Tuesday, 25 June, 2019    |    २०७६ असार १० गते , मंगलवार

किमको चीन भ्रमणको दक्षिण कोरियाव्दारा स्वागत


२०७५ पौष २५ गते , बुधवार प्रकाशित

    बेइजिङ, । उत्तर कोरियाली नेता किम जोङ् उनले गरेको चीन भ्रमणको दक्षिण कोरियाको राष्ट्रपति कार्यालय ब्लू हाउसले मङ्गलबार स्वागत गरेको छ । कोरियाली प्रायद्वीपमा शान्ति कायम गर्नको लागि यस भ्रमणले सहयोग गर्ने बताइएको छ । 

  ब्लू हााउसका प्रवक्ता किम एइ कुम एक पत्रकार सम्मेलनमा यस भ्रमण कोरियाली प्रायद्वीपमा पूरा निःशस्त्रीकरण र स्थायी शान्तिको लागि यसले सहयोग गर्ने बताएका छन् । 

    उत्तर कोरिया चीनबीचको यस वार्ताले उत्तर कोरिया र अमेरिकी बीच हुने भनिएको दोस्रो चरणको वार्तालाई सहयोग हुने पनि प्रवक्ता किमले बताएका छन् । 

    गत वर्षको जुन महिनामा उत्तर कोरियाली नेता किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच सिङ्गापुरमा पहिलो ऐतिहासिक शिखर वार्ता भएको थियो । निकट भबिष्यमै यी दुई नेताबीच पुनः भेटवार्ता हुने अपेक्षा गरिएको छ । 


    किम चिनियाँ राष्ट्रपति सी जिनपिङको चार दिनको निमन्त्रणामा चीन भ्रमणमा गएका छन्  ।

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif