Thursday, 27 June, 2019    |    २०७६ असार १२ गते , विहीवार

माघे संक्रान्तिमा गण्डकी प्रदेशमा सार्वजनिक बिदा


२०७५ पौष २६ गते , विहीवार प्रकाशित

                    - सिताराम थापा    बागलुङ ।    पोखरा गण्डकी प्रदेश सरकारले माघे संक्रान्तिका दिन माघ १ गते  प्रदेशभित्र सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बुधबारको बैठकले माघे सक्रान्ति अर्थात माघी पर्वको दिन बिदा दिने निर्णय गर्दै संघीय सरकारका निकायले पनि यसको कार्यान्वयन गर्ने अपेक्षा गरेको छ ।   क्षेत्री, बाहुन, मगर, थारुलगायत समुदायले यो पर्व विशेष रुपमा  मनाउने भएकाले माघे संक्रान्ति अर्थात माघी पर्वको अवसरमा बिदाको निर्णय गरिएको प्रदेश सरकारका प्रवक्ता रामशरण बस्नेतले बताए । प्रायःसबै जातजातिले मान्ने पर्व भएकाले सामाजिक एकता र सद्भाव कामय गर्न बिदाको निर्णय गरिएको बस्नेतले  जानाकारी दए ।


  मन्त्रिपरिषद्को निर्णय लगत्तै आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेशभित्रका सवै शैक्षिक संस्था, सरकारी तथा सार्वजनिक कार्यालय, बैंक तथा वित्तिय संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक विदा घोषणा भएको सूचना प्रकाशित गरेको प्रदेश श्रोतले नेपालपत्रलाई बतायो ।   प्रदेश सरकारले दिएको यो दोस्रो सार्वजनिक बिदा हो । यसअघि पुस १५ मा गुरुङ समुदायको ल्होसारका अवसरमा सार्बजनिक बिदा दिएको थियो। मगर मात्र नभयर सबै जाजाति साझा पर्वमा यस्तो बिदाले सबै जाति बिच सामाजिक सद्दभाब कायम राख्न मद्दत गर्ने नागरिक अभियान्ता समेत रहेका  सीताराम थापाले बताए ।  

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif