Wednesday, 16 January, 2019    |    २०७५ माघ २ गते , बुधवार

बागलुङ्ग ताराखोला गाउँ शोकाकुल, मृतक परिवालई १–१ लाख


२०७५ पौष २६ गते , विहीवार प्रकाशित

   
              सिताराम थापा                                                  बागलुङ ताराखोला गाउँपालिका ४ तारा गाउमा आग लागिलबाट मृत्यु भएका तीनजना बालबालिकाको परिबार लाई जिल्ला प्रशासन कार्यालय बागलुङले अनुगमन गरी प्रति मृतक परिवार रु १ लख राहत प्रदान गरेको छ । 

         आगलागीमा परेर हृदयबिदारकरुपमा  तीन जना  ज्यान गुमाएका  बालबालिकाहरुको शवको हिजो गल्कोट प्राथमिक स्वास्थ्य केन्द्र हरिचौरमा पोष्टमार्टम गरी तारामा ल्याएर दाहसंस्कार गरिएको थियो  । दाहसंस्कार कार्यक्रममा मृतकका परिवार, स्थानीयबासीका साथै जिल्ला प्रशासन कार्यालय बागलुङका प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेल, जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक  दीपक रेग्मी, ईलाका प्रहरी कार्यालयहरु  हरिचौर र  ताराखोलाका प्रहरी सहायक निरीक्षकहरु  समेतले मृतकहरुप्रति श्रद्धान्जलि अर्पण गरेका थिए ।

  प्रमुख जिल्ला अधिकारी खरेल नेतृत्वको टोली मृतक तीन बालबालिकाहरुका परिवारलाई राहत वितरणार्थ ताराखोला पुगेको जिल्ला प्रशासन कार्यालय बागलुङले जनाएको छ।    हिँजो मृतक बालबालिकाहरु विद्यालयबाट छुटेपछी घरफर्कने क्रममा सलाईले ठाउँठाउँमा आगो बाल्दै हिँडेको र घटना स्थल गोठको माथिल्लो तलामा रहेको घाँसपात आगो बाल्दा आगो सल्केर तीनैजना बालबालिकाको आगलागीमा परी मृत्यु भएको स्थानीयले बासिन्दाले बताएका छन। 


    ६ वर्ष मुनीका तीन जना बालबालिकाहरुको आगलागीबाट भएको मृत्युको हृदयविदारक घटनाले पुरा ताराखोला शोक मग्न भएको छ।         यस दर्दनाक अग्निकाण्डमा ज्यान गुमाउने बालबालिकाहरुमा स्थानीय रुद्रबहादुर रोकाका ६ वर्षिय छोरा रतिस रोका तथा स्थानीय डिलबहादुर घर्तीका ६ वर्षिया छोरी ऋतु र ४ वर्षिय छोरा आयुस घर्ती रहेका थिए ।        जिल्ला दैवी प्रकोप समितिका अध्यक्ष तथा प्रजिअ खरेलले ताराखोला ४  वडाध्यक्ष जीतबहादुर खत्री लगायतको सहभागितामा मृतक बालबालिकाहरुको घरमै पुगेर उनिहरुका अभिभावकहरुलाई जनही रु १ लाखका दरले रु ३ लाख रुपयाँ राहत रकम वितरण गरेको ताराखोला गाउपालिकाले जनाएको छ।                                                   त्यस अवसरमा आगलागीबाट क्षती पुगेको गोठ धनीलाई रु ८ हजार राहत रकम पनि प्रदान गरिएको थियो। समयमै प्रहरी प्रशासन कार्यालयबाट उद्धार र राहात दिने काम सकरात्मक भएको सामाजिक अभियान्ता सिताराम थापाको बसझाई रहेको छ ।

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif