Attachments area

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif