Wednesday, 16 January, 2019    |    २०७५ माघ २ गते , बुधवार

नेशनल डेभपलमेन्टको २१ औं बार्षिक साधारणसभा सम्पन्न


२०७५ पौष २५ गते , बुधवार प्रकाशित

नेशनल डेभपलमेन्ट कोअपरेटिभ सोसाइटी लिमिटेडले २१ औं बार्षिक साधारण सभा एवं २४औं स्थापना दिवस सम्पन्न गरेको छ । 

ललितपुर महानगरपालिकाका पूर्व मेयर बुद्धिरत्न बज्राचार्यको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको हो । संस्थाले सदस्यहरुलाई पु¥याएको सेवाको प्रशंसा गर्दै बज्राचार्यले न्यून आय भएका मानिसहरुको आर्थिक, सामाजिक रुपान्तरणका लागि सहकारीले उद्योगव्यवसायका क्षेत्रमा लगानी गर्नुपर्ने बताए । युवा शक्ति विदेश पलायन हुँदा जमिन बाँझो भएकाले बाँझो जमिनलाई हराभरा बनाउन सहकारीले युवालाई आकर्षित गर्ने खालका कार्यक्रम अगाडि लैजान आवश्यक भएको उनले औंल्याए । 

जिल्ला बचत तथा ऋण सहकारी संघ ललितपुरका अध्यक्ष रामशरण घिमिरेले संस्थाले दुई दशक पार गरेकाले परिपक्व भएको बताउँदै सहकारी संस्थाहरुबीच एकिकरणको पहल गर्नुपर्ने बताए । 

संस्थाका अध्यक्ष राजेशहरि जोशीको अध्यक्षतामा सम्पन्न सभामा ज्येष्ठ सदस्य डा. नारायणहरि जोशी र बद्रीप्रसाद जोशी, उत्कृष्ट बचतकर्तामा पूर्णमाया महर्जन र मीना थापा, उत्कृष्ट ऋणीमा विजय श्रेष्ठ र एसईई परीक्षमा उत्कृष्ट अंक ल्याउने श्रृजन डंगोललाई सम्मान गरिएको थियो । 

संस्थाको लक्ष्य अनुरुप उद्देश्य हासिल गर्न र संस्थालाई अझ सुदृढ र सबल पार्न सबै सदस्यको थप सहयोग, विश्वास र योगदान पूर्ववत् रुपमा निरन्तर आवश्यक पर्ने सभामा अध्यक्ष जोशीले औंल्याए । सदस्यहरुको आवश्यकता अनुरुप सबै प्रकारको सेवा पु¥याउन संस्था सधैँ तत्पर रहेको उनको भनाई छ । 

मुलुक संघीय राजनैतिक प्रणालीमा गएको र सहकारी ऐन, २०७४ अनुसार अब सहकारीमार्फत् देशले उपलब्धिपूर्ण आर्थिक विकासको लागि फड्को मार्नेतर्फ अगाडि बढ्ने विश्वास उनको छ । 



संस्थाले आव २०७४/७५ मा ३ करोड ८७ लाख शेयरपूँजी, ८५ करोड ७५ लाख बचत संकलन गरी, ९० करोड २३ लाख ऋण लगानी गरेको छ । संस्थाको प्राथमिक पूँजी कोष ७ करोड ८१ लाख, सञ्चालन आम्दानी १४ करोड १९ लाख, नाफा १ करोड २२ लाख रहेको छ । 

संस्थाले गत आर्थिक वर्षको तुलनामा यस आर्थिक वर्षमा प्राथमिक पूँजी कोषतर्फ ३०.९६ प्रतिशत, चुक्ता पूँजीतर्फ १२.८९ प्रतिशत, बचत बचततर्फ १३.१५ प्रतिशत, ऋणसापटी तर्फ १३ प्रतिशत र आम्दानी तर्फ १२.६३ प्रतिशतले बृद्धि गरेको छ । संस्थाले आर्थिक वर्ष २०७४/७५ मा सरकारलाई १३ लाख ४० हजार आयकर र ३६ लाख १३ हजार ब्याजकर बुझाएको छ । 

आर्थिक वर्ष २०७४/७५ को खूद नाफा शेयर सदस्यहरुलाई ५ प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद गरी जम्मा १५ प्रतिशत लाभांश वितरण गरिने भएको छ । 

संस्थाले आवद्ध जेष्ठ नागरिक, उत्कृष्ट ऋणीहरु र असल निक्षेपकर्ताहरुलाई सम्मान गर्दै आएको छ भने भविष्यमा पनि यसलाई निरन्तरता दिने जनाएको छ । संस्थाले एसएमएस बैंकिङका साथै गणेशमान सिंह मेमोरियल स्वास्थ्य सहकारीमार्फत सहुलियत रुपमा स्वास्थ्य सुविधा उपलब्ध गराउँदै आएको छ ।

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif