Thursday, 27 June, 2019    |    २०७६ असार १२ गते , विहीवार

चिसोबाट बच्न र अध्ययन गर्न चेपाङ बालबालिकालाई सहयोग


२०७५ पौष २६ गते , विहीवार प्रकाशित


 - सिताराम थापा


        बागलुङ  । चिसोका कारण समस्यामा खेपिरहेका दक्षिणी धादिङ  चोतेसका चेपाङ्ग बालवालीकाहरुलाई राहत स्वरुप लत्ता कपडा वितरण गरिएको छ ।   विषेश गरी बालवालीकाहरु चिसो मौसममा  न्यानो कपडा नभएका कारण बिरामि पर्न थालेको भन्दै विभिन्न संचार माध्यामहरुमा प्रशारण भयपछी सामाजिक तथा शैक्षिक अभियान्ता मनकारी  ब्यक्तित्वहरुको मन संबेदनशिल बनाएको थियो ।   

      विशेष गरी नेपाल टेलिभिजन र  उज्यालो अनलाईन पत्रिकामा लगायतमा संञ्चार  प्रशारण भएर  धादिङका संबेदनशील सहयोगी हातहरुको ध्यान आकृष्ट समेत भएको धादिङका सञ्चारकर्मी  सिताराम कट्टेलले  बताए । 



         सहयोगी  हातहरुले  बागेश्वरी आधारभुत विद्यालयमा अध्यानरत ५५ जना बालवालीकाहरुका लागी आवाश्यक पर्ने न्यानो कपडा र शैक्षिक समाग्रिहरु  एक समारोह बिच  वितरण गरेका हुन  ।

    धादिङमा जन्मीयर विभिन्न ओहदामा पुगेका र बिदेशमा रहेका ब्यक्तित्वहरुको समुहीक सहयोगमा कलिला बालबालिकाहरु लाई तत्कालिन  हारात स्वरुप न्यानो कपडा र शैक्षिक सामाग्रि र  जुत्ता,टोपी, कपडा कम्मल र  आवश्यक  शैक्षिक सामग्री वितरण गरिएको थियो। उकणत समारोहमा  खुसि ब्यक्त गर्दै आगामि समयमा गाउपालिका अझै संबेदनशिल भएर लागि पर्ने गाउपालिका अध्यक्ष पित बहादुर डल्लाकोटीले बताए। 
          
         चेपाङ समुदायका दुर्ग्तिपुर्ण बर्तमानमा बाचिरहेका भविष्यको कर्णधार संभावना बोकेका कलिला बालबालिका बाच्न र आफणनो सृजनशिल बिकासको निम्ति शिक्षा अपरिहार्य रहेकोले संकेदनहिल भयर हामिले सामुहिक प्रयत्नमा सहयोग गरेका हौ शिक्षाबिद , डा. सदानन्द कंडेलले  बताए ।
 
    अशिक्षा र गरिवीका कारण उनिहरु समस्यामा परेको भन्दै त्यहाँका बालवालीकाहरुलाई धादिङको बेनिघाट रोराङ्ग गाउँपालीकाको सहयोगमा दश
जोड दुईसम्मको शिक्षाका लागी र ५५ जना बालकालिका लाई आवाश्यक पर्ने सबै शैक्षिक खर्च बेर्होने गरी आफुहरु सहयोग गर्न तयार भएको पनी सहयोगि डा.  कडेलको कथन छ ।   
                                                      विद्यालय उमेरको सयौं बालबालिका पचास प्रतिशत भन्दा बढी अझै विद्यालयको पहुंच भन्दा बाहिर रहेकोले नेपालको संविधान अनुसार नेपाल सरकार र राज्य संयन्त्र नै जबाफदेही र उत्तरदायी हुने बतावरण निर्माण गरेमा मात्र दीगो हुने नागरिक अभियान्ता एबं संचारकर्मि समेत रहेको सिताराम थापाको विश्लेषण छ।  

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif