Wednesday, 16 January, 2019    |    २०७५ माघ २ गते , बुधवार

भुवनेश्वरको साहित्यिक यात्रा


२०७५ पौष १२ गते , विहीवार प्रकाशित

  • ई. सन्तोष कुमार पोखरेल

डिसेम्बर ११,२०१८ मा मेरो यात्रा काठमाडौँबाट शुरू भो, पुग्नु थियो पश्चिम बंगालको बागडोगरा । मेरो जहाजको टिकट डिसेम्बर १४ बिहान ९ः१० । बागडोगरा बाट बेंगलोर हुदै ओडीशाको भुवनेश्वरको थियो र फिर्ती भुवनेश्वर(कलकत्ता –बागडोगराडिसेम्बर १९ त्यो पनि बिहान । यात्रा सन्दर्भ थियो मेरो पुस्तक मोडेस्टी पोयमको बिमोचन र मलाई गर्ने भनिएको अभिनन्दको थियो । निम्तो एउटा अध्यात्मिक संस्था ले पठाएको थियो । कार्यक्रमको नाम थियो इन्टरनेशनल लिटररी फेस्टिबल भुवनेश्वर ।

काकड़भिट्टासम्म माइक्रोबस हायसमा बिराटनगर लागियो एसी भनेर लेखिएको गाडीमा एसी खोल्दा रहेनछन् । अनि त्यसमाथि झ्याल पनि चीसो छल्न नखोलिदिदा बमन हुनसक्ने सम्भावना पनि थियो । सम्झिँदा ऐलेपनि भुँडी हुँडल्छ । यसबारे सम्बन्धित निकायको ध्यान जावस । बिराटनगर जानुको अर्थ व्यक्तिगत थियो र त्यो थियो मेरी कान्छी भान्जीको बिहे । ऊनी मेरी दुई बैनीहरू मध्ये चिरन्जीवी ठूली बैनीकी कान्छी छोरी हुन् । मेरी सानी बैनी सुष्मालाई म अध्ययनको शिलशीलामा मस्को हुँदा कोशी अस्पताल बिराटनगरमा अपेनडिक्सको अपरेशन बिगारेर करुवा भन्ने पागल डाक्टरले मारेछ । त्यसको भलो होस् । यसै आख्यानमार्फत सानु बैनीलाई फेरिपनि श्रद्धान्जली अर्पण गर्दछु । गाउँका मान्छेको सहज र निर्दोष जीवन, शहरको कृत्रिमता देखि टाढा छ । अझ पनि झन् उसबेला तर्क र अनुभवको परिष्कृत लगन कहाँ हुनसक्थ्यो र मेरी सानी बैनी गैहालिन एक महिना पछि साइलो भाईको अध्यात्मले भरिएको चिट्ठी हात पर्यो । म खूब रोएँ । यो भूतकालको गर्भमा संचित र ईहलौकिक दैनन्दिनीमा विस्मृत परिघटना मेरो मानसपटलमा फेरी आउनुको कारण मेरी ठुली बैनी मनोरमाको घर पनि समयले बिराटनगर नै हुन गयो र कान्छी भान्जीको बिहे पनि त्यहीं एउटा लेक्भ्यू रेस्टुराँ बाट सम्पन्न भयो मंसीर २६ २०७५ मा ।  

शायद लेखकको अन्तरमा भावनाका लहरहरू मडारिंदा अरू परिघटना भन्दा पैला उसका अन्तर्मनका कुराहरू नै हाबी हुन्छन तेसोहुनाले होला यो यात्रा वृतान्तमा मेरै अभूत सम्झनाले मूर्तरूप लिएछन् मेराबारे र पाठकहरूका निम्ति । 

अनि अर्को दिन मेरो बास काकड़भिट्टाको एउटा सुबिधायू्क्त होटेलमा भयो । भोलि एकाबिहानै बागडोगरा एयरपोर्ट जानुथियो अनि सीमानाका ६ नबजी खुल्दैनथ्यो । 



मेची खोलोपारि जाल्पाई गुड़ीको बागडोगरा एयरपोर्ट पुग्न कारमा हामीलाई ४० मिनट जति लाग्यो । जाँदा भारू ७०० भाडा लाग्दो रहेछ ।  यो पश्चिम बंगालको एयरपोर्ट भारतको आन्तरिक उडानका लागि निकै सजिलो रहेछ जहाबाट नेपाल भारत सीमाका र उता सिक्किम र आसामका जनतालाई देशका विभिन्न स्थानसित यसले जोड्न सहयोग गरेको छ । 

हामी लम्बेतानको बाटो भुवनेश्वर जान बेंगलोर तिर उड्यौं । बेंगलोरको ट्रान्जिट ३ घन्टाको थियो र त्यो शहर एयरपोर्ट बाट २५ किलोमिटर टाढा रहेकोले घुम्न जान सकिएन ।  उसो त केही बर्ष पहिला हामी सपरिवार यो कर्नाटक को राजधानी शहर घुमिसकेका हौं । 

इण्डिगोको जेट जहाज १५० बढी क्षमता को थियो्र पाइलटहरू युवा थिए । परिचारिकाहरू देशका विभिन्न भागबाट प्रतिनिधित्व गर्दा रहेछन् । यी सबै कुरा त्यहाँ बोर्डिंग पश्चात् भनिँदोरहेछ जुन कुरो नेपालको एयर लाइनरमा भनेको सुनिन्न ्र। समय तालिका चुस्त दुरुस्त थिए । जुन हाम्रामा छैन्र नेपालका एयर लाइनरहरू प्रायः जसो ढिलो उडान भर्छन् । यो डिले शेड्यूल नेपालको कर्ममा थोपरिएको भाग्यरेखा नै हो । शाही नेपाल बायुसेवा निगमको नाम बोकेर १९५८ मा स्थापित नेपालको राष्ट्रिय ध्वजाबाहक आज भ्रष्टाचारको मारले खुम्चिएको छ । एकातिर नेपालको ध्वजाबाहक कालोसूचीमा परेर पश्चिमामुलुकहरूमा उडान भर्न नपाउने भएको छ भने उता थाईल्याण्डको थाई एयरवेज विश्वका कैयन् देशहरूमा हजारौं उडान भरिरहेको छ । बिडम्बना नेपालको ध्वजाबाहक थाई भन्दा २ बर्ष जेठो हो। यस कुरो ले मेरो कवि मन यात्राभरि खिन्न भैरह्यो । 



जुनसुकै बादलमा चाँदीको घेरा हुन्छ र जतिसुकै राम्रोमा पनि खल्लोपनको डेरा हुन्छ, यो मैले भन्ने गरेको हो । कुरो मिल्दो भो, उनीहरूको इण्डिगो जहाजमा खाजा त के मदेशे बदाम र एक गिलास चीसोपनि दिँदा रहेनछन्  । स्वादिष्ट जलपान का व्यवस्था है आप के लिए भनेर तर पैसो तिरेर खाने भनेको तातोपानीमा भिजाको म्यागी चाउचाउ र स्याण्डविच । त्यो भन्दा त हाम्रा एयर लाइनरहरूमा पीनट र कोक त दिन्छन है । उडान भर्ने बेला हाम्रा परिचारिकाहरूले कानमा हाल्ने कपास र चकलेट त बाँडेकै हुन्छन् । तिनीहरूको मा त कपास र चकलेट पनि देखिएन । सत्कारमा हाम्रै जहाज अब्बल । अझ शहरमा चिया खाने माम्लोमा हाम्राले त एक पटकमा ४ गिलास त पक्कै खाँदा हुन् । तिनका दरिद्री साना गिलास ! मलाई सार्है चित्त नबुझेको कुरो तिनीहरुको चिया पनि हो । चुस्स ४ घुट्को चिया खायो अनि १० को नोट फाल्यो । कसरी धित् मर्दो हो हाम्राले ४ गिलास को एक पटकमा ४० को ६४ तिर्दा के गर्दाहुन् । बिचरा ! म यिनै कुरा मनमा गम्दै थिएँ, हाम्रो जहाज ४ बजे साँझ भुवनेश्वर एयरपोर्टमा सकुशल ओर्लियो । 

मसंग लगेज थिएन ह्यान्ड पीस शिवाय । हामी निस्कियौं, एक छिन कुर्नुपरो, हरेकृष्ण टेक्सीबाट ओर्लेर हातमा फूलको बुके लिएर अंगाल्न आइपुगे, हामीलाई लिएर टेक्सी त्यस रातका लागि होटेल तिर कुद्यो । क्रमशः
 

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif