Wednesday, 16 January, 2019    |    २०७५ माघ २ गते , बुधवार

शुभश्री साकोसको नाफामा उल्लेख्य वृद्धि


२०७५ पौष १८ गते , बुधवार प्रकाशित

शंखधर चोकस्थित शुभश्री बचत तथा ऋण सहकारी संस्थाको एघारौं वार्षिक साधारणसभा नेफ्स्कुनका सञ्चालक नानीकाजी शाक्यको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ ।

सभामा संस्थाका अध्यक्ष ज्ञानकृष्ण श्रेष्ठले आर्थिक वर्ष २०७४/७५ को वार्षिक प्रतिवेदन पेश गर्दै १ करोड ७२ लाख शेयर पूँजी  र २७ जना शेयर सदस्यबाट शुरु भएको संस्थामा आषाढ मसान्तसम्म २ हजार ५ सय सदस्यलाई समेट्न सक्नु ठुलो उपलब्धी भएको औंल्याए ।

संस्थाले संकलित पूँजीलाई व्यापार व्यवसाय तथा उत्पादनशील क्षेत्रमा लगानी गर्न, सदस्यहरुमा बचत गर्ने बानीको विकास गर्न र संस्थाको बचतमा क्रमशः वृद्धि गरी विभिन्न कोषहरुमा रकम वृद्धि गर्दै संस्थालाई स्थायित्वतर्फ लैजान संस्था सफल भएको उनले जनाए ।

संस्थाले निशुल्क स्वास्थ्य परिक्षण, अन्तरसहकारी फुटसल प्रतियोगिता, सामाजिक, साँस्कृतिक तथा बातावरणीय सम्वद्र्धनका लागि आर्थिक सहयोग, पाठेघर तथा स्तन परिक्षण र सरसफाई जस्ता कार्यक्रम सञ्चालन गरी समुदायलाई सहयोग पु¥याउँदै आएको उनले बताए । 
यस आवमा सदस्यहरुको सुविधालाई ध्यान दिइ ईंबैंकिङ तथा एटिएम सेवा विस्तार गर्ने र संस्थाको शेयर पूँजीलाई वृद्धि गर्ने जस्ता योजना रहेको छ । संस्थाका कोषाध्यक्ष रत्नमान श्रेष्ठले आव २०७४/७५ को आर्थिक विवरण एवं २०७५/७६ को आयव्यय विवरण सभामा प्रस्तुत गरेका थिए ।

संस्थाको शेयरपूँजी ४ करोड ३६ लाख, बचत संकलन २८ करोड ६७ लाख र ऋण लगानी २४ करोड ३४ लाख गरी ६८ लाख ९९ हजार खुद बचत प्राप्त गरेको छ । गत वर्षको तुलनामा संस्थाले शेयरपूँजी र खुद नाफामा क्रम ९८.३२ र ५७.८१ प्रतिशतले वृद्धि गर्न सफल भएको उनले बताए । 

सभामा एसईई परीक्षा उत्कृष्ट ल्याउने छात्रछात्रा, ज्येष्ठ सदस्य, उत्कृष्ट बाल बचतकर्ता र खेलकूदमा कास्य पदक जित्ने खेलाडीलाई सम्मान गरिएको थियो । 

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif