Monday, 18 March, 2019    |    २०७५ चैत्र ४ गते , सोमवार

कबि युद्धप्रसाद मिश्रलाई हार्दिक शब्द श्रद्धा !


२०७५ पौष २७ गते , शुक्रवार प्रकाशित

 

       कम्युनिष्ट पार्टीको बौद्धिक मञ्च — नेपाली माक्र्सबादी बुद्धिजीवी मोर्चाका अध्यक्ष प्रगतिशील साहित्यकार युद्ध प्रसाद मिश्र एक क्रान्तिकारी कबि थिए । उनका राचनाहरुले देशमा सामन्तबाद र साम्राज्यबादले फिँजाएका बिकृति र बिसंगतिका बिरुद्ध प्रहार त गर्छन् नै नेपाली जनतालाई उठाउन, जगाउन र अघि बढाउन घच्घच्याउने र प्रेरणा दिने काम पनि गर्दछन् । कमरेड पुष्पलालसँग रहेर उहाले पञ्चायती सामन्ती अधिनायकबादी ब्यवस्थाका बिरुद्ध जनतन्त्र, नागरिक स्वतन्त्रता र राष्ट्रिय सार्बभौकिताका लागि खेलेको रचनात्मक र संघर्षशील भूमिका स्तुत्य र स्मरणीय छ । 
   
      दिबंगत कबिबर युद्धप्रसाद मिश्रको १११औं जन्म जयन्तिका अवसरमा उहाँप्रति हार्दिक तथा उच्च सम्मानकासाथ श्रद्धाञ्जली ! उहाँले कोरेका कबित्वका महत्वपूर्ण चार हरप यहाँ प्रस्तुत छ :



हाम्रो खून छ देशका हृदयको घाउ दुखेको धुने
हाम्रो ध्येय तमाम पीडितहरु माथि समर्पण हुने
गर्छौं शोषण मुक्तिको प्रण छिट्टै साकार हामी अब
फर्कन्नौं नसकी उठाउन ढलेका देशका गौरब ! 

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif