Wednesday, 16 January, 2019    |    २०७५ माघ २ गते , बुधवार

राष्ट्रिय बाणिज्य बैंकको ब्राण्ड एम्बासडर बनिन् मिस नेपाल


२०७५ पौष १८ गते , बुधवार प्रकाशित

राष्ट्रिय बाणिज्य बैंकले मिस नेपाल २०१८ श्रृंखला खतिवडालाई ब्राण्ड एम्बासडर बनाएको छ । 

आज एक कार्यक्रमबीच वाणिज्य बैंक र दी हिडन ट्रेजर प्रा.लि. बीच भएको सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र दी हिडन ट्रेजर प्रा.लिको तर्फबाट अध्यक्ष गोपाल सुन्दरलाल कक्षपतिले हस्ताक्षर गरे । 

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले राष्ट्रिय बाािण्ज्य बैंक अन्य बाणिज्य बैंकहरुसँग प्रस्तिस्पर्र्धा गर्दै अघि बढिरहेको र आगामी दिनमा यसको सेवालाई अझ विस्तार गर्दै लैजाने क्रममा आफ्नो व्यवसायलाई प्रवद्र्धन गर्नको लागि बैंकले  आफ्नो ब्रान्ड एम्बासडरमा मिस नेपाल २०१८ श्री श्रृंखला खतिवडालाई नियुक्त गरिएको जनाए । 

कार्यक्रममा दी हिडन ट्रेजरका अध्यक्ष गोपाल सुन्दरलाल कक्षपतिले सरकारी बैंकसँगको यस्तो सम्झौताले सरकारी संस्थाप्रति नीजि क्षेत्रको गुनासो कम हुंदै जाने र बैंकले नयाँ पुस्तामा समेत आफ्नो उपस्थिती सशक्त बनाउन सक्ने विश्वास लिएको उल्लेख गरे । 

मिस नेपाल खतिवडाले आफु सरकारी स्वामित्वमा रहेको बाणिज्य बैंकको ब्रान्ड एम्बासडर हुन पाउँदा हर्षित भएको जनाइन् ।   

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif