Wednesday, 16 January, 2019    |    २०७५ माघ २ गते , बुधवार

निसानको विन्टर फेष्ट अफर, गाडी खरिदमा पाँचलाख सम्म छुट


२०७५ पौष ११ गते , बुधवार प्रकाशित

निसान गाडीको आधिकारिक वितरक तथा बजार व्यवस्थापक कम्पनि पायोनियर मोटो कर्पले निसानका गाडीहरुमा ‘विन्टर फेष्ट अफर’ उपहार योजना सञ्चालनमा ल्याएको छ । 

यो अफर निसान एक्सट्रेल, टेरानो, नाभारा, सन्नी, माइक्रा एक्टिव लगायत निसानका सबै गाडीहरुमा लागु हुनेछ । 

यस योजना अन्तर्गत ग्राहकहरूले निसानका हरेक गाडीको खरिदमा पाँच लाख रुपैयासम्मको छुट पाउन सक्नेछन् । गाडी एक्सचेन्ज गर्दा एक्सचेन्ज बोनस र लोयल्टी बोनसबाट पनि ग्राहकहरु लाभान्वित हुने पायोनियरले जनाएको छ । 

जाडो मौसमलाई उत्सवमय बनाउन ग्राहकहरुलाई “विन्टर फेष्ट अफर” मार्फत थप सुविधाहरु पनि निसानले दिने भएको छ । यो योजना अन्तर्गत ग्राहकहरुले २ वर्षको निःशुल्क स्वास्थ्य बीमा, ३ वर्षको वारेन्टी र सर्भिसिङ् र एक वर्षको विस्तृत ईन्स्योरेन्स समेत निःशुल्क प्राप्त गर्नेछन् । 

योजना अवधिभर पुराना गाडीहरुको उत्कृष्ट मूल्याङ्कन हुनुका साथै सहज फाइनान्सको पनि सुविधा रहनेछ । योजना अवधिभर अन्य सुविधाकासाथै प्रदान गरिने निःशुल्क एक्सेसरिज र आकर्षक गिफ्टले जाडोयामलाई उपहार र उत्सवमय बनाउने विश्वास पायोनियर मोटो कर्पले लिएको छ ।   

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif