Monday, 26 August, 2019    |    २०७६ भाद्र ९ गते , सोमवार

महिला फूटबल प्रतियोगीतामा नेपालले भारतलाई जित्यो


२०७५ माघ २९ गते , मंगलवार प्रकाशित

  नेपालको राष्ट्रिय महिला फूटबल टीमले भारतको उडिसामा भइरहेको एउटा फुटबल प्रतियोगितामा भारतलाई १ का विरुद्ध २ गोलले पराजित गरेको छ ।उक्त खेलमा नेपालको तर्फबाट दुवै गोल सावित्रा भण्डारीले गरेकी हुन् । यो महिला फुटबलमा नेपालले भारतलाई पराजित गरेको पहिलो र ऐतिहासिक अवसर हो ।    यो इरान र म्यानमार गरी चारवटा देश सम्मिलित हिरो गोल्डकप फुटबल प्रतियोगिता नेपाली खेलाडीहरूले अर्को महिना नेपालमा हुने महिला साफ च्याम्पियनशीपको तयारीको लागि भन्दै सहभागिता जनाएको थियो ।

  यस प्रतियोगितामा सावित्राले दुवै गोल खेल शुरू भएको सात मिनेटभित्र गरेकी थिइन । हिराकुमारी भुजेलको लामो पासमा उनले उक्त गोल गरेकी हुन् । त्यसको दुई मिनेट नबित्दै उनले पुनः अर्को गोल हानिन् । 
    त्यतिबेला विपक्षी गोलकीपरले राम्ररी बल नियन्त्रण गर्न नसकेपछि सावित्राले मौकाको फाइदा उठाएकी थिइन् । भारतको तर्फबाट भने ८४ औँ मिनेटमा बल्ल रतनबाला देवीले गोल गरेकी थिइन् ।   

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif