Wednesday, 16 January, 2019    |    २०७५ माघ २ गते , बुधवार

आइएमईको २० लाख झागडले पाउने


२०७५ पौष २० गते , शुक्रवार प्रकाशित

रेमिटेन्स सेवाप्रदायक कम्पनी आइएमईको प्रवद्र्धनात्मक कार्यक्रम ‘दशैंमा बीस लाख’ योजनको विजेता धिरेन्द्र कुमार झागड बनेका छन् । मलेशियाबाट आइएईमार्फत पैसा पठाएका झागडले कार्यक्रमको बम्पर उपहार जितेको घोषणा एक कार्यक्रमबीच गरिएको हो ।   

सफ्टवेयर पद्वतिमा आधारित ‘लक्की ड्र’ विजेता घोषणा गरिएको कार्यक्रममा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल, सीइओ सुमन पोखरेल ब्राण्ड  एम्बासडरद्वय दीपकराज गिरि र दीपाश्री निरौला लगायतको उपस्थिति रहेको थियो ।   

अध्यक्ष ढकालले आम सेवाग्राहीको निरन्तर विश्वासले नै आइएमईलाई एउटा भरपर्दो ब्राण्डको रुपमा स्थापित गराएको स्मरण गर्दै आइएमई पे मार्फत हरेक प्रकारका भुक्तानी सेवा उपलब्ध गराउने प्रतिवद्धता ब्यक्त गरे । 

प्रमुख कार्यकारी अधिकृत पोखरेलले ‘दशैँमा बीस लाख’ योजना अवधिका करिब तीन महिनामा लक्ष्य अनुरुपको ब्यापार अभिवृद्वि भएको बताउँदै यस्ता पर्व लक्षित कार्यक्रमले आम सेवाग्राही र कम्पनीबीचको सम्बन्धलाई प्रगाढ बनाउने जनाए ।   

असोज ७ गतेदेखि शुरु भई २०७५ साल मङ्गसिर मसान्तमा सकिएको योजना अन्तर्गत दैनिक लक्की ड्र’ मा ८ सय ४०, साप्ताहिक ‘लक्की ड्र«’ मा १२, मासिक ‘लक्की ड्र’ मा ३ र बम्पर ‘लक्की ड्र’ मा १ गरि कुल ८ सय ५६ जना सेवाग्राहीले पुरस्कार पाएको कम्पनीले जनाएको छ ।   

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif