Tuesday, 25 June, 2019    |    २०७६ असार १० गते , मंगलवार

हाम्रो पृथ्वीको आयु अधिकतम कति बर्ष हो ?


२०७५ पौष २६ गते , विहीवार प्रकाशित


कोलिन बारास

         तपाई हामीले आज हाम्रा वरिपरी जुन कुनै  पनि चीज–बस्तु देखिरहेका छौं ती सबै एक दिन बिगतको कुरा बन्ने निश्चित छ । पृथ्वीमा जीवनको अस्तित्व पनि यसै कुरामा सामेल छ । एक दिन यो पनि अतित बन्नेछ । तर कहिले ?

    कसैलाई बिश्वास नलाग्न सक्छ, तर जीवाष्मको अध्ययन अनुसार पृथ्वीमा जीवनको अस्तित्व शुरु भएको ३.५ अर्ब बर्ष भइसकेको छ । यति लामो समयमा पृथ्वीले बिभिन्न प्रकारका ठूल्ठूला बिपत्तिहरु बेहोरेको छ । कठाग्रिएर जम्न जाने, अन्तरिक्षका चट्टानहरुसँग ठोक्किने, प्राणीहरुमा ठूलो मात्रामा बिष पैmलने, जलाएर खरानी तुल्याइने, रेडिएशन आदि आदि  अनेक बिपत्ति ! स्पष्ट छ,जीवनमाथि यस्ता भीषण खतरा पैदा हुँदा पनि  त्यतिबेला पृथ्वीबाट पूरै जीवनको अस्तित्व भने समाप्त हुन पाउँदैन ।

 

       तर पृथ्बीमा यो संसार समाप्त हुने आशंंका त छँदैछ, शायद पूरै पृथ्वी बाँझो अनुर्बर भूमिमा परिणत हुन जानेछ, तर के हुन सक्छ ? कहिलसम्म रहला पृथ्वीमा जीवन ? पृथ्वीमा जीवनको अस्तित्वसँग जोडिएका सम्भावनाहरु र आशंकाहरुमाथि एक दृष्टिपात :

  ज्वालामुखीबाट तहसनहस 

समयसीमा ० देखि १० करोड बर्ष ?

      पृथ्वीमा २५ करोड बर्ष पहिला ज्वालामुखीको बिस्फोटका कारणले पृथ्वी लगभग पूरै नष्ट भएको थियो । जमिनमाथि रहेका झण्डै झण्डै ८५ प्रतिशत प्रजातिहरु नष्ट भएका थिए भने समुन्द्रका झण्डै ९५ प्रतिशत प्रजातिहरुह समाप्त भएका थिए । यस बारेमा कसैलाई स्पष्ट छैन कि त्यतिबेला भएको के थियो ? तर के अबश्य नै थाहा छ भने ज्वालामुखीबाट जुन लाभा निस्कियो त्यो बृटेनको आकारभन्दा आठ गुणा बढी थियो । महत्वपूर्ण प्रश्न के छ भने यस्तो पृथ्वीमा हुन्छ कहाँ ?


  नर्बेका ओस्लो बिश्वबिद्यालयका हेनरिक स्वेनसेन भन्छन् ‘शोधबाट संकेतहरु पाइएका छन् कि बिशाल ज्वालामुखीहरु फाट्नजाँदा प्रजातिहरु नष्ट हुने कुरा के कुरामा भर पर्दछ भने ती ज्वालामुखीह पृथ्बीको सतहको कुन ठाउँमा फाट्दछन् । करोडौं बर्ष पहिलाको घटनामा ठूलो मात्रामा यस्ता रसायनहरु बाहिर निस्किए होला जसले पृथ्वीको वायुमण्डलमा बढी मात्रामा ओजोन तहलाई नष्ट पारिदियो, पृथ्वीमा प्रजातिहरुले त्यसको सामना गर्न सकेनन् र नष्ट हुनपुगे’।


  तर त्यतिबेला पनि ब्याक्टेरिया जस्ता ‘एक सेल’ भएका प्राणीहरु समाप्त भएनन् । यसकारण बैज्ञानिकहरुको अनुमान के छ भने यस्तो परिस्थिति(अत्यन्तै प्रतिकूल परिस्थिति)मा पनि जीबन पूर्णरुपले लुप्त हुँदैन ।
 
क्षुद्र ग्रह ठोक्किने खतरा 


समय सीमा शायद ४५ करोड बर्ष भित्र ?


के सामान्य जानकारी छ भने पृथ्बीवाट डायनोसर प्रजाति  क्षुद्र ग्रह ठोक्किनका कारणले अन्त्य भएको थियो । यदि ठूलो आकारको क्षुद्र ग्रह ठोक्किनाले बिशाल काया डायनोसर लुप्त हुन सक्छ भने अर्को यस्तै क्षुद्र ग्रहको टक्कले पृथ्वीको जीवन पनि नष्ट हुन सक्तछ । हुन त यो कुरा धेरै हदसम्म के कुरामा निर्भर हुन्छ भने क्षुद्र ग्रह ठोक्किने कहा हो ? केही ठूला क्षुद्र ग्रह पृथ्वीसँग निश्चय नै ठोक्किए तर त्यसबाट पृथ्वीको जीवन समाप्त भएन । डायनोसरलाई नष्ट पार्ने क्षुद्र ग्रह जति ठूलो आकाशीय पीण्डसँग पृथ्वी ठोक्किने भने दुर्लभ उदाहरण हो ।


 
      यत्तिका ठूला क्षुद्र ग्रहहरु अर्थात् आकाशीय पीण्डहरु पृथ्वीसँग ५० करोड बर्षको अन्तरालमा नै टकराउने गरेका छन् । यदि क्षुद्र ग्रह पृथ्वीसँग ठोक्कियो भने पनि पृथ्वीबाट जीवन पूर्णरुपले नष्ट हुदैन । यद्यपि यसको आशंका त्यतिबेला बढी नै हुन्छ जब कुनै ग्रह आकारको पीण्ड पृथ्वीसँग ठोकिन्छ ।

जब पृथ्वीको केन्द्र जम्न जानेछ 

समय सीमा ३ देखि ४ अर्ब बर्ष

पृथ्वीको केन्द्र जम्नाले पनि जीवन पूरै समाप्त हुन सक्तछ । यस बिषयमा २००३ मा हलीवुडमा ‘द कोर’ भन्ने चलचित्र पनि बनिसकेको छ । त्यस चलचितको कथा छ –‘पृथ्वीको केन्द्रले जब ‘रोटेट’ गर्न बन्द गरिदिन्छ,त्यतिबेला अमेरिकी सरकारले पृथ्बीको केन्द्रसम्म ड्रिलिङ्ग गरेर रोटेशनलाई सही ठाउँमा ल्याउन कोशिश गर्दछ । एक्टिभ कोर नहुनाले पृथ्वीको चुम्बकीय क्षेत्र समाप्त हुन पुग्दछ र यसबाट पृथ्वीको पूरै जीवन खतरामा पर्न सक्तछ । कुनै बेला मंगल ग्रहसँग आफ्नो चुम्बकीय क्षेत्र हुने गर्दथ्यो जसलाई त्यसले गुमायो । बितेका बर्षहरुमा पृथ्वीको चुम्बकीय शक्ति पनि कमजोर हुने गरेका खबरहरु पनि आएका हुन् । तथापि यसमा कुनै चिन्ता लिनुपर्ने कुरा छैन । किनभने यी कुनै पनि बेला दिशा बदल्नका कारण भएका हुन्, आफै घटेका होइनन् । लाखौं बर्षमा यस्तो अन्तर आउने गर्दछ । तर ठूलो प्रश्न के छ भने के पृथ्वीको चुम्बकीय क्षेत्र पूर्णरुपले गायब हुनजान्छ ? क्याम्ब्रिज बिश्बिद्यालयका रिचर्ड हेरिसनका अनुसार अहिलेलाई यसको कुनै यकिन गर्न सकिने अबस्था छैन ।




गामा किरणहरुको बिस्फोट

समय सीमा अनुमानित नगरिएको

वाइनरी स्टार ती दुइ स्टार हुने गर्दछन् जसले एउटै केन्द्रको वरिपरी चक्कर लगाउने गर्दछन् । पृथ्वीको नजिकै एउटा बाइनरी स्टार छ जलाई डब्ल्यू आर १०४ भनिन्छ । बाइनरी स्टार केन्द्रमा जब ऊर्जा समाप्त हुन्छ त्यतिबेला त्यो आपैmभित्र खुम्चिन्छ र गामा किरणको भेल पैदा हुन्छ । त्यो पृथ्बीको जीवनका लागि बिनाशकारी हुन्छ । सम्भवाना के छ भने पृथ्बीको छिमेकको डब्ल्यू आर १०४ले यस्तो गामा किरणहरुको भेल(बर्षा) पैदा गर्न करीब पाँच लाख बर्ष लाग्दछ । सम्भवतः यसबाट पृथ्वी बचोस् । त्यसो त के हामी यूनिभर्समा एक्लै छौ यदि होइन भने त एलियनको सभ्यतासँग सम्पर्क किन गर्न सकिरहेका छैनौ ? गामा किरणहरुको बिस्फोटले पृथ्वीमा जीवन समाप्त हुन सक्तछ । बार्सिलोना बिश्वबिद्यालयका राउल जेमेनेज भन्दछन् – ‘यदि गामा किरणको पर्रा छुट््यो भने पृथ्बीमा जीवन पूर्णरुपले समाप्त हुनजान्छ । यदि पृथ्वी कुनै तरहले आकाश गंगाको केन्द्रको नजिक पुग्न गयो भने पृथ्वीको जीबन समाप्त हुन सक्तछ’। 

    इलिोइजको बाटबिया फर्मील्यावका जेम्स एनिसका अनुसार गामा किरण पृथ्वीसँग टकरायो भने जीवन पूरै समाप्त हुदैन । किनभने सामुद्रिक जीव गामा किरण चुसेर लिने राम्रो बिकल्प हुन् । जबकि पृथ्वीबाट मानिसको भने त्यतिबेला नाम निशान  नै मेटिन जान्छ तर अन्य जीवजन्तु भने बँचेर रहने छन् ।

  वाण्डरिङ्ग स्टार्स 

समय सीमा आउदो एक लाख बर्षमा सम्भव 

अर्बौं बर्षदेखि हाम्रो ग्रह ‘सोलर सिस्टम’मा सूर्यको वरिपरी घुम्ने गरिरहेका छन् । तर यदि कुनै तारा नजिक आयो भने के हुन्छ ः न्यूयोर्कको राचेस्टर बिश्बिद्यालका एरिक म्यामेजको नेतृत्वमा गएको  फेब्रुअरी २०१५ मा भएको एउटा अध्ययनले के बताएको छ भने यो सम्भव छ र के पनि भनिएको छ भने यो चाँडै पनि हुन सक्तछ ।


  जर्मनीको म्याक्स प्लांक इन्स्टिच्यूट फर एस्ट्रोनोमीका कोरयान बेला जोन्सले के कुरा रेखाङ्कित गरेका छन् भने दुइ ताराले समस्या उत्पन्न गर्न सक्तछन् । एचआईपी ८५६०५ तारा हाम्रो यति नजिकको छिमेकी कि त्यो २.४ लाख बर्षदेखि २.७ बर्षको बीचमा पृथ्वीसम्म आइपुग्न सक्तछ । जीएल ७१० तारा  पनि १३ लाख बर्षमा पृथ्वीको नजिक पुग्ने आशंका छ । सामेजकका अनुसार जीएल ७१० ठूलो तारा हो र हिप ८५६०५ पनि, अनि त तिनले पृथ्वीको जीबनलाई खतरा हुन्छ । यस्ता ताराहरु सौर्य मण्डलको नजिक आउँदा खतरनाक हुन सक्तछन् । तर यसको आशंका पनि अत्यन्तै कम छ । बायलर जोन्सका अनुसार ‘कुनै बाहिरी तारा पृथ्वीको आन्तरिक सोलर सिस्टममा पुग्ने सम्भावना नगन्य बराबर छ’।

कुनै अरु कुराबाट जीबनलाई खतरा 

समय सीमा ५० करोड बर्ष 

सिएटल स्थिति वाशिङ्गटन बिश्वबिद्यालयका पीटर वार्डका अनुसार जीवनलाई सबैभन्दा बढी खतरा स्वयमबाट नै छ । करीब २.३ अर्ब बर्ष पहिला बायुमण्डलमा काफी अक्सिनको प्रवेश फोटोसिन्थेटिक लाइफका कारणले भएको थियो । पृथ्वीमा ‘माइक्रोब्स’ रहन्थे जसलाई कहिले पनि फ्री अक्सिजनको आदत थिएन । त्यत्तिका धेरै अक्सिजन प्रवेश गर्दा पृथ्वीका धेरै जीवनहरु नष्ट हुन पुगे । वार्डका अनुसार सूर्य अझ तातो हुँदै गएको छ । पृथ्वीको तापक्रम पनि बढ्दै गएको छ । यसका कारणले पठार क्षेत्र र वायुमण्डलको कार्बन डाइअक्साईडको बीचको केमिकल रिएक्शन पनि बढिरहेको छ । कार्बन डाइअक्साईड कम हुँदा बोट बिरुवाले फोटोसिन्थेसिस गर्न पाउँदैनन् । बोट बिरुवा खतम हुँदा जीवन पनि समाप्त हुनजान्छ । सूर्य पैmलिनु 

समय सीमा १ देखि ७.५ अर्ब बर्ष

       यदि माथि उल्लेख गरिएका आशंका निर्मूल साबित भए भने पनि  सूर्यका कारणले जीवन समाप्त हुनजानेछ । सूर्यले पृथ्वीमा जीवनको ऊर्जाकोरुपमा प्रकाश पठाउँदछ तर सधैं त्यसको यो सम्वन्ध मित्रबत रहनेवाला छैन । हामीले बुझेका छौं कि सूर्य लगातार अझ तातो हुँदै गइरहेकोछ । अनि एउटा समय यस्तो आउनेछ कि पृथ्वीका समुद्रहरु सुक्नेछन् । ग्रीन हाउस इफेक्टका कारण तापमान अझ बढ्नेछ । तर यीनै सब कारण सबै कुरा समाप्त हुँदैनन् । आजको ठीक ५ अर्ब बर्ष पछि सूर्य फैलिन शुरु गर्दछ । एउटा ताराको रुपमा सूर्यले आउदो ७.५ अर्ब बर्षमा पृथ्बीलाई निल्नेछ । 
   


        यद्यपि आशा त्यतिबेला पनि पृथ्वी बचिरहन सक्ने गरिन्छ । किनभने सूर्य फैलिन जाँदा त्यसको तौल कम हुनेछ ।यस्तो स्थितिमा पृथ्वीको हिस्सा सूर्यको चपेटामा पर्नबाट जोगिन सक्तछ । तर २००८ को एउटा अनुमान अनुसार यति हुँदाहुदै पनि पृथ्वीको अस्तित्व बच्न पाउने छैन । यदि यस्तो भयो भने यसबाट बच्ने एउटा मात्र बाटो हामीसँग यस्ता प्रबिधिहरु(टेक्नोलोजी) हुनु पर्दछ । जसबाट हाम्रो पृथ्वीलाई सुरक्षित र सूर्यको चपेटामा पर्नबाट टाढा राख्न सकियोस् । यसो गर्न सकिएन भने पृथ्वीको आयु अधिकतम् ७.५ अर्ब बर्ष नै हुनेछ ।   

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif