Tuesday, 25 June, 2019    |    २०७६ असार १० गते , मंगलवार

माछापुच्छ्रे बैंकको अध्यक्षमा महतो


२०७५ पौष २० गते , शुक्रवार प्रकाशित

माछापुच्छ्रे बैंकको अध्यक्षमा डा.बिरेन्द्र प्रसाद महतो निर्वाचित् भएका छन् । बैंकको आज सम्पन्न २० औं साधारणसभाले संस्थापक समूहका शेयरधनीहरुको तर्फबाट डा. बिरेन्द्र प्रसाद महतो, रोशन के.सी. र गोपीकृष्ण न्यौपानेलाई सञ्चालक समितिको सदस्य पदमा निर्विरोध निर्वाचित गरेको हो । 

सभाले बैंकको आर्थिक बर्ष २०७४/७५ को बार्षिक प्रतिवेदन पारित गर्नुका साथै बैंकको सञ्चालक समितिले प्रस्ताव गरे अनुसार शेयरधनीहरुलाई हालको चुक्ता पूँजीको १० प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । साथै, उक्त साधारण सभाले आर्थिक वर्ष २०७५/७६ को लागि जी.पी. राजवाहक एन्ड कम्पनीलाई लेखापरीक्षक नियुक्त गर्ने निर्णय पनि गरेको छ । 
बैंकले गत आर्थिक वर्षमा १ अर्ब २४ करोड ९६ लाख रुपैंया खुद नाफा गरेर प्रतिशेयर आम्दानी १५ रुपैंया ८१ पैसा कायम गरेको थियो । बैंकको चुक्ता पूँजी ८ अर्ब ५ करोड रुपैंया तथा साधारण जगेडा कोषमा १ अर्ब ११ करोड रुपैंया संचित छ ।
बैंकले आ.व. २०७५/७६ को पहिलो त्रैमास सम्ममा रु.३७ करोड १६ लाख खुद मुनाफा आर्जन गरेको छ साथै  २०७५ असोज मसान्त सम्ममा रु. ७७ अर्व ९८ करोड निक्षेप परिचालन गरी रु. ७१ अर्व ८१ करोड कर्जा प्रवाह गरेको छ ।
बैकले ८८ वटा शाखा लगायत २ एक्सटेन्सन काउन्टर र ५२ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा १४२ स्थानवाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बैंकिङ्ग सुविधा प्रदान गरिरहेको छ । बैंकका देशभर १०८ वटा एटीएमहरु संचालनमा रहेका छन् । 

 

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif