Tuesday, 25 June, 2019    |    २०७६ असार १० गते , मंगलवार

पहिलो पटक एशियन यूथ एथ्लेटिक्समा यादबले दिलाए स्वर्ण पदक


२०७५ चैत्र ४ गते , सोमवार प्रकाशित

  काठमाडौं । हङकङमा भएको तेस्रो एसियन यूथ एथ्लेटिक्स च्याम्पियनसिपमा नेपालका अजितकुमार यादवले चैत्र ३ गते स्वर्ण पदक जितेका छन् ।

  यादबले तीन हजार मिटर दौड आठ मिनेट ३०.३२ सेकेण्डमा पूरा गर्दै  नेपाललाई यूथ एशियाली खेलकूदमा पहिलोपटक स्वर्ण पदक दिलाउन सफल भएका हुन् । यसरी उनले ४५ बर्ष पछि पहिलो पटक नेपाललाई पदक दिलाएका हुन् ।
     सशस्त्र प्रहरीको एपिएफ क्लबका खेलाडी अजितपछि दोस्रो स्थानमा रहेका भारतका अमित जंगिरले आठ मिनेट ३६.३४ सेकेण्डमा दूरी पूरा गरी रजत जितेका थिए ।
    त्यसैगरी आठ मिनेट ३८.६० सेकेण्डमा दूरी पूरा गरेका यमनका गामिल अल हमातीले कास्य पदक जित्न सफल भएको राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले जनाएको छ ।
    यस एशियन यूथ एथ्लेटिक्समा नेपाल, भारत, यमनसहित चीन, जापान, चाइनिज ताइपेइ, काजकिस्तान, इरान, दक्षिण कोरिया, हङकङ, सिङ्गापुर, मलेशिया, साउदी अरेबिया, थाइल्याण्ड, श्रीलङ्का, उज्वेकिस्तान, इण्डोनेसिया, ओमन, भूटान, जोर्डन, कीर्गिस्तान, कुवेत, लेवनान, मकाउ, माल्दिभ्स, फिलिपिन्स, भियतनाम, कतार र यमनका खेलाडी सहभागी रहेका छन् ।   

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif