Thursday, 23 May, 2019    |    २०७६ जेष्ठ ९ गते , विहीवार

मुलुकमा प्राङ्गारिक कृषिको सम्भावना प्रबल छ


२०७५ फाल्गुन २९ गते , बुधवार प्रकाशित

गोविन्द शर्मा, 
कार्यकारी अध्यक्ष, हसेरा

नेपालमा समग्र कृषि क्षेत्रको अवस्था के छ ? 

नेपाल कृषिप्रधान देश हो । तर केहि समयदेखि कृषिको अवस्था खस्कँदै गएको छ । दशवर्ष अगाडिसम्म मुलुकको कुल गार्हस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान ५० प्रतिशतभन्दा बढि थियो भने अहिले ३० प्रतिशतको हाराहारीमा झरेको छ । कृषिमा आधारित जनसंख्या ८० प्रतिशत भनिएपनि कृषिमा मात्रै पूर्ण आश्रित जनसंख्या २० देखि २२ प्रतिशतमा आइसकेको छ । मानिसहरु जमिन बाँझो छाडेर विदेश पलायन हुने र शहर जाने क्रम बढिरहेको छ । जसको कारण मुलुकले खाद्यान्न, फलफूल, तरकारी आयात गर्नुपर्ने अवस्था आएको छ । वर्षमा हामीले २४ अर्ब बराबरको खाद्य वस्तु मात्रै आयात गरिराखेको छौं । यसले गर्दा कृषिमा व्यापार घाटा दिनप्रतिदिन बढ्दै गएको छ । 
कृषिप्रतिको आकर्षण किन कम हुँदै गएको हो ? 

यसलाई हामीले २ वटा पाटोबाट हेर्नुपर्छ । आजभन्दा २०–२५ वर्ष अगाडिको अवस्थालाई हेर्ने हो भने कृषिलाई हामी व्यवसायिक रुपमा लिँदैन थियौं । यसलाई जिवीकोपार्जन वा निर्वाहमुखी पेशाको रुपमा मात्र लिइन्थ्यो । एक मेलापात सक्यो भने छोरा हुर्क्यो र रोपाइ गरी खान सकि भने छोरीले घर गरी खानेभइ भन्ने परिवेश थियो । तर पछिल्लो समयमा कृषिलाई व्यवसायिक दृष्टिकोणबाट हेर्न थालिएको छ । बढि भएको वस्तु बेच्ने र त्यसबाट नाफा कमाउने कुरा शुरु भएको छ । हामी भारत र चीन जस्ता ठूला देशको बीचमा छौं । र उनीहरुको कृषिको उत्पादनको क्षेत्रफल धेरै छ । हामी पहाडी परिवेशमा हुनु र उनीहरु समथर परिवेशमा हुँदा उनीहरुको उत्पादन हाम्रो तुलनामा सस्तो भइदियो । हाम्रै देशमा पनि पहाडको तुलनामा तराईमा उत्पादिन वस्तु सस्तो छ । अहिले पहाड र तराईको काउलीको मूल्य हे¥यो भने पहाडको काउली महँगो छ । भारतले हाम्रो भन्दा सस्तो मूल्यमा तरकारी तथा खाद्यान्न पठाउँछ । त्यहि वस्तु उत्पादन गर्नेतर्फ लाग्नु भन्दा अन्य व्यवसाय गरे थप मुनाफा आर्जन गर्न सक्छु भन्ने विश्लेषण मानिसहरुले गरिसकेपछि कृषिको सट्टा अन्य व्यवसाय गर्न शुरु गरे । यो कुरालाई विश्लेषण गरेर मानिसहरु कृषि बाहेकको पेशामा लागे । दोश्रो विश्व बजारमा आर्थिक क्रियाकलापको वृद्धि हुँदै जाँदा रोजगारीको अवसर खुले । ३०–३५ वर्ष अगाडिसम्म मानिसहरु रोजगारीका लागि गइहाले भने भारत जान्थे । अहिले संसारका हरेक कुनामा रोजगारीका अवसरहरु खुलेका छन् । ती ठाउँमा बढि आयआर्जन हुने भएकाले मानिसहरु वैदेशिक रोजगारीमा जान थालेका छन् । कृषि क्षेत्र बिग्रेको भन्दापनि कृषिको तुलनामा मानिसहरुले बढि प्रतिफल पाउने क्षेत्रहरु रोजेका हुन् । मानिसले सजिलैसँग जिवनयापन गर्न सक्छ भने किन गाह«ो काम गर्ने ? अर्कोतर्फ कृषिको क्षेत्रफललाई हेर्दा सबै मानिस कृषिमा लाग्नुपर्ने जरुरी पनि छैन । कुल जनसंख्याको १०–१५ प्रतिशत मानिसले कृषिमा काम गरे भने, अहिले कै जति उत्पादन हुन्छ र अनावश्यक श्रम यस क्षेत्रमा नलाग्दा प्रतिश्रम मूल्य बढि आर्जन गर्न सकिन्छ । व्यवसायिक रुपमा सोच्ने हो भने आर्थिक विश्लेषणको यो पाटो हामीले हेर्नै पर्छ । मानिसले कृषि पेशा छाडेर गए भनेर आत्तिनु पर्दैन । समग्र उत्पादन बढ्यो कि बढेन, त्यो पाटोलाई भने हामीले हेर्नुपर्छ । 
मुलुक कृषिमा आत्मनिर्भर बन्न सक्ने कुरा अब कत्तिको सम्भव छ त ?

मानिसहरुले कृषि पेशा छाड्दैमा कुनै पिर छैन । मेरो एक परिवार(कुप्राबा) बाट १६ परिवार भएका छौं । हिजो एक परिवारले जति जमिनमा खेती गरेका थिए अब त्यहि जमीनबाट हामी १६ परिवार बाँच्नुप¥यो । यसको मतलब १६ परिवार नै कृषिमा लागियो भेन कृषिले सबैलाई पाल्दैन । त्यसमध्ये कोही न कोहीले वैकल्पिक व्यवसाय गर्नुप¥यो । १६ मध्ये ८ परिवार कृषिमा छौं  र बाँकीले वैकल्पिक व्यवसायमा लाग्यौं । यो सामान्य आर्थिक सामाजिक नियम हो । जतिले कृषि गरिराख्नु भएको छ । त्यसबाट उत्पादन बढ्नुप¥यो । यो वास्तविकता हो । पहिलो कुरा हामी पहाडी परिवेश हुँदा माटो बग्ने समस्या एकदमै चर्को छ । वैशाख देखि भदौसम्म पानी पर्छ र माटो बग्छ । किसानले दुःख गरेर बनाएको मलिलो माटो जति बगेर जान्छ र हरेक समय त्यहि बन्जर जमिन बाँकी रहन्छ । माटो बग्न रोक्नै पर्छ । हामीले प्राङ्गारिक कि रासायनिक भन्नु भन्दा पनि माटो बग्न रोकियो कि रोकिएन भन्नेमा ध्यान जानु आवश्यक छ । हाम्रो कृषि नीतिमा त्यो पाटो परेकै छैन । दोश्रो, कुन ठाउँमा बाली लगाउने भन्ने किटान हुनुपर्छ । कुनै व्यक्ति नमूना वा अगुवा कृषक बन्ने होे, ५० हजार खर्चेर प्लाष्टिक टनेल बनाउनै प¥यो । ५०० प्याकेटको हाइब्रिड गोलभेँडा लगेर रोप्नै प¥यो । यति गर्ने मात्र अगुवा कृषक भइने चलन छ । मेरो ठाउँको रैथाने बाली कुन हो ? कुन चिज सजिलै हुर्कन्छ भन्ने तर्फ कसैको ध्यान गएन र राज्यको नीति पनि त्यस्तो बनेन । हाइब्रिड तरकारी खेती गर्नु मात्रै व्यवसायिक कृषि भन्ने बुझाई सबैमा भयो । कोही मानिस विदेश गयो वा शहर पस्यो, त्यसले केहि फरक पार्दैन । तर आफ्नो भूगोलमा नासपति, अनार, एभोकाडो, किबी, सुन्तला, ग्राउण्ड एप्पल, मौसम जे हुन्छ, त्यो लगाइदिए भयो नि । जमिनलाई तितेपातीको घारी बनाएर छोड्न त परेन । तितेपाती नै उम्रेछ भने पनि त्यसलाई नै औद्योगिकरण गर्न सकिन्छ । अहिले बजारमा तितेपातीको तेलको मुल्य राम्रो छ । हामीसँग जे उत्पादन हुन्छ त्यसलाई व्यवसायिकरण गर्नेतर्फ गएनौं । काउली, गोलभेडा, बन्दागोभी गरे कृषि हुने, त्यो भन्दा बाहेक गरे कृषि गरेको होइन भन्ने चलन छ । यसले गर्दा हामीले कृषिको परिभाषालाई नै दिग्भ्रमित गरिदियौं । कृषिको परिभाषालाई हाम्रो परिवेश अनुसार ढालेर हरेक वस्तुको व्यवसायिकरण गर्नुपर्छ, त्यो भयो भने उत्पादन बढ्छ, किसानले जमिन बाँझो छाड्नु पर्दैन । भएका पाखापखेरा सबैले केहि न केहि उत्पादन गर्छन्, त्यो बाटोमा लाग्नुपर्छ । 

धान, मकै वा तरकारी मात्रै नभनेर जे उत्पादन गर्न सकिन्छ, त्यसमा लाग्नु पर्छ भन्नु भएको हो ? 

एकदम् हो । अहिले हामीले खाने पकवान अर्जेन्टिनाबाट आइराखेको छ । हामीले उत्पादन गरेको मकैको लागत कम भयो भने न अर्जेन्टिनाकोसँग प्रतिस्पर्धा गर्न सक्छौं । प्रतिस्पर्धा गर्न सक्ने गरी मकै फलाऔं, सक्दैनौं भने त्यसको सट्टामा अर्को जुन चिज फलाएर प्रतिस्पर्धा गर्न सक्छौं, त्यसतर्फ लागौं । मकै वा धान नै फलाउनुपर्छ भन्ने छैन । 

यो कुरालाई राज्यले बुझाउन सकेको पाईंदैन नि ? कृषकहरुमा पनि धान, मकै नै फलाउनुपर्छ भन्ने मान्यता रहेको छ नि ? 

पहिला सडक सञ्जाल थिएन, घरमा धान भएन भने बाहिरबाट ल्याएर खान पाईंदैनथ्योे । मानिसमा बजारको सुनिश्चितता नभएको हुँदा नाफा–घाटा जे भएपनि धान मकै नै फलाउनु पर्ने बाध्यता थियो । अर्को सामाजिक मुल्यमान्यताले पनि काम गर्छ । दुध बेच्यो भने पाप लाग्छ भन्ने संस्कारबाट हामी हुर्केका हौं । फलफूल बेच्नु हुँदैन । अन्न बेचेर खायो भने त्यो दरिद्र रहेछ भन्ने सँस्कार हामीकहाँ थियो । अहिले मानिसले संसार देख्दै गए । बेच्नु किन्नु भनेको नौलो कुरा रहेनछ भन्ने कुरा सबैले बुझ्दै गए । सबै ठाउँमा सडक सञ्जाल विस्तार भयो र बजार गाउँसम्म पुग्यो । पैसा कमाई भयो भने खाने वस्तुको अभाव हुँदैन भने ढुक्कपन मानिसमा हुनथाल्यो । काभ्रे, धादिङ, चितवन जस्ता मूल बजारले छोएका जिल्लाहरुमा उत्पादन बढ्न थालेको छ । जग्गा भाडामा लिएर भएपनि मानिसले कृषि गर्न थालेका छन् । अहिले कृषकहरुले हरेक व्यवसायिक अवसरहरु खोज्न थालेका छन् । संकेतहरु देखिन थालेका छन् । परिवर्तन शुरु भएपछि त्यसले गति लिन केहि समय लाग्छ । यसका लागि प्रवद्र्धक, राज्यका निकाय, बजारीकरण र सञ्चारमाध्यमले भरथेग गर्दै जानुपर्छ । 

कृषिमा व्यवसायिकता विकास गर्ने बहस पनि शुरु भएको छ, यसतर्फ कसरी अगाडि बढ्न सकिएला ? 

कृषि उत्पादनको निर्यातको सम्भावना राम्रो छ । तर अहिलेको बजारमा उत्पादन मात्रै भएर निर्यात हुँदैन । एउटा गुणस्तरीय उत्पादन चाहिन्छ भने अर्को पोलिसी डाइलग आवश्यक पर्छ । कुनकुन देशबाट के लग्ने भन्ने कुरा राज्य तहमा छलफल हुनुपर्छ । तिमी मेरो मकै किन्छौ भने म तिम्रो गहुँ किन्छु भनेर विनिमय गर्नसक्नुपर्छ । कृषकले आफ्नो क्षेत्रमा गुणस्तरीय उत्पादन गर्नुपर्छ । पहिला मानिसहरुलाई पेटभरी खाना पाए भने भाग्य हुन्थ्यो । अहिले पेटभरी खाने कुरा मानिसलाई मुख्य भएन । अबको खानेकुरा गुणस्तर र स्वस्थकर हुनुप¥यो । हामीले उत्पादन गरेको खानेकुरा स्वस्थकर छ, यो खानुभयो भने रोग लाग्दैन र १० वर्ष तपाईं बढि बाँच्नुहुन्छ भन्ने सन्देश हामीले दिन सक्नुपर्छ । हामीसँग पहाड, हिमाल र परम्परागत कृषि छ । प्राङ्गारिक तरिकाले उत्पादन गरेको र यसमा हिमालको पानी सिञ्चित गरेको छ भन्ने हो भने हाम्रो उत्पादनले अन्तर्राष्ट्रिय बजार लिन्छ । दोश्रो हामीले कृषि र पर्यटनलाई जोड्नै पर्छ । पहाडका किसानले खेती गर्दा लागेको बढि मूल्य पर्यटनबाट उठाउनै पर्छ । हामीकहाँ उत्पादन छ भन्दैमा यूरोपले सिधै आएर किन्नेवाला छैन । उससँग कुटनीतिक तवरमा कुराकानी गर्नुपर्छ । हामीले हाम्रा वस्तु तथा सेवाको बारेमा बुझाउन सक्नुपर्छ । कतिपयले उसको खाँचोको वस्तुहरु त्यत्तिकै किनिदिन्छ । भने त्यसबाहेक उसँग हामीले विनिमय गर्नुपर्ने वस्तु के हो ? त्यसमा सापेक्षिक फाइदाका क्षेत्रको पहिचान गरेर यहाँ उत्पादन बढाउने र अन्य मुलुकबाट सस्तो मूल्यको गुणस्तरीय वस्तु ल्याउने काम गर्नुपर्छ । जस्तै कर्णालीको लागि चामल पुग्दैन । तराईमा प्राङ्गारिक तरिकाले कृषि गरियो भने कर्णालीलाई चामल निर्यात गर्न सकिन्छ । कर्णालीले सिमी, फापर उत्पादन गरेर आन्तरिक तथा बाह्य बजारमा निर्यात गर्ने र त्यसबाट स्वस्थकर चामल लगेर खाने । यसो गर्दा आन्तरिक बजारमा पनि स्वस्थकर बजार निर्माण हुन्छ । विदेशमा पनि निर्यात सम्भव छ । यससँगै पर्या–पर्यटनबाट कृषिमा भएको लागत उठाउन सकिन्छ । यसरी स्थानीयदेखि अन्र्तराष्ट्रियस्तरसम्मको नेटवर्क बनाउनुर्छ । 

राज्यको नीतिनियम कृषिमैत्री देखिँदैन नि ? राज्य तहबाट मुलुकलाई पनि फाइदा पुग्ने गरी अरु देशसँग सन्धिसम्झौता भएको छ त ? 

यो नपुगेकै हो । राज्य भनेको पहिलो अर्थ राजनीतिक निकाय हो । राज्यका सबै जिम्मेवार व्यक्ति अर्थनीतिको हिसाबले जानकार नहुन सक्नुहुन्छ । त्यसमा प्राविधिकहरुले यस्तो गर्नुपर्छ भनेर सुसूचित गर्नुपर्छ, सञ्चारमाध्यमले सन्देश दिनुपर्छ, सन्देश लिन राज्य तयार हुनुपर्छ । अहिलेसम्मको कमजोरी भनेको सरकारहरु अस्थिर छन् । औसत सरकारको आयू १०–११ महिना रह्यो । दुई तिहाईको सरकार अहिले छ । यो सरकारले सिक्ने र काम गर्ने मौका पाउला । यो आशा गरौं । जो नेतृत्व तहमा पुग्नुभएको हुन्छ । कुरा बुझिसकेपछि समय सकन्छि र अर्को व्यक्ति आउनुहुन्छ । उहाँले सिक्न बुझ्न खोज्दाखोज्दै समय जान्छ । त्यसबीचमा जसले चलखेल गर्छ , सोही अनुसारको नीति बन्छ । स्थिर सरकार भएकाले अब हामीले सकारात्मक नतिजाहरु प्राप्त गर्न सक्छौं भन्ने आशा गरौं । 

खेतीपातीमा प्राङ्गारिक वा रासायनिक, विषादीको प्रयोग गर्ने वा नगर्ने बारे अहिले निकै बहसको विषय बनेको छ, रासायनिक मल र विषादी बिनाको उत्पादन सम्भव छ ?

स्वास्थ्य, समाज र अर्थतन्त्रको लागि प्राङ्गागारिक राम्रो हो । तर पनि आजको भोलि यो सम्भव छैन । यो क्रमिक रुपमा हुँदै जाने कुरा हो । हामीले अहिलेबाट शुरु ग¥यौं भने पाँचदश वर्षमा प्राङ्गारिक उत्पादनमा आत्मनिर्भर हुन सक्छौं । प्राङ्गारिक उत्पादन गर्न हामीले आन्तरिक रणनीति बनाउनुपर्छ । कुन–कुन बाली र कुन क्षेत्रबाट शुरु गरेर प्राङ्गारिक उत्पादन गर्ने भनेर क्रमिक रुपमा हामीले बाटो बनाउनु पर्छ । नेपालमा जानेर वा नजानेर प्राङ्गारिक उत्पादन भइरहेका छन् । कतिपय दुर्गम पहाडी भेगमा यतिकै प्राङ्गारिक उत्पादन भईरहेका छन् । यसको पहिचान गरेर यो अर्गानिक उत्पादन हो भन्ने हो पनि त्यसले बजार पाउँछ । कृषकको आयआर्जनमा वृद्धि हुन्छ । उपभोक्ताले पनि बढि प्राङ्गारिक वस्तु उपभोग गर्न पाउँछन् । अन्तर्राष्ट्रिय बजारमा प्राङ्गारिक तथ्यांक बढ्दा हाम्रो सम्मान बढ्छ । जसले प्राङ्गारिक खेती गर्न चाहन्छ उसलाई प्राङ्गारिक खेती गर्न सघाउँछ । जसले अहिले रासायनिकरण गर्दै आएका छन्, उनीहरुलाई पनि सचेत गराउँदै जाने हो । उत्तरी धादिङका किसानले तेजपत्ता बाख्रालाई सोत्तर हालेको हामीले भेट्यौं । काठमाडौं आइपुगेपछि त्यो त ‘सिनेमन’ हो । यसको मतलब उत्पादन छ तर बजारको पहुँचमा आउन सकेको छैन । हिमाली जिल्लामा फल्ने मकै, कोदो, गहुँ त्यसै खेर गइरहेको छ । काठमाण्डौको बजारमा अर्गानिक मकैको च्याख्ला पु¥याउन सकिएको छैन । त्यसलाई पहिचान गरेर ल्याइदियो भने पुग्यो नि । यी वस्तुमा हामीले पहिलो प्राथमिकता दिनु प¥यो । सजिलोबाट गर्दै जाने र अप्ठ्यारो विस्तारै सल्टिँदै जान्छ । 

विषादीको प्रयोग कुन कुन उत्पादनमा बढि हुन्छ ? 

आलु, गोलभेँडा र भाण्टामा बढि विषादी प्रयोग हुन्छ । अशोजदेखि फागुनसम्मको काउलीमा त्यति डराउनु पर्दैन । फागुन पछिको काउलीमा अलि सचेत हुनुपर्छ । साउन यताको फर्सी र काँक्रो खान डराउनुपर्दैन । फागुनचैत्रमा नै आउने काँक्रोफर्सीमा अलि सचेत हुनुपर्छ । सकेसम्म हामी आफैंले तरकारी फलाउनु पर्छ । यदि किन्नै परे पहिलो नम्बरमा सिजनको तरकारी किन्नुपर्छ । तरकारीमा पनि तरुल, पिँडालु, तोरीको साग, रायो, इस्कुस, घिरौंला, चिचिण्डो, बेथेको सागमा प्राकृतिक रुपले रोगकिरा लाग्दैन । यी वस्तु सहजै उत्पादन हुन्छन् । यस्ता तरकारी खरिद गर्न हिच्किचाउनु पर्दैन । तरिकाहरु जति व्यवसायिक श्रोतबाट आयो, त्यसमा बढि विषादी प्रयोग भएको हुन्छ । त्यसैले तरकारीको श्रोत हेर्नुपर्छ । किसान पहिचान गरेर तपाईं उत्पादन गर्नुस् म खरिद गरिदिन्छु भन्नुभयो भने त झन् राम्रो । बेमौसमी, हाइब्रिड जातका तरकारी किनेर खानै प¥यो भने तरकारीलाई अन्तिम पटक अमिलो वा नुन पानीले पखालेर खाँदा पूर्ण रुपमा नभएपनि धेरै हदसम्म हामी सुरक्षित हुनसक्छौं । यसमा उपभोक्ताले ख्याल गर्नु आवश्यक छ ।

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif