Wednesday, 16 January, 2019    |    २०७५ माघ २ गते , बुधवार

एन आई सी एसियालाई आई एस ओ ९००१ː २०१५ गुणस्तर


२०७५ पौष २५ गते , बुधवार प्रकाशित

एन आई सी एशिया बैंकले ‘अन्तरराष्ट्रिय गुणस्तर प्रमाणपत्र आई एस ओ ९००१ː २०१५’ प्राप्त गरेको छ । सफल भएको छ । यस्तो अवार्ड युनाइटड रजिष्टर्ड सिस्टम युकेले प्रदान गर्ने गर्दछ । 

ग्राहकमुखी योजना, चुस्त व्यवस्थापन, वस्तु तथा सेवाको गुणस्तर, उपभोक्ता सन्तुष्टि, सुशासन साथै प्रणालीगत व्यवस्थापकिय क्षमतामा आधारित सेवामा राम्रो सुधार गर्दै उत्कृष्ट सेवा दिन सफल भएकाले नै यो अन्तराष्ट्रियस्तरको प्रमाणपत्र पाएको बैंकले जनाएको छ । 


बैंक शाखा सञ्जाल, ग्राहक संख्या, वासलातको आकार आदिको हिसाबमा पनि अग्रणी बैंक बन्न सफल भइसकेको छ । हाल यस बैंकले २७० शाखा कार्यालय, २८९ एटीएम काउण्टर, ३७ वटा एक्सटेन्सन काउण्टर एंव २२ वटा शाखारहित बैंकिङ इकाइमार्फत आफ्ना ग्राहकहरूलाई उच्चस्तरीय एंव आधुनिक बैंकिङ सेवा प्रदान गरिरहेको छ । 


बैंकको वासलातको आकार रू. २१५ अर्बभन्दा बढी पुगेको छ भने कुल निक्षेप करिब रू. १६९ अर्ब तथा कर्जा रू. १४६ अर्ब पुगिसकेको छ । हालसम्म ग्राहक संख्या करिब १४ लाख पु¥याउन सफल भइसकेको यस बैंकले सरकारको नीतिअनुरूप  दूरदराजमा समेत शाखा कार्यालय स्थापना गरेर ग्रामीण क्षेत्रका जनतालाई पनि बैंकिङ पहुँचमा ल्याउन अभियान नै चलाएको छ ।
 

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif