Tuesday, 25 June, 2019    |    २०७६ असार १० गते , मंगलवार

पठानको ब्याडमिण्टन स्टाडियम बनाउने प्रतिबद्धता


२०७५ चैत्र ५ गते , मंगलवार प्रकाशित

   
शहबाज खान 


कपिलवस्तुको कृष्णनगर नगरपालिका  वडा नं.२मा रहेको नेपाल.विद्युत प्राधिकरणको ग्राउन्डमा चैत्र १गते देखि इन्डो– नेपाल समाजिक मञ्चको आयोजनामा इन्डो नेपाल फ्रेन्डशीप बैडमिन्टन टूर्नामेन्ट चलेको र यसमा नेपाल र भारत का १४टीमको सहभागिता रहेका थियो ।   हिजो चैत्र ४ का दिन टूर्नामेन्ट को फाइनल खेल हिमालय टिमका क्याप्टन श्रावण कुमार र सागरमाथा टीमका क्याप्टन हरिकृष्ण केसीको बीचमा खेल भयो । दुबै टीमले आ आफ्नो बल प्रयोग गरे तर टूर्नामेन्टको उपाधि हिमालय टीमलाई प्राप्त भयो।

  उक्त टूर्नामेन्टलाई सफल बनाउन. इन्डो–नेपाल समाजिक मञ्चका अध्यक्ष अकरम पठानले आफ्नो पुरै समय र प्रयासका साथै नेपाल भारत दुबै देशको मित्रता सदैव कायम गर्न यो टूर्नामेन्ट र धेरै किसिमका कार्यक्रम दिन प्रति दिन गराउदै रहेका छन्।

    कार्यक्रममा बोल्दै पठानले कृष्णनगर मा बैडमिन्टन स्टेडियम बनाउनको लागि प्रतिवद्धता पनि जनाएका थिए ।यस प्रकारका कार्यक्रम गर्न गराउनको लागि क्षेत्रवासीहरुसंग निरन्तर सहकार्य र सहयोगको लागि अग्रह गर्दै आफ्नो दुई शब्द टुंग्याएका थिए ।  

यस कार्यक्रमका प्रमुख अतिथि कपिलवस्तुका प्रमुख जिल्लाधिकारी  अर्जुन पोखरेल,विशिष्ट अतिथि नेपाल प्रहरी कपिलवस्तु प्रमुख अच्यूतम प्रसाद पुडासैनी,कृष्णनगर भन्सार कार्यलय प्रमुख बिष्णु प्रसाद पौडेल,आन्तरिक राजस्व कार्यलय प्रमुख बुटवल पूर्ण न्यौपाने,मेजर श्याम थापा,राष्ट्रीय अनुसंधान शाखा कपिलवस्तु डिएसपी विनय चतुर्वेदी र अतिथि मा छिमेकी राष्ट्र भारत को बढनी बाजार थाना निरिक्षक राज प्रकाश चन्द्र मिर्जा राशिद बेग लगायत शिक्षा प्रेमी, बुद्धाजिवी,समाजसेवी,पत्रकार सुरक्षाकर्मीहरुको उपस्थिति थियो।
    प्रमुख अतिथि,विशिष्ट अतिथि र अतिथिहरु द्वारा खेलाडीहरुलाई  पुरस्कृत र सम्मानित पनि गरेको इण्डो–नेपाल समाजिक मञ्च का प्रवक्ता राहूल मोदनवालले बताएका थिए ।  

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif