Monday, 26 August, 2019    |    २०७६ भाद्र ९ गते , सोमवार

ज्यालामजदुरी गर्ने वर्गको जीवनस्तर उकास्ने प्रयासमा छौं


२०७५ माघ २८ गते , सोमवार प्रकाशित

मनिप्रसाद पाठक, संस्थापक सदस्य

श्रमिक बचत तथा ऋण सहकारी संस्था लि., हेटौंडा


श्रमिक बचत तथा ऋण सहकारी संस्थाको बारेमा केहि बताइदिनुस् न,
 

२०६५ सालमा यातायात क्षेत्रका मजदुरहरुलाई सहकारीमा आवद्ध गर्ने र उनीहरुले ज्याला मजदुरी गरेर कमाएको ससानो बचतलाई संकलन गरेर जीविकोपार्जनमा टेवा पु¥याउने उद्देश्यले संस्था स्थापना भएको हो । सहकारीमार्फत उनीहरुलाई समाजमा पनि महत्व राख्ने व्यक्ति बनाउने उद्देश्य हाम्रो हो । यस संस्थाका संस्थापक अध्यक्ष ललित बस्नेत ट्रेड यूनियन आन्दोलन पृष्ठभूमिबाट आउनु भएकाले उहाँको सल्लाह र सहयोगमा श्रमिकहरुले ज्याला मजदुरी गरेर कमाएको रकमलाई सुरक्षित गर्ने र भविष्यमा उच्चस्तरको जीवनयापन गर्न सघाउ पु¥याउन संस्था स्थापना गरिएको हो । संस्थाले १४–१५ करोडको हाराहारीमा कारोबार गरिराखेको छ । संस्थामा न्यून आय भएका प्रतिष्ठान, प्राइवेट सेक्टर र यातायात क्षेत्रमा काम गर्ने मजदुरहरु सदस्य बनेका छन् । जसले श्रम गर्छ, उसलाई संस्थाले समेटेर कारोबार गर्दै आएको छ । सदस्यहरुबाट संकलित बचत सामाजिक स्तर माथि उठाउने क्षेत्रमा लगानी गर्ने हाम्रो सोच भएपनि त्यो स्तरमा हामी पुगिसकेका छैनौं । ९ सय शेयर सदस्य संस्थामा आवद्ध छन् । संस्थाको शेयरपूँजी १ करोड ६५ लाख रहेको छ । हामीले धितो र सामुहिक जमानीमा ऋण लगानी गर्दै आएका छौं  । उत्पादनशील क्षेत्रमा लगानी गरी उत्पादन बढाउने हाम्रो सोच हो । जस अनुसार हामीले सामुहिक उत्पादन बढाउने उदेश्यले गाईपालन, कुखुरा र हायर पर्चेजको क्षेत्रमा लगानी गरेका छौं । 

श्रमिकहरुको भविष्य सुरक्षाको लागि सहकारी शुरु गनुभएको छ । संस्थाले सदस्यहरुलाई कसरी सुरक्षाको अनुभूति दिलाएको छ ? 

सामाजिक सुक्षाको दृष्टिकोणले शेयर सदस्यहरुको मृत्यु भएमा आश्रित परिवारका सदस्यलाई आर्थिक सहयोग गर्दै आएका छौं । श्रमिकका छोराछोरी विदेशमा पढ्न जान्छन् भने केहि सहुलियतमा ऋण लगानी गरेर सहयोग पु¥याएका छौं । सदस्यहरुको स्वास्थ्य बीमा गरिदिएका छौं । हेल्पिङ ह्याण्ड अस्पतालसँग सम्झौता गरेर शेयर सदस्य, ज्येष्ठ सदस्य र एकल महिलाको लागि स्वास्थोपचारमा छुटको व्यवस्था गरेका छौं । गत साधारणसभाबाट एकल महिलाहरुलाई संस्थाले आम्दानी गरेको केहि प्रतिशत शेयरमा रुपान्तरण गरिदिएका छौं । हरेक साधारणसभामा १०–१५ जना एकल महिलालाई संस्थाको नाफाबाट शेयर सदस्य बनाउँदै आएका छौं । यस वर्ष १० कित्ता शेयर एकल महिलालाई वितरण गरेका छौं । उनीहरुले मेरो कोही नभए पनि दुखसुखको साथी सहकारी छ है भन्ने अनुभव गरेका छन् । हामीले यस अभियानमार्फत तपाईंहरुको साथी हामी छौं भने बातावरण सृजना गरेका हौं । 

हेटौंडा उपमहानगरपालिकामा सहकारीको अवस्था के छ ?

सहकारीको उदेश्य भनेको छरिएर रहेको ससानो पूँजीलाई एकिकृत गरी उत्पादनशील क्षेत्रमा लगानी गर्नु हो । समाजमा भएका तल्लो स्तरका मानिसहरुको जीवनस्तरमा परिवर्तन ल्याउनु सहकारीको उदेश्य हो । तर यहाँका सहकारी त्यो उदेश्यमा पुग्न सकेका छैनौं । सहकारीहरु कुत उठाएर र जमीनदारी हुने ढंगले अगाडि बढेका छन् । ऋण लगानी गर्ने र व्याज लिने त्यसबाट आएको नाफा शेयरसदस्यलाई बाँड्ने प्रवृत्तिको विकास भएको छ । यो प्रवृत्तिले राष्ट्रलाई सम्वृद्ध बनाउँदैन । महिलाहरुले सञ्चालन गरेका सहकारीले सामुहिक रुपमा खेती गर्ने गरेका छन् । सहकारीबाट ऋण लिने र जग्गा खरिदविक्री घर निर्माण, विवाहबटुलो जस्ता क्षेत्रमा बढि खर्च गर्ने प्रवृत्ति यहाँ छ । यो प्रवृत्ति सहकारीको लागि गतिलो हुँदैन । 

पैसा किन्ने र बेच्ने मात्रै कार्यले सहकारीले समृद्धमुलक बनाउला ?

सहकारीलाई सबल बनाउन राज्यको पनि ध्यान पुगेको छैन । राज्यले सहकारीबाट २०–२५ प्रतिशत कर लिन्छ । मजदुर, ज्यालादारी गरेर कमाएको पैसामा यति ठूलो कर लगाउनु कतिको न्यायोचित छ ? कर लिए पनि राज्यले आफ्नो दायित्व पूरा गर्न सकेको छैन । सहकारीमा समस्या आयो या डुब्यो भने कुनै व्यवस्था छैन । सहकारीले के गरिराखेको छन्, त्यसतर्फ पनि ध्यान दिँदैन । संविधानले ३ खम्बे अर्थनीतिको व्यवस्था गरेको छ । तर त्यसतर्फ राज्यले आफ्नो दायित्व भने निर्वाह गरको छैन । सहकारीबाट उठेको करले राज्य सञ्चालन भइराखेको छ । यसमा हाम्रो आपत्ति छ । 

नयाँ ऐनले सहकारीको कर घटाउने कुरा गरेपनि त्यो लागु भएन नि ? 

हेटौंडामा प्रदेश कार्यालय भएपनि सहकारीको प्रवद्र्धनमा हामीले केहि काम भएको पाएका छैनौं । स्थानीय सरकारले पनि सहकारीलाई समेट्ने केहि कार्यक्रम ल्याउला भने हाम्रो अपेक्षा थियो । अहिलेसम्म कुनै पनि निकायबाट सूचना जारी भएको छैन । कुनै गोष्ठी तथा कार्यक्रमममा सहभागि गराएको छैन । राष्ट्रिय सहकारी बैंक र नेफ्स्कुनले हामीबाट शुल्क लिएर तालिम दिन्छ । त्यसको अलावा स्थानीय र प्रदेश सरकारले सहकारीको कार्यक्रम गरेको जानकारी छैन । हामीले पाउनुपर्ने प्रमाणपत्रहरु पाउन सकिएको छैन । सहकरीप्रति कसैको ध्यान गएको छैन । समग्र शेयरसदस्यको बलबुताले संस्था चलिराखेको छ । 

सहकारीमैत्री ऐननियम बने सहकारीमार्फत समाज रुपान्तरण सम्भव छ ? 

यो सम्भव छ । राज्यले सहकारीमैत्री नियम बनाए धेरै काम सहकारीले गर्न सक्छन् । संस्थाले शेयरसदस्यलाई १५ प्रतिशत बढि नाफा दिन पाउँदैनन् । तर राज्यले २० प्रतिशत भन्दा बढि कर लिइराखेको छ । हामीले लगानी गरेको र नाफा आर्जन गरेको दुवैमा कर तिनुपर्छ । यसमा हाम्रो विमति छ । ऐनले व्यवस्था गरे अनुसारको कर लगाउनुपर्छ । निम्न आयस्तर भएका मानिसहरुको राज्यसँग पुग्ने माध्यम छैन । उनीहरुले बैंकबाट सेवा लिन सक्दैनन् । सहकारीबाट उनीहरुले सहज सेवा लिइराखेका छन् । राज्यले अन्य निकायमार्फत जाने सहुलियत र अनुदान सहकारीमार्फत दिए न्यून आय भएका मानिसहरुको जीवनस्तर परिवर्तन गर्न सकिन्छ ।   

लोकप्रिय

img-4.gif

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif