Monday, 18 March, 2019    |    २०७५ चैत्र ४ गते , सोमवार

क. कमल घिमिरे सिभिल अस्पताल काठमाण्डौमा


२०७५ पौष २६ गते , विहीवार प्रकाशित

  चार दशकभन्दा बढी समयदेखि नेपाल कम्युनिष्ट पार्टीमा कमरेड पुष्पलालको समीपमा रहेर कार्यरत नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य कमरेड कमल घिमिरे यतिबेला सिभिल अस्पताल, मिनभवनमा उपचाररत रहेका छन् । उनी बिगत एक बर्षदेखि नै दम र फोक्सोको समस्याका कारण बिमार रहँदै आएका थिए । एक साता पहिला सिन्धुली अस्पतालमा उपचार गराउदा पनि बिसेक नभए पछि यही पौष २४ गतेदेखि सिभिल अस्पताको पछिल्लो भबनको ३२१ नंको बेडमा भरना भएर उपचार गराइरहेका छन् । 

  उनको फोक्सोमा पानी देखिएको र त्यो के कारणले बिकास भएको हो त्यसको अनुसन्धान भए पछि आवश्यक उपचार हुने र यसका लागि एक साताभन्दा केही बढी समय लाग्न सक्ने उपाचारमा संलग्न चिकित्सकले बताएको उनको परिवारिक सुत्रले जनाएको छ । उहाका साथमा अस्पतालमा उहाका छोरा, छोरी र बुहारी देखभालका लागि क्रियाशील रहेका छन् ।    आज उनलाई भेटन पार्टीका सह–संयोजक लोकनारायण सुबेदी तथा केन्द्रिय सचिवालय सदस्य सीता सुबेदी सिभिल अस्पताल गएर उहाँको स्वास्थ्य स्थितिका बारेमा जानकारी लिएका थिए ।   

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif