Wednesday, 16 January, 2019    |    २०७५ माघ २ गते , बुधवार

बागलुंग अग्रेजी नयाँ बर्षमा संगीतमय बन्यो


२०७५ पौष १९ गते , विहीवार प्रकाशित

                                                                   – सिताराम थापा                                                                                                             बागलुङ जिल्लामा अंङग्रेजी नया बर्षलाई संगीतमय स्वागत गरियो । एक  साँस्कृतिक सांझ सहित  होटलहरुमा विशेष छसट दिएर आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्दै यो नयाँ बर्ष मनाइएको थियो  ।
           आजकल अंग्रेजी नयाँ वर्षलाई नेपालकै एक भव्य पर्वका रुपमा मनाउन थालिएकोले बागलुङमा पनि यसको विशेष शुरुवात गरेर पर्यटकहरुलाई आकर्षण गर्न गतिबिधिकारुपमा यलाई लिइएको छ । यद्यपि तर एकथरी मानिसहरुले यसलाई पश्चिमाहरुको संस्कृतिको रुपमा मानेता पनि बिश्वब्यापीकरणको आजको प्रभाबलाई स्वीकार्न बाध्य हुनपरेको नागरीक सञ्जालको संयोजक समेत रहेका  सीताराम थापाको बुझाई छ । कतिपयले आफ्नो पर्व नभएकोले नेपालको नयाँ वर्ष बैशाख १  लाई मनाउनु पर्ने तर्क पेश गर्दै त्यसै बेलामा मत्र यस्तो हौसला र प्रोत्साहन दिन पर्ने  बताए पनि अंङग्रेजी नया बर्षमा नै बढी यस्तो हौसला दिन थालेको देखिन्छ । 

           पछिल्लो समयमा धौलागिरीको सामाजिक सञ्जालदेखि विभिन्न चोक तथा चिया पसलहरुसम्मा समेत यस्तै तर्क–वितर्कहरु चल्ने गरेको देखिने र सुनिने गरेका छन ।  खासमा अंग्रेजी नयाँ वर्ष मनाउनेहरु पर्यटकीय देसमा पर्यटक भित्र्याउन यो नयाँ वर्ष मनाउनु पर्ने तर्क राख्ने गर्छन् । त्यति मात्र होइन नेपाली नागरिकतामै पनि अहिले इस्वी सम्वत राख्नु अनिवार्य जस्तै भएको स्विकार्छन्। नेपालमा प्रचलनमा रहेको नेपाल सम्वत पनि छ तर नेपाल सम्वतलाई नागरिकता, पासपोर्ट अदिमा राखिँदैन । इस्वि सम्वत भने लेखिन्छ । त्यस कारण इस्वि सम्वत मनाउनुलाई अन्यथा मान्न नहुने तर्क राख्नेहरु पनि भेटिन्छन् ।
            यस्तै तर्क बितर्कका बीचमा बागलुङले पनि अंग्रेजी नयाँ वर्ष २०१९ लाई भव्य रुपमा स्वागतको साथ मनाउदै   २०१८ लाई विदाई गरेको थियो  । जिल्लालाई पर्यटकीय गन्तव्य बनाउने र पर्यटन केन्द्रको प्रचारप्रसार गर्ने उद्देश्यले गरिएको यस साँस्कृतिक सांझमा एक दर्जन चर्चित कलाकारहरुले आफ्ना गीतसंगितको  प्रस्तुति दिएका थिए ।     पर्यटन विकास समिति बागलुङको आयोजना जिल्ला समन्वय समिति र बागलुङ नगरपालिकाको सहकार्य तथा टुबर्ग बियर र होटल ब्याबसायीको समेत यसमा प्रायोजन रहेको थियो । यस साँस्कृतिक कार्यक्रममा चर्चित कलाकारहरु थानेश्वर गौतम, लक्ष्मण श्री, रविन खड्का, पूर्ण परियार, योगेशकाजी बि.सी  लगायतकाले २०१८को अन्तिम रात तथा २०१९ को पहिलो दिनलाई भब्यरुपमा संगीतमय बनाएका थिए । उक्त सांझमा हजारौ दर्शकको भिडका बीच रंगमञ्चको यो रमाइलो रमझम चलेको थियो ।
            बागलुङ पर्यटन विकास समितिका अध्यक्ष राजु खड्काको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव अर्जुन चोखालले गरेका थिए ।    

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif