Wednesday, 16 January, 2019    |    २०७५ माघ २ गते , बुधवार

आइएमई लाइफ र एनआईसी एसियाबीच बैंकास्योरेन्स


२०७५ मंसीर २७ गते , विहीवार प्रकाशित

आइएमई लाइफ इन्स्योरेन्स कम्पनी र एन.आइ.सि एसिया बैंकबीच बैंक अस्योरेन्स सम्झौता भएको छ । उक्त बैंक अस्योरेन्स  सम्झौतामा इन्स्योरेन्स कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट र एनआइसि एसिया बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री रोशन कुमार न्यौपानेले हस्ताक्षर गरेका छन् ।

सम्झौता पश्चात सर्वसाधरण तथा बैंकका गा्रहकहरुले एनआइसि एसिया बैंकको कुनै पनि शाखाबाट छिटो, छरितो र सहज रुपमा आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको जीवन बीमा गराउनका साथै जीवन बीमा सम्बन्धी जानकारी प्राप्त गर्न सक्नेछन् ।

आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हाल ६५ स्थानबाट बिभिन्न शाखा मार्फत सेवा प्रदान गर्दै आइरहेको छ भने बिभिन्न १० वटा योजनाहरु बजारमा ल्याएको छ । कम्पनीले सामान्य सावधिक, बाल शिक्षा, आजिवन, नगद फिर्ता, साढे तीन गुणा रक्षावरण लगायतका बीमा योजना ल्याएको छ । 

सम्बन्धित समाचार


Leave a Comment

9f5e7db1d677b1906a34b1e17e0be317.gif