Thursday, 27 June, 2019    |    २०७६ असार १२ गते , विहीवार

बदामको ब्यापारबाट आमदानी बढदै


२०७५ पौष २४ गते , मंगलवार प्रकाशित

  गोदावरी । काभ्रेपलाञ्चोकको सिकरआम्बुडे–३ निवासी ३५ वर्षीया माया लामाले दश वर्ष अघिदेखि बदामको व्यापार गर्दै आएकी छन् । लगनखेल चोक बदाम व्यापरको मुख्य थलोको रुपमा प्रयोग गर्दै आएकी उनले कात्तिकदेखि फागुनमहिनासम्म यसैको व्यापारबाट मनग्गे कमाइ गर्दै थोक व्यापारीसमेत भइसकेकी छन्  । 
    “जाडोमा बदामको माग अत्यधिक हुन्छ । त्रिशूलीबाट बोराका बोरा बदाम मगाएर खुद्रा व्यापारीलाई पाथीमा बेच्छु”, मया भन्छिन्  “यो वर्ष बदाम व्यापार शुरु गरेको करीब तीन महीनामात्र भयो नाफा पनि मनग्गे भइरहेकोे छ ।” 
    बदाम खाँदा मिठो हुने भएकाले खरीद गरी लानेको सङ्ख्या पनि बढ्दो छ । मायासँग पाथीका पाथी बदाम खरीद गरी डालो, नाङ्लो वा गाडामा घुमाएर खुद्रामा व्यापार गर्नेहरू लगनखेल र आसपासका क्षेत्रमा प्रसस्त भेटिन्छन् । 
    मायाले साना कोसा बदाम प्रतिबोरा रु तीन हजार ५०० र मोटाकोसा बदाम प्रतिबोरा रु पाँचहजार आठसयमा खरिद गरेर सानाकोसा बदाम प्रतिपाथी रु २५० र मोटोकोसा प्रतिपाथी रु ३०० मा विक्री गर्छिन् । 
    उनले प्रत्येक महीना कोठाभाडा, खाई खर्च र छोराछोरी पढाउन मासिक रु १५ हजार खर्च हुने र बदाम विक्रीबाटै जीवन गुजारा गर्दै आएको बताउनुभयो । मायाको व्यापारमा पतिले पनि साथ दिएकाले उनीहरूलाई व्यापार सञ्चालन गर्न सहज भएको छ 

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif