Monday, 18 March, 2019    |    २०७५ चैत्र ४ गते , सोमवार

लागू औषध ठुलो परिमाणमा बरामदस् एक होटलवाली पक्राउ,धेरै संलग्नको संकेत


२०७५ पौष २३ गते , सोमवार प्रकाशित

                                                 — सिताराम थापा                                                                                        गत सता बागलुङ्गमा लागुऔषध ठुलो परिमाणमा जिल्ला प्रहरी कार्यालयले बरामद गरि एक महिला लाई पक्राउ गर्न सफल भएको छ। जिल्ला प्रहरी कार्यालय बागलुङले लुकाएर जमिनमुनि  राखेको लागू औषध बरामद गरेको हो।                                                         बागलुङ नगरपालिका – १३ पैयुंपाटा  स्थाई घर हाल बानपा –४ उपल्लोचौरमा  ४३ बर्षिय  विजय खाजाघर सञ्चालन गर्र्दै  आएकी  शान्तिदेवी कुँवरको घरबाट प्रहरीले ठुलो परिमाणमा लागू औषध बरामद भएको हो । प्रहरीका अनुसार पौष १९ गते निज कुँवरले सञ्चालन गरेको खाजाघर पछाडीको खाली जमीन मुनि लुकाएर राखेको भेटीयको थियो।

    अनुसन्धानको क्रममा रहेकी निज अभियुक्त कुँवरले देखाएको जमीनमा उत्खनन् गर्दा प्लाष्टिकको बोरामा प्लाष्टिकको डिब्बा भित्र २ मिलि लेखिएका डाईजेपाम १०५, फेनार्गन १०५, नुर्फिन १०५ , एम्पुल १०५ प्रहरीले बरामद गरेको थियो ।   जिल्ला प्रहरी कार्यालय बागलुङले दिएको जानकारी अनुसार बानपा ४ उपल्लाचौर स्थित नेपाली सेनाको २३ नं बाहिनी अड्डा नजिकै होटेल बिजय खाजाघर सञ्चालन गरी बस्ने कुँवरले खाजाघरमा अवैध लागु औषध (डाइजेपाम, फेनार्गन र नुर्फिन) लुकाई छिपाई राखी विक्री वितरण गर्ने र तत्काल पैसा तिर्न नसक्ने लागुऔषध प्रयोगकर्ताहरुको सामान जफत गरी राख्ने हुदा गरेको अनुसन्धान बाट पत्ता लागेको छ।                                                                                                          लागु औषध प्रयोगकर्ताको मोबाईल, ल्यापटप लगायतका ईलोक्ट्रनिक  सामाग्री धितो राखी लागु औषध दिने गरेका भन्ने विशेष सुराकीको आधारमा निजलाई पौष १४ गते प्रहरी निरीक्षक परशुराम मल्लको कमाण्डमा गएको टोलीले पक्राउ गरी निजले सञ्चालन गरेको बिजय खाजाघर खानतलासी गरिएको थियो।    
        खानतलासी गर्दा खाजा घरको  माथिल्लो तलामा लुकाई छिपाई राखेको अवस्थामा २ एमएल लेखिएको डाइजेपाम, फेनार्गन र नुर्फिन २र२ एम्पुल र लागुऔषध प्रयोगकर्ताहरुले धितो राखेको विभिन्न ब्राण्डका मोबाईलहरु फेला पारेको थियो।                 फेला परेको सामाग्रि स्यामसुङ मोबाईल ५, कलर्स मोबाईल १, नोकिया मोबाईल १, डाईमण्ड मोबाईल १, सोलार पावर बैँक १, आईफोन १, इन्टेल लेखिएको ट्याब १, एसर ल्यापटप १ समेत बरामद गरी प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको अवस्थामा पौष १९ गते कुँवरले देखाएको खाजाघर पछाडीको जमीनमा उपरोक्त अवैध लागु औषध बरामद भएको हो  ।  

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif