Wednesday, 16 January, 2019    |    २०७५ माघ २ गते , बुधवार

काभ्रे बचत संघको २१ औँ साधारण सभा सम्पन्न


२०७५ पौष २४ गते , मंगलवार प्रकाशित

दीपक तिमल्सिना

काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघको २१ औँ वार्षिक साधारण सभा नेफ्स्कुनका बरिष्ठ उपाध्यक्ष परितोष पौड्यालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । 

प्रमुख अतिथि पौड्यालले सबै सहकारी मिलेर अगाडि बढ्नु पर्नेमा जोड दिँदै समग्र देशको आर्थिक विकासका लागि सहकारी क्षेत्र कोशेढुंगा भएको बताए । 

काभ्रेपलाञ्चोक जिल्ला बचत संघले जिल्लामा रहेका बचत तथा ऋण सहाकारीहरुको छाता संगठन भई सहकारी सूचना केन्द्रसमेत स्थापना गरी उत्कृष्ट बचत संघ बनेको उल्लेख गरे । 

कार्यक्रममा संघको वार्षिक प्रगति प्रतिवेदन सचिव उदयराम कायस्थले र आर्थिक प्रतिवेदन कोषाध्यक्ष जितेन्द्र नकर्मीले प्रस्तुत गरेका थिए । संघको आ.व. २०७४/७५ सम्ममा शेयर पूँजी २ करोड १८ लाख ९८ हजार, बचत ५४ करोड ५२ लाख ६५ हजार र ऋण लगानी २८ करोड ८८ लाख ४३ हजार ६ सय २६ रहेको जानकारी गराइएको थियो । 

कार्यक्रममा नेफ्स्कूनका सञ्चालक सदस्य उद्धव सापकोटा, जिल्ला सहकारी संघ, काभ्रेका अध्यक्ष विनोद पराजुली, काभ्रेपलाञ्चोक जिल्ला बहुउद्देश्यीय सहकारी संघका उपाध्यक्ष कृष्णभक्त थापा लगायत अतिथिले शुभकामना दिएका थिए । कार्यक्रमको सभापतित्व संघका अध्यक्ष रामहरि केसीले गरेका थिए । 

हाल संघमा २२६ वटा बचत तथा ऋण सहकारीहरु आबद्ध रहेका संस्थाहरुलाई सहज र सरल रुपमा वित्तीय सेवाका साथै प्राविधिक तथा विविध तालिमहरु दिँदै आएको संघका व्यवस्थापक ज्ञानेन्द्र दाहालले जानकारी दिए । 

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif