Tuesday, 25 June, 2019    |    २०७६ असार १० गते , मंगलवार

प्रथम राष्ट्रपति रनिङ सिल्ड सम्पन्न : १९ स्वर्ण सहित सिल्ड माउन्टेन एभरेष्टलाई


२०७५ माघ २२ गते , मंगलवार प्रकाशित

         - सीताराम थापा
 
    

म्याग्दी जिल्लाकाे  सदरमुकाम  बेनी नगरपालिकाकाे आयोजनामा  जिल्लास्तरीय अन्तर माध्यामिक विद्यालय प्रथम राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएकाे बेनि नगर पालिकाले जनाएकाे छ। रणिङ सिल्ड माउण्ट एभरेष्ट आवसीय माध्यामिक विद्यालयले हात पारेकाे छ।                                                       

 कुल ४८ स्वर्णका लागि भएको प्रतियोगितामा १९ स्वर्ण, ३ रजत र १३ कास्यसहित माउण्ट एभरेष्टले राष्ट्रपति रनिङ शिल्ड हात पारेको हो ।                                                                     

१० स्वर्ण, १४ रजत र १२ कास्य सहित न्यू वेष्ट प्वाइन्ट आवसिय माविले दोस्रो स्थानमा र ६ स्वर्ण, १० रजत र १ कास्यगरी प्रकाश माविले तेस्रो स्थान हातपारेको छ ।   प्रतियोगिताको एथलेटिक्स तर्फ न्यू वेष्ट पोईन्टका छात्र तेजिन घर्तीले सर्वाधिक स्वर्ण पदक हात पारेका छन् भने उनले २ रजत र २ कास्य पदक हात पारे ।

त्यस्तै राष्ट्रिय माध्यमिक विद्यालय नेप्टेचौरका छात्र आर्य खत्रीले २ स्वर्ण र एक रजत पदक र माउण्टका प्रज्वल शेरचनले करातेको फाइटमा एक र काँतामा एक गरी २ स्वर्ण हात पारे ।   प्रतियोगिताको भलिवलतर्फ छात्र छात्रा दुवै इभेन्टमा माउण्ट एभरेष्ट आवासिय माध्यमिक विद्यालयले न्यू वेष्ट प्वाईन्टलाई नै पराजित गरी स्वर्ण हात पदक हात पारे ।  
                                                         
माउण्टले कराँतेमा क्लीन स्वीप अर्थात छ वटै स्वर्ण, उसुमा तीन स्वर्ण र तेक्वान्दोमा तीन स्वर्ण तथा भलिबल र कबड्डीमा दुई दुई स्वर्ण हात पारेको थियो । त्यस्तै एथलेटिक्स तर्फ तीन स्वर्ण हात पारेको माउण्टले समग्रमा १९ स्वर्ण सहित नगरस्तरीय पहिलो राष्ट्रपति रनिङ शिल्डमा जित्न सफल भएकाे हाे ।      

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif